pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

नारायण लामा प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा चयन,

Screenshot_20220820-10171-1660970115.png

मकवानपुर थाहानगरमा संचालित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको अध्यक्षमा नारायण लामा चयन भएका छन् । थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रहेका लामा प्रस्तावित १५ शैया अस्पतालको रुपमा रहेको केन्द्रको अध्यक्षमा चयन भएका हुन् ।
स्वास्थ्य केन्द्रको आयोजनामा ४ भाद्रमा भएको स्वागत तथा सम्मान कार्यक्रममा लामालाई स्वास्थ्य केन्द्रले स्वागत गरेको छ । स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको सदस्यहरुमा नवराज थापा क्षेत्री, शानित वि.क., उर्मिला गोपाली, मधुमाया तामाङ र डाक्टर शक्ति चौरसिया चयन भएका छन् ।
कार्यक्रमको अवसरमा यसअघिको समितिका पदाअधिकारीहरुको विदाइ गरिएको छ । निवर्तमान पदाअधिकारीहरुले गरेको योगदानको प्रशंसा कार्यक्रममा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा थाहानगर प्रमुख विष्णु विष्टले नयाँ चयन भएका समितिलाई शुभकामना दिए । उनले नियमित सेवाको साथै कोभिड–१९ जस्तो विश्वमहामारीको रुपमा फैलिएको रोग नियन्त्रणका बखत यसअघि मेडिकल टिम तथा कर्मचारीहरुले गरेको कामको प्रशंसा गर्दै अहिलेको व्यवस्थापन टिम सहितले उक्त साख जोगाइ थप उर्जाशिल भएर काम गर्न शुभकामना दिए । यसका लागि नगरपालिकासँधै संगै रहेको धारणा राखेका थिए । विशिष्ट अतिथी एवं थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेले पुर्वाधार विकास देखिने विकास भएपनि स्वास्थ्य, शिक्षा जस्ता कुराहरु अदृश्य हुने तर यसले नागरिकसंग प्रत्येक्ष सरोकार राख्ने भएकोले गम्भीर भएर सेवा प्रवाह गर्न सक्षम हुनुपर्ने बताए । यसका लागि व्यवस्थापन पक्ष र कर्मचारीहरु सबैको एकजुटपनाले सफल हुन सकिने काफ्लेको भनाइ थियो ।

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझीले स्वास्थ्य केन्द्रले गएका कार्यकालहरुमा भएको त्रुटि भए सच्याइ अघि बढ्न सुझाव दिए । उनले गुणस्तरीय सेवा प्रवाहका लागि व्यवस्थापन र कर्मचारी दुवै पक्ष जिम्मेवार हुन आगेह गर्दै शुभकामना दिए ।

कार्यक्रममा निवर्तमान समितिको तर्फबाट शकुन्तला गुरुङ, च्वाइस नेपालका कुल प्रसाद तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका अतिथीहरुलाई डाक्टर शक्ति चौरसियाले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र प्रमुख वीरमान रास्कोटी, इलाका प्रहरी कार्यालय पालुङका गजेन्द्र साह, निवर्तमान समितिका पदाअधिकारीहरु, हालको समितिका पदाअधिकारुीहरु, कर्मचारी, मेडिकल टिम लगायतकाको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अवसरमा निवर्तमान पदाअधिकारीहरुलाई कदर पत्र र मायाँको चीनो वितरण गरिएको थियो भने अतिथीहरुलाई मायाँको चीनो वितरण गरिएको थियो ।
यसैबीच पालुङ प्राथमिक सवासथय केन्द्र व्यवस्थापन समितिको नेतृत्वमा ४ भाद्र विहान सरसफाई कार्यक्रम भएको छ । स्वागत तथा सम्मान कार्यक्रमका अतिथीहरु, कर्मचारी, स्वासथयकर्मी, स्थानीय सरोकारवालाहरु लगायतको सहभागितामा स्वास्थ्य केन्द्र परिसरमा सरसफाइ गरिएको हो ।

Screenshot_20220820-10172-1660970118.png
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg