Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

नेपाल पब्लिक क्याम्पस संघको वार्षिकोत्सव सम्पन्न,

FB_IMG_1689081987751-1689082076.jpg

अर्थमन्त्री डा. प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरूको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । सोमबार नेपाल पब्लिक क्याम्पस सङ्घको ३३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पब्लिक क्याम्पस महत्त्व बढेकाले नै यसको सङ्ख्या देशैभरि बढ्दै गएको छ ।’’

पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूको आर्थिक दायित्व विस्तार हुने क्रमले एक हदले रोकेको जानकारी दिनुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘‘पब्लिक क्याम्पसमा सर्वसाधारणको पनि योगदान रहन्छ । जुन वर्ग समूहबाट पब्लिक क्याम्पस पढ्न आउँछन्, ती क्याम्पसमा खर्चको व्यवस्थापनमा समुदायको पनि सहभागिता आर्थिक दायित्व कम गर्न मद्दत पुगेको छ ।’’

पब्लिक क्याम्पस ठुलो सङ्ख्यामा देशैभर फैलिएको छ । पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन स्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने गरेको मन्त्री डा. महतले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विद्यार्थीलाई एटेन्सन गर्ने सबभन्दा ठुलो चुनौती छ, यो समस्या त्रिभुवन विश्वविद्यालय, पब्लिक क्याम्पस र निजी क्याम्पसहरूले भोगिरहेका छन् । विदेश गएर पढ्ने संस्कृति अत्यन्त ज्यादा छ ।’’


मन्त्री डा. महतले थप्दै भन्नुभयो, ‘‘बाहिर जाँदैमा सबै कुरा विद्यार्थीको पक्षमा हुन्छ भन्ने छैन । आर्थिक दायित्व थप त छँदैछ । अरू कोणबाट पनि उत्कृष्ट हुन्छ भन्ने कुनै ग्यारेण्टी हुँदैन । तर पनि पढ्न बाहिर जानुपर्छ भन्ने मानसिकता हाम्रो समाजमा व्याप्त छ । यसलाई रिभर्स गर्नुपर्ने आजको आवश्यकता छ ।’’

आफू अध्ययनका लागि बाहिर गएको स्मरण गर्नुहुँदै मन्त्री डा. महतले भन्नुभयो, ‘बाहिर जाने कुरा स्वतन्त्रतासँग जोडिएको छ । ०४६ सालसम्म बाहिर गएर अध्ययन गर्ने कुरा विरलै हुन्थ्यो, छात्रवृत्तिमा सीमित मान्छे जान्थे । ०४६ सालभन्दा ठीक एक वर्षअघि प्रतिस्पर्धाबाट अमेरिका पढ्न जान म पूर्ण छात्रावृत्तिमा चुनिएँ । तर म प्रजातन्त्रका लागि लडिरहेको योद्धा थिएँ, नेपाल विद्यार्थी सङ्घको नेतृत्व पनि गर्थेँ । त्यसैले म अध्ययनका लागि जान नपाउने भएँ । त्यसबेला अन्यथा विचार राख्ने बित्तिकै उनीहरूले पासपोर्ट पाउँदैनथे । मैले पनि नपाउने भएँ । तर त्यसैबीचमा जनआन्दोलन भयो, म त्यसबेला आन्दोलन सञ्चालनमै थिएँ । त्यो सफल भएको कारणले म पढ्न जान पाएँ ।’’

मन्त्री डा. महतले भन्नुभयो, ‘‘मान्छेले आफ्नो क्षमता, योग्यता, प्रतिभा, सिर्जना र सम्भावनाको सम्पूर्ण रूपमा प्रयोग गर्न पाउनुपर्छ भन्ने मान्यतामा हामी विश्वास गछौं । हरेक व्यक्तिले आफ्नो क्षमता प्रयोग गर्न राज्यले सहयोग गर्नुपर्छ, त्यसलाई निषेध गर्नुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’’
तेसै गरी नेपाल पब्लिक क्याम्पस संघ, वागमती प्रदेश अधिवेशन स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान, जाउलाखेलको अधिवेशनले सर्वसम्मत रुपमा शैलेन्द्र कुईकेलको अध्यक्षतामा  पदाधिकारिहरुको चयन गरेको छ। जस्को उपाध्यक्षमा देवी कुमारी बुलाकोटि, चन्द्रमणी काफ्ले, बेद बहादुर कुवर,सचीवमा भानुभक्त पाण्डे,सह सचीव ,सन्देष घिमिरे ,कोषाध्यक्ष चोक प्रसाद दुलाल  (सिपि दुलाल) तथा सदस्यहरुमा  बिनोद तिमल्सीना, पुष्कर कोइराला, भोज राज न्यौपाने, ज्योती केसी, लिल बहादुर श्रेष्ठ, उर्मिला उप्रेति, निबन्ध लामा, ज्ञान बहादुर भुजेल, हरिकृष्ण सिटौला, उद्धब प्रसाद पौडेल र राम कुमार भेट्वाल लाई चयन गरेको नेपाल पब्लिक क्याम्पस संघका केन्द्रिय कोषाध्यक्ष तथा पालुङ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्रले जानकारी दिनुभयो।
कार्यक्रममा नेपाल पब्लिक क्याम्पस संघको ३३औं वार्षिकोत्सब समारोहमा  माननीय अर्थ मन्त्री डा.प्रकाशशरण महतको प्रमुख आतिथ्यता , त्रि.वि.का उपकुलपति प्राध्यापक डा.धर्मकान्त बास्कोटा साथै,बिश्वबिद्धालय अनुदान आयोगका उपनिर्देशक  डुलराज चिमरिया लगायतका अतिथिहरुको उपस्थिति रहेकोे थियो।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...