himalen-2083-1778725505.jpg
Wednesday, 03 Jun, 2026
jkmv2083-1778723862.jpg

शिक्षा

नाटेश्वर माविको २८ औँ अभिभावक भेला सम्पन्न

FB_IMG_1748005020112-1748008535.jpg

बिराजन बस्नेत/ थाहा ,
थाहा नगरपालिका १० मा रहेको नाटेश्वर माविको २८औ वार्षिक अभिभावक भेला सम्पन्न भएको छ।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबहादुर गोपालीको सभाध्यक्षतामा सम्पन्न भेलामा मकवानपुर जिल्ला क्षेत्र नम्बर २ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य एबम्  सत्तारुढ दलको मुख्य सचेतक  महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यता रहेको थियो।
 कार्यक्रममा थाहा १० का  वडा अध्यक्ष हिरा बहादुर गमाल, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न  विद्यालयका प्रधानाध्यापकहरु, संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरू,थाहा नगरपालिकाका वडा न १० का वडा सदस्यहरु, विद्यालय व्यवस्थापन समितिका  पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु, आमा समूह,  विभिन्न सहकारीका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी,अभिभावक लगायतको उपस्थिति रहेको थियो।
 कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र प्रसाद अर्यालले विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने विद्यालयका लेखापाल पुरुषोत्तम गोपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। 
कार्यक्रममा विशेष अतिथि थाहा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हिरा बहादुर गमालले  विद्यालयको निम्ति वडाको तर्फबाट आवश्यक सहयोग गर्दै आइरहेको र निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि माननीय महेशकुमार बर्तौलाले विद्यालयको लागि यसै आर्थिक वर्षमा आठ कोठे विद्यालय भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे साथै उनले विद्यालय शिक्षा विधेयक असार १५ गते भित्र आउने बिश्वास दिलाए ।
 शिक्षक अभिभावक संघका प्रतिनिधिहरु समेत छनोट गरिएको कार्यक्रममा विद्यालयका शुभचिन्तक इन्द्रसरोवर गाउँपालिका १ निवासी दशनारायण लामाले शैक्षिक सुधारको लागि रु १५ हजार रुपैयाँ नगद आर्थिक सहयोग गर्नुभएको थियो। 
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत सहित विद्यार्थीहरूद्वारा मार्च पास, खेलकुद, विज्ञान प्रदर्शनी पोषण सम्बन्धी प्रदर्शनी प्रस्तुत गरिएको थियो । कार्यक्रममा शैक्षिक सुधारको निम्ति अनवरत रूपमा सेवा गर्नुहुने शिक्षक कर्मचारीहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा नेपाल भिक्षु महासङ्घका सचिव भिच्छु निग्रोद सिद्धार्थ महर्जन ले परियती  नैतिक शिक्षा सम्बन्धी आफ्नो मन्तव्य राख्नुभएको थियो। समाजसेवी मिना गोपालीज्यूले विद्यार्थीहरूका लागि स्टेसनरी सामग्री तथा ट्र्याक सूट उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
 कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई सम्झनाको चिनो वितरण गरी विदाई समेत गरिएको थियो कार्यक्रममा विभिन्न विधामा उत्कृष्टता हासिल गर्नुहुने विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्रले सम्मान व्यक्त गरिएको थियो। कार्यक्रममा अभिभावकहरूको मनोरञ्जनात्मक म्युजिकल चेयर खेल खेलाइएको थियो । उक्त खेलमा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागीहरुलाई प्रमाणपत्र तथा मेडलबाट सम्मान गरिएको थियो । 
कार्यक्रमलाई विद्यालयका शिक्षक रूपचन्द्र गोपाली ले सञ्चालन गरेका थिए।

1748008447276-1748008535.jpg
1748008444322-1748008569.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

रास्वापा थाहा नगर वडाः ४ को नयाँ कमिटी गठन:-हेर्नुस को को छन?
FB_IMG_1779522224539-1779522388.jpg

थाहा नगरपालिका,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को ४ न वडा अधिवेशन सम्पन्न भएको छ। थाहा नगर सभापति श्री...

संसद् पुग्यो थाहा नगरमा फलेको आलुको भाउ, सांसद् उप्रेती भन्छन्-‘आलुकै भात, आलुकै तरकारी’
InShot_20260519_151146898-1779182836.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रशान्त उप्रेतीले मकवानपुरका सडकको अवस्था खराब रहेको बताएका छन्...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg