Friday, 03 May, 2024
साहित्य

पश्चाताप ( लघुकथा)

  पँधेराबाट गाग्रीमा पानी लिएर घर फर्किदै थिए.... दैलो अगाडि एक पुरुष साधुको भेषमा उभिएको देखे। दुबै काखिमा बैशाखिको अढेस लागाएर एउटा मात्रै खुट्टाको सहाराले उभिएको। एक पट्टी काधमा भिरेको पँहेलाे झोलाले झण्डै भुइँ छुनै लागेको थियो। एउटा हातमा स्टिलको सानो भाडो अनि अर्को हातमा कगजको सानो टुक्रा, छाती सम्म आइपुग्ने कालो लामो दारी अनि निधारमा चन्दनको त्यो तीन लाइन। परै देखि उ भएको ठाँउ सम्म आइपुग्दा यति नियाल्न भ्याएकी थिए। आफुले आफैलाई मनमनै गाली गरे। ओहो ! एउटा मात्रै खुट्टा रहेछ।

                            कति बेला उभिएको होला? मैले धेरै ढिलो पो गरे कि क्या हो पँधेरोबाट आउनलाई ? भित्रबाट छोराले कराउँदै थियो। ममि भोक लाग्यो। म हतार हतार घर भित्र छिरेँ र पानीको गाग्रो राख्दै छोरालाई बाबू पख बाहिर साधु बाबा पर्खिरहनु भएको छ। पहिले उहाँलाई बिदा गर्छु अनि तँलाई खाजा दिउँला भन्दै प्लेटमा एक मुठ्ठी चामल र पचास रुपैयाँ लिएर बाहिर निस्किए। माफ गर्नुहोस् बाबा ढिलो भो भन्दै, उसको हातमा भएको त्यो स्टिलको भाँडामा चामल खन्याउन थाले। चामल खन्याउदै गर्दा उसले केही नबोलि मलाई हेरि रहेको थियो। चामल खन्याइ सकेर म फरक्क फर्केर भित्र छिर्नै लागेको थिएँ।

        उसले सिमा...... ति...मी...? भन्यो। म झसङ्ग भए फरक्क फर्केर उसलाई हेरे। कालो दारिले छोपिएको अनुहार उहीँ नै हो भनेर त ठम्याउन सकिन। हे भगवान यो के देख्नु पर्‍यो ? के उ उहीँ नै हो त? यदि हो भने आज बार बर्ष पछाडी उसलाई देख्दै छु तर यस्तो रुपमा? नो नेभर यो हुनै सक्दैन। त्यो बार बर्ष अगाडि मैले साथ दिएको भए आज मेरै दैलोमा यो देख्नु पर्ने थिएन। म मनमनै पश्चाताप गरिरहे...... उ फर्केर आफ्नो बाटो लाग्यो।

 मुना बस्नेत 

थाहानगरपालिका –१० बिसिङ्खेल


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...