jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

नेपाल पब्लिक क्याम्पस संघ कर्णाली प्रदेश तेस्राे अधिवेशन सम्पन्न

FB_IMG_1686486038564-1686486056.jpg

कर्णाली प्रदेशकाे राजधानी,सुर्खेत, बिरेन्द्रनगरमा नेपाल पब्लिक क्याम्पस संघ कर्णाली प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ।
नेपाल पब्लिक क्याम्पस सङ्घ कर्णाली प्रदेश अध्यक्ष तेज बहादुर मल्लको अध्यक्षतामा सम्पन्न अधिवेशनमा 
पकर्णाली प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्री श्री बेदराज सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विशिष्ट अतिथि,नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष श्री शत्रुघ्नप्रसाद गुप्ता, सङ्घका पूर्वअध्यक्ष एवम् सल्लाहकार श्री भाेलानाथ अाेझा, सल्लाहकार श्री दिपक प्रसाद कुइकेल अतिथिहरु सङ्घका महासचिव श्री गाेविन्दबहादुर कार्की, र काेषाध्यक्ष श्री राजन मिश्र लगायतका उपस्थिति रहेको थियो।

 कार्यक्रममा नेपाल पब्लिक क्याम्पसले कर्णाली प्रदेशका सामुदायिक क्याम्पसहरूका समष्या, सराेकार र समाधानका लागि गर्नुपर्ने कार्ययाेजना सहितकाे ध्यानाकर्षणपत्र मन्त्री सिंह समक्ष पेश गरिएकाे थियाे। 
          कार्यक्रमलाई संबाेधन गर्दै मन्त्री सिंहले  बजेटकाे परिधिभित्र रहेर कार्य गर्नुपरेकाे स्थिति रहेपनि मागपत्रका बिषयहरू कार्यान्वयन गर्न प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे। समष्याहरूकाे चाङमा सबै मागहरू एकैचाेटी पूरा हुन नसके पनि सामुदायिक क्याम्पसहरूका समष्याकाे समाधानका लागि पब्लिक क्याम्पसहरूले अनुभूत गर्नेगरी  शुरूवात गर्ने मन्त्री सिंहको भनाइ रहेको थियो।
  प्रदेश अधिवेशनमा कर्णाली प्रदेशका १० अाेटा जिल्लाका २५ अाेटा सामुदायिक क्याम्पसकाे उपस्थिति रहेकाे थियाे।
सम्मेलनबाट तेजबहादुर मल्लको अध्यक्षतामा  प्रदेश समिति समेत चयन गरेको छ।
नेपाल पब्लिक क्याम्पसकाे केन्द्रीय टाेली सुर्खेतबाट बुटवल फर्कने क्रममा लुम्बनी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूलाई उहाँकै निवासमा भेटी लुम्बिनी प्रदेश भित्रका सामुदायिक क्याम्पसहरूलाई भाैतिक निर्माणका साथै क्याम्पस सञ्चालन खर्च दिन बजेटमा राख्न थप अनुराेध तथा पुनर्रस्मरण गराउने कार्य समेत गरिएको थियो।

अध्यक्ष : श्री तेजबहादुर मल्ल (पदेन के. स.)
निवर्तमान अध्यक्ष: श्री वकिल बस्नेत ( के. स.)
उपाध्यक्ष: कालीबहादुर पुन ( नलगाड बहुमुखी क्याम्पस, जाजरकाेट)
उपाध्यक्ष: प्रेम बहादुर बिष्ट ( चामुण्डा बहुमुखी क्याम्पस,दैलेख)
सचिव: बालकृष्ण बि.सि. ( हिमशिखर ब. क्याम्पस, सुर्खेत)
सहसचिव: खड्क ब. बिष्ट ( शिवजन क्याम्पस , सल्यान)
काेषाध्यक्ष: दिपक भण्डारी ( मानसराेवर क्याम्पस, हुम्ला)
सदस्यहरू: तिर्थबहादुर नेपाल ( सिंजा बहुमुखी क्याम्पस , जुम्ला), खुम प्रसाद लामिछाने ( अमरदिप क्याम्पस, सुर्खेत) , मान बहादुर बिष्ट ( नन्दादेवी ब. क्याम्पस, कालिकाेट), लिलु जैशि ( जहारी क्याम्पस, खाेलागाउँ, रूकुम)
भिम प्रसाद लामिछाने ( सितल क्याम्पस, चाैरजहारी,रूकुम)
बिरेन्द्र कुमार बुढा ( दाेर्णाञ्चल बहुमखी क्याम्पस,दैलेख)
छवि डाँगी ( गुर्भाकाेट बहुमुखी क्याम्पस, सुर्खेत)
गाेविन्द भट्टराई ( गुर्भाकाेट बहुमुखी क्याम्पस, सुर्खेत)
यामप्रसाद शर्मा ( लुकु संयुक्त क्याम्पस, डाेल्पा)

     

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...