Friday, 10 May, 2024
शिक्षा

नगर प्रमुखलाई ज्ञापन पत्र पेश
शिक्षक संगठनहरुद्धारा ध्यानाकर्षण 

- श्म्भु अधिकारी
        थाहा नगर भित्र रहेका सामुदायिक विधालयहरुमा कार्यरत लेखापाल, कार्यलय सहयोगि,माली,लाइव्रेरियनहरुको कार्य गर्ने विधालयमा नियुक्त भएका कर्मचारीहरुलाइ नेपाल सरकारले दिने दरवन्दी सहितको तलब भत्ता सञ्चयकोष, ग्रेड, निवृत्तिभरण,औषधी उपचार, विमा, पोशाक लगायतका सुविधाको व्यावस्थाको माग गर्दै नेपाल विधालय कर्मचारी युनियन थाहा नगर कार्यसमितिले आज थाहा नगर प्रमुख लवशेर विष्टलाई ज्ञापन पत्र बुझाएका छन् ।
सर्वोच्च अदालतको २०६६ माघ २३ को फैसला अनुरुप सामुदायिक विधालयमा कार्यरत कर्मचारीको भविष्य अन्यौल र अनिश्चित हुन नदिन सेवा सुविधा शर्त उल्लेख भएको सर्भिसि कानुनको आवश्यक्ता हुन्छ भन्ने फैसला गरी अध्ययन गरी प्रतिवेदन दिन र कार्यन्वयन गर्न शिक्षा मन्त्रालयलाई आदेश दिईएको र २०७३ असार १५ मा पारित शिक्षा ऐन आठौ संसोधन आएपनी नियामावली पारित गर्नेवेलामा देश संघियतामा गईसकेकोले केन्द्र सरकारले जारी गर्न नमिल्ने भनी अड्चन थापेका र अव सो ऐन संघ , प्रद्ेश सरकार समक्ष आफ्ना माग लानको निम्ती ध्यानाकर्षण गराईएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
युनियनका अध्यक्ष मधुसुधन रायमाझी सहित अन्य कर्मचारीहरुले नगर प्रमुख विष्ट समक्ष ५ बुदे ज्ञापन पत्र बुझाएका हुन ।प्रत्येक स्थानिय तहले शिक्षा ऐन वनाउन लागेको हुदा थाहा नगरले शिक्षा ऐन तयार गर्दा शिक्षक वाहेक विधालयमा काम गर्ने कर्मचारीहरुलाई पनि समेट्नु पर्ने र नगर शिक्षा ऐनमा हाम्रो माग नछुटोस भनेर ज्ञापन पत्र बुझाइएको युनियनका अध्यक्ष मधुुसुधन रायमाझीले वताउनु भयो । विधालयमा शिक्षक वाहेकका जनशक्तिको आवश्यक्ता नभईनहुने हुँदा पनि सरकारले बजेटको वाहना वनाएर दरवन्दी नदिनु, कर्मचारीलाई मात्र मार नभई समग्र विधालयलाईनै भार परिरहेकोले कि विधालय, नगरपालिका वा नेपालसरकार सग माग गर्ने प्रष्टरुपको निमावली वनाई लागुगर्न अनुरोध गरेको रायमाझीले बताउनु भयो । वहाँले तलब भत्ता वाहेक थाहा नगरपालिकाको शिक्षा कार्यलयमा विधालय कर्मचारीको अभिलेख अध्याधिक गराई अभिलेख राख्नुपर्ने,नगर शिक्षा समितिमा कर्मचारीहरुको पनि अनिवार्य प्रतिनिधित्व गर्नुपर्ने,संसोधित शिक्षा नियमावली अनुसार विधालयमा मापदण्ड अनुरुप दरवन्दीको व्यावस्था गर्नुपर्ने र लामो समय विधालयमा कार्यरत कर्मचारीहरुलाई सिधै स्थाईको व्यावस्था गर्नुपर्ने माग सहित ज्ञापनपत्र पेश गरिएको बताउनु भयो ।ज्ञापन पत्र बुझदै थाहा नगर प्रमुख विष्टले संघ र प्रदेशको ऐन वन्ने तरखरमा रहिरहेको र चैत्र सम्ममा प्रदेशको ऐन वनेपछी थाहा नगरले पनी सोहि अनुरुप वुझेर थाहा नगर शिक्षा ऐन वनाउने भन्दै सवैलाई समेट्दै नै शिक्षा ऐन वनाउने कुरामा विस्वस्त रहन आग्रह गर्नुभयो ।नेपाल सरकारको नियम भित्र रहेर कर्मचारीहरुको मागको वारेमा प्रदेश सरकार समक्ष आपmुले लाने बताउदै निर्धक्क भएर काम गर्न आग्रह गर्नुभयो ।

     त्यस्तै आजै नेपाल राष्ट्यि शिक्षक संगठन थाहा नगर समितिले विभिन्न १५ बुदे माग राख्दै नगर प्रमुख लवशेर विष्ट समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।स्थानिय तहवाट शिक्षा सम्वन्धि नियम कानुन निर्माण गर्ने नगर शिक्षा समिति गठन गर्ने ,विधालय समायोजन ,शिक्षक नियुक्ति,सरुवा ,वढुवा गर्ने कार्यहरुमा नगरपालिका एकलौटी ढंगले अगाडि वढेको भन्दै शिक्षामा भएको विकृति र विसंगति हटाई शिक्षकको पेशागत हकहितको सुनुश्चितता गर्न ध्यानाकर्षण गरिएको संगठनका अध्यक्ष रमेशमान डंगोल र सचिव मनोज लामिछानेको हस्ताक्षर सहितको पत्र वुझ्दै नगर प्रमुख विष्टले नगरपालिका नगरको शैक्षिक गुणस्तर सुर्धान सवै संग हातेमालो गदै अगाडी बढ्ने भन्दै सरुवा , वढुवा आदिमा कसैले पावर र पैसाको प्रलोभनमा पारी गरेको छ भने नगरले तुरुन्त कारवाही गर्ने वताउनु भयो ।त्यस्तै वहाँले विधालय समायोजन गर्दा वालवालिकाको भविष्यलाई खेलवाड नगरीने र २ जना विधार्थीको लागि लाखौ खर्च गरेर शिक्षक पाल्न नसकिने भन्दै नगरले समायोजनमा विशेष ध्यान दिने वताउनु भयो । वहाँले आगामि शैक्षिक क्यालेन्डर वनाएर नतिजा चित्त बुझ्दो नआए कारवाही गरिने पनी वताउनु भयो ।
उक्त कार्यक्रममा उप प्रमुख खड्ग गोपाली, थाहा नगरपालिका विधालय निरिक्षक लक्ष्मण दहाल, माओवादी केन्द्रका थाहा इन्चार्ज  विष्णु विष्ट आदर्श   तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।  


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...