pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

धेरै सेल्फी खिच्नुहुन्छ? इल्बो रोग लाग्ला!

कुनै बेला यस्तो थियो जतिखेर किशोर किशोरीहरु चौरमा खेल्दा खेल्दै खेरी घुडामा चोट लागेर  वा साइकलबाट लडेपछि उपचारका लागि हाड जोर्नी विज्ञका दर्गुर्थे ।

अब जमान फेरिसकेको छ । एउटा सानो कोठामा घन्टौसम्म मोबाईल खेलाउँदा खेलाउँदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरी नसा विज्ञका आपत्कालिन सेवा लिन थालेका छन् ।

हो, अत्यधिक मेसेज टाइप गर्दा वा मोवाइल चलाउँदा औला खेलाउँदा र नसामा समस्या बढेको गुनासो बढिरहेकै बेला सेल्फी कूलतले धेरै किशोर किशोरी पीडित छन् ।

 यही सेल्फी कूलतलाई मेडिकल भाषामा ‘सेल्फी इल्बो’ भनिन थालिएको छ । सेल्फी इल्बो अहिलेको जल्दोबल्दो चिकित्सकीय समस्या बन्न थालेको छ ।

धेरै  सेल्फी खिच्ने क्रममा मानिसमा सेल्फी इल्बोको खतरा बढेको विज्ञ बताउँछन् । सेल्फी इल्बोले कुहिनोमा अत्यधिक पीडा भएको गुनासो गर्दै चिकित्सकहाँ उपचार गर्न आउनेमा १० वर्षका बालकदेखि ५० वर्षका वयस्क रहेका छन् ।

अमेरिकास्थित विशेष शल्यक्रिया शाखाका खेल चिकित्सक जोर्डन  मेट्जलका अनुसार अत्यधिक सेल्फी लिदाँ यस्तो समस्या हुने गरेको छ ।

 बारम्बार सन्देश टाइप गर्दा र मोबाईबाट तस्बिर खिच्दा यो समस्या उत्पन्न हुन्छ । ‘प्रविधि र मानिसको बेजोड संगमले शारीरिक पीडा बढेको छ,’ उनी भन्छन् ।

समस्याबारे उनी अगाडि भन्छन, —‘कुईनो तन्काएर सेल्फी लिदा मांशपेशीमा अत्यधिक पीडा हुन्छ । कुईनाको पीडाबाट मुक्त हुन एड्भिल वा मोटरिन जस्ता औषधी प्रयोग गर्न सकिने उनको सुझाब छ ।
 माशंपेशीमा आईस राखेर वा मांशपेशी तन्काएर पनि कुइनको उपचार गर्न सकिने उनी बताउँछन् । पछिल्लो समयमा किशोर किशोरीमा यस्ता प्राविधिक चोटमा वृद्धि भएको उनी बताउँछन् ।  

गेमिङ, स्नाप च्याटको प्रयोग, सेल्फी, एसएमएस र ट्विटङले किशोर किशोरीलाई प्राविधिक रुपमा घाइते बढाएको उनको भनाई छ ।

पछिल्लो साता पुरस्कार बिजेता पत्रकार होडा कोब कुइनोको पीडा लिएर चिकित्सककहाँ जान्छिन् । ‘कुहिनोमा अत्यधिक पीडा भएपछि  अर्थोपेडिस्टकहाँ जाँदा चिकित्सकले धेरै टेनिस खेल्छौ भनेर प्रश्न गरे,’ उनी भन्छिन् । ‘हैन, बरु धेरै सेल्फी लिने गर्छु’ कोबले जबाफ फर्काइन ।

‘पछिल्ला समयमा हामीले किशोर किशोरीमा कार्पल टनेल सिन्ड्रोम (हात वा औलामा नसाको कम्प्रेसनका कारण हुने समस्या)बाट पीडित भएको पाएका छौ ।

जबकी १० देखि १५ वर्ष अगाडि घुँडा घोटिएका वा साइकलबाट लडेर उपचार आउने जमात उल्लेखनीय हुन्थ्यो,’ न्युर्योक युनिर्भसिटीका ल्यांगोन मेडिकल सेन्टरका विज्ञ चाल्स किम बताउँछन् । किमले अत्यधिक सेल्फी खिच्नेलाई सेल्फी स्टिक प्रयोग गर्न सुझाउछन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...