Monday, 28 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

साहित्य

पश्चाताप ( लघुकथा)

  पँधेराबाट गाग्रीमा पानी लिएर घर फर्किदै थिए.... दैलो अगाडि एक पुरुष साधुको भेषमा उभिएको देखे। दुबै काखिमा बैशाखिको अढेस लागाएर एउटा मात्रै खुट्टाको सहाराले उभिएको। एक पट्टी काधमा भिरेको पँहेलाे झोलाले झण्डै भुइँ छुनै लागेको थियो। एउटा हातमा स्टिलको सानो भाडो अनि अर्को हातमा कगजको सानो टुक्रा, छाती सम्म आइपुग्ने कालो लामो दारी अनि निधारमा चन्दनको त्यो तीन लाइन। परै देखि उ भएको ठाँउ सम्म आइपुग्दा यति नियाल्न भ्याएकी थिए। आफुले आफैलाई मनमनै गाली गरे। ओहो ! एउटा मात्रै खुट्टा रहेछ।

                            कति बेला उभिएको होला? मैले धेरै ढिलो पो गरे कि क्या हो पँधेरोबाट आउनलाई ? भित्रबाट छोराले कराउँदै थियो। ममि भोक लाग्यो। म हतार हतार घर भित्र छिरेँ र पानीको गाग्रो राख्दै छोरालाई बाबू पख बाहिर साधु बाबा पर्खिरहनु भएको छ। पहिले उहाँलाई बिदा गर्छु अनि तँलाई खाजा दिउँला भन्दै प्लेटमा एक मुठ्ठी चामल र पचास रुपैयाँ लिएर बाहिर निस्किए। माफ गर्नुहोस् बाबा ढिलो भो भन्दै, उसको हातमा भएको त्यो स्टिलको भाँडामा चामल खन्याउन थाले। चामल खन्याउदै गर्दा उसले केही नबोलि मलाई हेरि रहेको थियो। चामल खन्याइ सकेर म फरक्क फर्केर भित्र छिर्नै लागेको थिएँ।

        उसले सिमा...... ति...मी...? भन्यो। म झसङ्ग भए फरक्क फर्केर उसलाई हेरे। कालो दारिले छोपिएको अनुहार उहीँ नै हो भनेर त ठम्याउन सकिन। हे भगवान यो के देख्नु पर्‍यो ? के उ उहीँ नै हो त? यदि हो भने आज बार बर्ष पछाडी उसलाई देख्दै छु तर यस्तो रुपमा? नो नेभर यो हुनै सक्दैन। त्यो बार बर्ष अगाडि मैले साथ दिएको भए आज मेरै दैलोमा यो देख्नु पर्ने थिएन। म मनमनै पश्चाताप गरिरहे...... उ फर्केर आफ्नो बाटो लाग्यो।

 मुना बस्नेत 

थाहानगरपालिका –१० बिसिङ्खेल

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...