Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

पक्षघात के हो र किन हुन्छ ?

0-1630566006.jpg

स्ट्रोक अर्थात् पक्षघात जोसुकैलाई पनि हुन सक्छ । यद्यपि, मधुमेह र उच्च रक्तचाप भएकाहरूलाई सम्भावना बढी हुन्छ । वल्र्ड स्ट्रोक अर्गनाइजेसनका अनुसार विश्वमै ६ जनामा एक व्यक्तिलाई जीवनको कुनै न कुनै मोडमा कम्तीमा एकपटक पक्षघात हुन्छ । अचानक एकातर्फको मुख बांगिनु, हात उचालेर राख्न नसक्नु, बोल्दाबोल्दै बोली लरबरिनु आदि पक्षाघातका लक्षण हुन् । यस्ता लक्षण देखिए जतिसक्दो चाँडो उपचारका लागि अस्पताल पुर्‍याउनुपर्छ । लक्षण देखिएको तीन घन्टाभित्र उपचार गराउन सके बिरामीको ज्यान बचाउन सक्ने  सम्भावना रहन्छ ।

पक्षाघात हु“दा दिमागसम्म रक्तसञ्चार हुन सक्दैन । यो अवस्थामा हरेक सेकेन्ड दिमागका ३२ हजार कोष मर्ने गर्छन् । यो हिसाबमा एक घन्टाभित्र करिब २० लाख कोष मर्छन् । समयस“गै मृत कोषको संख्या बढ्ने हुँदा मानिसको ज्यान जोखिममा हुन्छ । त्यसैले चाँडै उपचार प्रक्रिया सुरु गर्नु नै रोगीको ज्यान बचाउने एक मात्र उपाय हो । दिमागसम्म रक्तसञ्चार हुन नपाउँदा वा कम हुँदा स्ट्रोक हुन्छ । यो अवस्थामा दिमागसम्म आवश्यक मात्रामा अक्सिजन वा पोषक तत्व पुग्न पाउँदैन । परिणामस्वरूप दिमागका कोषहरू
मर्न थाल्छन् ।

आइसेमिक, हेमोरेजिक र टिआइए गरी स्ट्रोक तीन किसिमका हुन्छन् । स्ट्रोकका घटनामध्ये अधिकांश ९करिब ८५ प्रतिशत० आइसेमिक हुने गर्छ । दिमागसँग जोडिएको नसा ९आर्टरी०मा रोकावट आउँदा वा खुम्चिँदा दिमागमा रक्तसञ्चार कम भई आइसेमिक स्ट्रोक हुन्छ । आर्टरीमा रगत जम्नु वा अन्य नसामा जमेको रगत यहाँसम्म पुगेर रगतको प्रवाह रोकिनु वा कम हुनु यसको प्रमुख कारण हो । दिमागसँग जोडिएको आर्टरी चुहिँदा वा फुट्दा हेमोरेजिक स्ट्रोक हुने गर्छ । यसरी नसाबाट चुहिएको रगतले दिमागमा चाप बढाउँछ । अन्ततः त्यसले दिमागको कोषमा नोक्सान पुर्‍याउँछ । चुहिएको रगत दिमागको बीचमा वा सतहमा पुग्ने गर्छ । यसो हुँदा दिमाग तथा खप्परको बीचमा रहेको खाली स्थानमा भरिन्छ । हाइपर्टेन्सन, ट्रमा, अनियमित औषधि सेवन र नसा कमजोर हुनु यसका प्रमुख कारण हुन् । टिआइए स्ट्रोकमा भने सीमित अवधिका लागि दिमागमा रक्तसञ्चार हुन पाउँदैन । केही मात्रामा यसको लक्षण आइसेमिक स्ट्रोकजस्तै हुन्छ । तुलनात्मक रूपमा अन्य स्ट्रोकभन्दा कम जोखिमपूर्ण भए पनि उपचारमा ढिलाइ गर्नुहुँदैन । किनभने, यो भविष्यमा हुन सक्ने स्ट्रोकको लक्षण हो । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार टिआइए भएका मानिसमध्ये एकतिहाइमा एक वर्षको अवधिभित्र मेजर स्ट्रोक हुने सम्भावना रहन्छ । तीमध्ये पनि १० देखि १५ प्रतिशत मानिसमा तीन महिनाभित्रै मेजर स्ट्रोक हुने गरेको बताइन्छ ।

अव्यवस्थित एवं अस्वस्थकर जीवनशैली नै पक्षाघातको प्रमुख कारण हो । व्यायामको कमी, तनावपूर्ण जीवनशैली, सुर्तीजन्य पदार्थको सेवन, धूम्रपान, चिल्लो तथा जंक फुड खाने बानी भएका मानिसमा पक्षाघातको सम्भावना उच्च हुन्छ । मधुमेह तथा उच्च रक्तचापलगायतका रोग भएका मानिसले नियमित औषधि सेवनमा हेलचेक्र्याइ“ गर्दा पनि पक्षाघातको सम्भावना बढ्छ ।

दैनिक जीवनशैलीमा पर्याप्त व्यायाम तथा स्वस्थकर खानपिनको बानी अपनाउ“दा पक्षाघातबाट धेरै हदसम्म बच्न सकिन्छ । साथै, समय–समयमा रगतको परीक्षण गर्नु पनि आवश्यक छ । त्यसमा पनि सकेसम्म समग्र शरीरको नै परीक्षण गर्नु उपयुक्त हुन्छ । मुटु स्वस्थ राख्न सके दिमाग पनि बलियो हुन्छ । यस्ता विषयमा ध्यान दिए पक्षाघातबाट बच्न सकिन्छ । तर, पक्षाघातको लक्षण देखिए वा भइहाले समयमै परीक्षण गरी औषधोपचारमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg