Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

पशुपतिनाथ माविमा अनुशासित विद्यार्थी सम्मानित

1708004874743-1708004903.jpg

पशुपतिनाथ माविमा अध्ययनरत दुईजना विद्यार्थीलाई अनुशाशित विद्यार्थीको रुपमा सम्मानीत गरिएको छ । सरस्वती पूजाको अवसरमा एक छात्र र एक छात्रालाई सम्मानीत गरिएको हो ।

कक्षा ९ की छात्रा रोशनी प्रजा र कक्षा ९ का छात्र कष्यप ढकाललाई विद्यालयका अनुशाशित विद्यार्थीको रुपमा सम्मानीत गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतम र प्रधानाध्यापक भानुभक्त आचार्यले विद्यार्थीद्वयलाई नगदसहित सम्मानपत्र प्रदान गरेका थिए । हरेक वर्ष श्रीपञ्चमीका दिन विद्यालयले यस्तै सम्मान गर्दै आएको छ ।

विद्यालयमा अध्यापन गर्ने शिक्षक चेतप्रसाद पौडेलले आफ्नो माता जसोदादेबी र पिता लालप्रसादको स्मृतिमा स्थापना गरेको ‘अनुशाशित विद्यार्थी सम्मान’ प्रदान गरिएको हो । शिक्षक पौडेलले सेवाननिबृत्त जीवनमा आफूले अध्यापन गरेको विद्यालयलाई सहयोग गर्ने क्रममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरी पुरस्कार प्रदान गर्ने ब्यवस्था गरेका हुन् ।

५० हजार रुपैयाँको वार्षिक ब्याज आम्दानीबाट दुईजना छात्रछात्रालाई नगद तथा प्रशंशापत्र प्रदान गरिएको विद्यालयका शिक्षक ईश्वर रिजालले जानकारी दिए । बिगत ७ वर्षदेखि पशुपतिनाथ माविले बसन्तपञ्चमीको अवसरमा विद्यार्थी सम्मान गर्दै आएको हो । विद्यार्थीहरुमा अनुशासित बन्न प्रेरित गर्ने उद्देश्य राखेर पुरस्कारका लागि हातेमालो बचत तथा ऋण सहकारी संस्थामा अक्षयकोष स्थापना गरिएको सेवानिबृत्त शिक्षक पौडेलले जानकारी दिएका छन् ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png