pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

नारायण लामा प्राथमिक स्वास्थ्य केन्द्रको अध्यक्षमा चयन,

Screenshot_20220820-10171-1660970115.png

मकवानपुर थाहानगरमा संचालित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको अध्यक्षमा नारायण लामा चयन भएका छन् । थाहा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रहेका लामा प्रस्तावित १५ शैया अस्पतालको रुपमा रहेको केन्द्रको अध्यक्षमा चयन भएका हुन् ।
स्वास्थ्य केन्द्रको आयोजनामा ४ भाद्रमा भएको स्वागत तथा सम्मान कार्यक्रममा लामालाई स्वास्थ्य केन्द्रले स्वागत गरेको छ । स्वास्थ्य केन्द्र व्यवस्थापन समितिको सदस्यहरुमा नवराज थापा क्षेत्री, शानित वि.क., उर्मिला गोपाली, मधुमाया तामाङ र डाक्टर शक्ति चौरसिया चयन भएका छन् ।
कार्यक्रमको अवसरमा यसअघिको समितिका पदाअधिकारीहरुको विदाइ गरिएको छ । निवर्तमान पदाअधिकारीहरुले गरेको योगदानको प्रशंसा कार्यक्रममा गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा थाहानगर प्रमुख विष्णु विष्टले नयाँ चयन भएका समितिलाई शुभकामना दिए । उनले नियमित सेवाको साथै कोभिड–१९ जस्तो विश्वमहामारीको रुपमा फैलिएको रोग नियन्त्रणका बखत यसअघि मेडिकल टिम तथा कर्मचारीहरुले गरेको कामको प्रशंसा गर्दै अहिलेको व्यवस्थापन टिम सहितले उक्त साख जोगाइ थप उर्जाशिल भएर काम गर्न शुभकामना दिए । यसका लागि नगरपालिकासँधै संगै रहेको धारणा राखेका थिए । विशिष्ट अतिथी एवं थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ काफ्लेले पुर्वाधार विकास देखिने विकास भएपनि स्वास्थ्य, शिक्षा जस्ता कुराहरु अदृश्य हुने तर यसले नागरिकसंग प्रत्येक्ष सरोकार राख्ने भएकोले गम्भीर भएर सेवा प्रवाह गर्न सक्षम हुनुपर्ने बताए । यसका लागि व्यवस्थापन पक्ष र कर्मचारीहरु सबैको एकजुटपनाले सफल हुन सकिने काफ्लेको भनाइ थियो ।

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्र रायमाझीले स्वास्थ्य केन्द्रले गएका कार्यकालहरुमा भएको त्रुटि भए सच्याइ अघि बढ्न सुझाव दिए । उनले गुणस्तरीय सेवा प्रवाहका लागि व्यवस्थापन र कर्मचारी दुवै पक्ष जिम्मेवार हुन आगेह गर्दै शुभकामना दिए ।

कार्यक्रममा निवर्तमान समितिको तर्फबाट शकुन्तला गुरुङ, च्वाइस नेपालका कुल प्रसाद तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका अतिथीहरुलाई डाक्टर शक्ति चौरसियाले स्वागत गरेका थिए । कार्यक्रममा नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र प्रमुख वीरमान रास्कोटी, इलाका प्रहरी कार्यालय पालुङका गजेन्द्र साह, निवर्तमान समितिका पदाअधिकारीहरु, हालको समितिका पदाअधिकारुीहरु, कर्मचारी, मेडिकल टिम लगायतकाको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अवसरमा निवर्तमान पदाअधिकारीहरुलाई कदर पत्र र मायाँको चीनो वितरण गरिएको थियो भने अतिथीहरुलाई मायाँको चीनो वितरण गरिएको थियो ।
यसैबीच पालुङ प्राथमिक सवासथय केन्द्र व्यवस्थापन समितिको नेतृत्वमा ४ भाद्र विहान सरसफाई कार्यक्रम भएको छ । स्वागत तथा सम्मान कार्यक्रमका अतिथीहरु, कर्मचारी, स्वासथयकर्मी, स्थानीय सरोकारवालाहरु लगायतको सहभागितामा स्वास्थ्य केन्द्र परिसरमा सरसफाइ गरिएको हो ।

Screenshot_20220820-10172-1660970118.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...