Friday, 03 May, 2024
शिक्षा

नेपाल पब्लिक क्याम्पस संघ कर्णाली प्रदेश तेस्राे अधिवेशन सम्पन्न

FB_IMG_1686486038564-1686486056.jpg

कर्णाली प्रदेशकाे राजधानी,सुर्खेत, बिरेन्द्रनगरमा नेपाल पब्लिक क्याम्पस संघ कर्णाली प्रदेशको तेस्रो अधिवेशन सम्पन्न भएको छ।
नेपाल पब्लिक क्याम्पस सङ्घ कर्णाली प्रदेश अध्यक्ष तेज बहादुर मल्लको अध्यक्षतामा सम्पन्न अधिवेशनमा 
पकर्णाली प्रदेशका अार्थिक मामिला तथा याेजना मन्त्री श्री बेदराज सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा विशिष्ट अतिथि,नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय अध्यक्ष श्री शत्रुघ्नप्रसाद गुप्ता, सङ्घका पूर्वअध्यक्ष एवम् सल्लाहकार श्री भाेलानाथ अाेझा, सल्लाहकार श्री दिपक प्रसाद कुइकेल अतिथिहरु सङ्घका महासचिव श्री गाेविन्दबहादुर कार्की, र काेषाध्यक्ष श्री राजन मिश्र लगायतका उपस्थिति रहेको थियो।

 कार्यक्रममा नेपाल पब्लिक क्याम्पसले कर्णाली प्रदेशका सामुदायिक क्याम्पसहरूका समष्या, सराेकार र समाधानका लागि गर्नुपर्ने कार्ययाेजना सहितकाे ध्यानाकर्षणपत्र मन्त्री सिंह समक्ष पेश गरिएकाे थियाे। 
          कार्यक्रमलाई संबाेधन गर्दै मन्त्री सिंहले  बजेटकाे परिधिभित्र रहेर कार्य गर्नुपरेकाे स्थिति रहेपनि मागपत्रका बिषयहरू कार्यान्वयन गर्न प्रयत्नशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे। समष्याहरूकाे चाङमा सबै मागहरू एकैचाेटी पूरा हुन नसके पनि सामुदायिक क्याम्पसहरूका समष्याकाे समाधानका लागि पब्लिक क्याम्पसहरूले अनुभूत गर्नेगरी  शुरूवात गर्ने मन्त्री सिंहको भनाइ रहेको थियो।
  प्रदेश अधिवेशनमा कर्णाली प्रदेशका १० अाेटा जिल्लाका २५ अाेटा सामुदायिक क्याम्पसकाे उपस्थिति रहेकाे थियाे।
सम्मेलनबाट तेजबहादुर मल्लको अध्यक्षतामा  प्रदेश समिति समेत चयन गरेको छ।
नेपाल पब्लिक क्याम्पसकाे केन्द्रीय टाेली सुर्खेतबाट बुटवल फर्कने क्रममा लुम्बनी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूलाई उहाँकै निवासमा भेटी लुम्बिनी प्रदेश भित्रका सामुदायिक क्याम्पसहरूलाई भाैतिक निर्माणका साथै क्याम्पस सञ्चालन खर्च दिन बजेटमा राख्न थप अनुराेध तथा पुनर्रस्मरण गराउने कार्य समेत गरिएको थियो।

अध्यक्ष : श्री तेजबहादुर मल्ल (पदेन के. स.)
निवर्तमान अध्यक्ष: श्री वकिल बस्नेत ( के. स.)
उपाध्यक्ष: कालीबहादुर पुन ( नलगाड बहुमुखी क्याम्पस, जाजरकाेट)
उपाध्यक्ष: प्रेम बहादुर बिष्ट ( चामुण्डा बहुमुखी क्याम्पस,दैलेख)
सचिव: बालकृष्ण बि.सि. ( हिमशिखर ब. क्याम्पस, सुर्खेत)
सहसचिव: खड्क ब. बिष्ट ( शिवजन क्याम्पस , सल्यान)
काेषाध्यक्ष: दिपक भण्डारी ( मानसराेवर क्याम्पस, हुम्ला)
सदस्यहरू: तिर्थबहादुर नेपाल ( सिंजा बहुमुखी क्याम्पस , जुम्ला), खुम प्रसाद लामिछाने ( अमरदिप क्याम्पस, सुर्खेत) , मान बहादुर बिष्ट ( नन्दादेवी ब. क्याम्पस, कालिकाेट), लिलु जैशि ( जहारी क्याम्पस, खाेलागाउँ, रूकुम)
भिम प्रसाद लामिछाने ( सितल क्याम्पस, चाैरजहारी,रूकुम)
बिरेन्द्र कुमार बुढा ( दाेर्णाञ्चल बहुमखी क्याम्पस,दैलेख)
छवि डाँगी ( गुर्भाकाेट बहुमुखी क्याम्पस, सुर्खेत)
गाेविन्द भट्टराई ( गुर्भाकाेट बहुमुखी क्याम्पस, सुर्खेत)
यामप्रसाद शर्मा ( लुकु संयुक्त क्याम्पस, डाेल्पा)

     


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...