himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

पक्षघात के हो र किन हुन्छ ?

0-1630566006.jpg

स्ट्रोक अर्थात् पक्षघात जोसुकैलाई पनि हुन सक्छ । यद्यपि, मधुमेह र उच्च रक्तचाप भएकाहरूलाई सम्भावना बढी हुन्छ । वल्र्ड स्ट्रोक अर्गनाइजेसनका अनुसार विश्वमै ६ जनामा एक व्यक्तिलाई जीवनको कुनै न कुनै मोडमा कम्तीमा एकपटक पक्षघात हुन्छ । अचानक एकातर्फको मुख बांगिनु, हात उचालेर राख्न नसक्नु, बोल्दाबोल्दै बोली लरबरिनु आदि पक्षाघातका लक्षण हुन् । यस्ता लक्षण देखिए जतिसक्दो चाँडो उपचारका लागि अस्पताल पुर्‍याउनुपर्छ । लक्षण देखिएको तीन घन्टाभित्र उपचार गराउन सके बिरामीको ज्यान बचाउन सक्ने  सम्भावना रहन्छ ।

पक्षाघात हु“दा दिमागसम्म रक्तसञ्चार हुन सक्दैन । यो अवस्थामा हरेक सेकेन्ड दिमागका ३२ हजार कोष मर्ने गर्छन् । यो हिसाबमा एक घन्टाभित्र करिब २० लाख कोष मर्छन् । समयस“गै मृत कोषको संख्या बढ्ने हुँदा मानिसको ज्यान जोखिममा हुन्छ । त्यसैले चाँडै उपचार प्रक्रिया सुरु गर्नु नै रोगीको ज्यान बचाउने एक मात्र उपाय हो । दिमागसम्म रक्तसञ्चार हुन नपाउँदा वा कम हुँदा स्ट्रोक हुन्छ । यो अवस्थामा दिमागसम्म आवश्यक मात्रामा अक्सिजन वा पोषक तत्व पुग्न पाउँदैन । परिणामस्वरूप दिमागका कोषहरू
मर्न थाल्छन् ।

आइसेमिक, हेमोरेजिक र टिआइए गरी स्ट्रोक तीन किसिमका हुन्छन् । स्ट्रोकका घटनामध्ये अधिकांश ९करिब ८५ प्रतिशत० आइसेमिक हुने गर्छ । दिमागसँग जोडिएको नसा ९आर्टरी०मा रोकावट आउँदा वा खुम्चिँदा दिमागमा रक्तसञ्चार कम भई आइसेमिक स्ट्रोक हुन्छ । आर्टरीमा रगत जम्नु वा अन्य नसामा जमेको रगत यहाँसम्म पुगेर रगतको प्रवाह रोकिनु वा कम हुनु यसको प्रमुख कारण हो । दिमागसँग जोडिएको आर्टरी चुहिँदा वा फुट्दा हेमोरेजिक स्ट्रोक हुने गर्छ । यसरी नसाबाट चुहिएको रगतले दिमागमा चाप बढाउँछ । अन्ततः त्यसले दिमागको कोषमा नोक्सान पुर्‍याउँछ । चुहिएको रगत दिमागको बीचमा वा सतहमा पुग्ने गर्छ । यसो हुँदा दिमाग तथा खप्परको बीचमा रहेको खाली स्थानमा भरिन्छ । हाइपर्टेन्सन, ट्रमा, अनियमित औषधि सेवन र नसा कमजोर हुनु यसका प्रमुख कारण हुन् । टिआइए स्ट्रोकमा भने सीमित अवधिका लागि दिमागमा रक्तसञ्चार हुन पाउँदैन । केही मात्रामा यसको लक्षण आइसेमिक स्ट्रोकजस्तै हुन्छ । तुलनात्मक रूपमा अन्य स्ट्रोकभन्दा कम जोखिमपूर्ण भए पनि उपचारमा ढिलाइ गर्नुहुँदैन । किनभने, यो भविष्यमा हुन सक्ने स्ट्रोकको लक्षण हो । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार टिआइए भएका मानिसमध्ये एकतिहाइमा एक वर्षको अवधिभित्र मेजर स्ट्रोक हुने सम्भावना रहन्छ । तीमध्ये पनि १० देखि १५ प्रतिशत मानिसमा तीन महिनाभित्रै मेजर स्ट्रोक हुने गरेको बताइन्छ ।

अव्यवस्थित एवं अस्वस्थकर जीवनशैली नै पक्षाघातको प्रमुख कारण हो । व्यायामको कमी, तनावपूर्ण जीवनशैली, सुर्तीजन्य पदार्थको सेवन, धूम्रपान, चिल्लो तथा जंक फुड खाने बानी भएका मानिसमा पक्षाघातको सम्भावना उच्च हुन्छ । मधुमेह तथा उच्च रक्तचापलगायतका रोग भएका मानिसले नियमित औषधि सेवनमा हेलचेक्र्याइ“ गर्दा पनि पक्षाघातको सम्भावना बढ्छ ।

दैनिक जीवनशैलीमा पर्याप्त व्यायाम तथा स्वस्थकर खानपिनको बानी अपनाउ“दा पक्षाघातबाट धेरै हदसम्म बच्न सकिन्छ । साथै, समय–समयमा रगतको परीक्षण गर्नु पनि आवश्यक छ । त्यसमा पनि सकेसम्म समग्र शरीरको नै परीक्षण गर्नु उपयुक्त हुन्छ । मुटु स्वस्थ राख्न सके दिमाग पनि बलियो हुन्छ । यस्ता विषयमा ध्यान दिए पक्षाघातबाट बच्न सकिन्छ । तर, पक्षाघातको लक्षण देखिए वा भइहाले समयमै परीक्षण गरी औषधोपचारमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg