pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

धेरै सेल्फी खिच्नुहुन्छ? इल्बो रोग लाग्ला!

कुनै बेला यस्तो थियो जतिखेर किशोर किशोरीहरु चौरमा खेल्दा खेल्दै खेरी घुडामा चोट लागेर  वा साइकलबाट लडेपछि उपचारका लागि हाड जोर्नी विज्ञका दर्गुर्थे ।

अब जमान फेरिसकेको छ । एउटा सानो कोठामा घन्टौसम्म मोबाईल खेलाउँदा खेलाउँदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरी नसा विज्ञका आपत्कालिन सेवा लिन थालेका छन् ।

हो, अत्यधिक मेसेज टाइप गर्दा वा मोवाइल चलाउँदा औला खेलाउँदा र नसामा समस्या बढेको गुनासो बढिरहेकै बेला सेल्फी कूलतले धेरै किशोर किशोरी पीडित छन् ।

 यही सेल्फी कूलतलाई मेडिकल भाषामा ‘सेल्फी इल्बो’ भनिन थालिएको छ । सेल्फी इल्बो अहिलेको जल्दोबल्दो चिकित्सकीय समस्या बन्न थालेको छ ।

धेरै  सेल्फी खिच्ने क्रममा मानिसमा सेल्फी इल्बोको खतरा बढेको विज्ञ बताउँछन् । सेल्फी इल्बोले कुहिनोमा अत्यधिक पीडा भएको गुनासो गर्दै चिकित्सकहाँ उपचार गर्न आउनेमा १० वर्षका बालकदेखि ५० वर्षका वयस्क रहेका छन् ।

अमेरिकास्थित विशेष शल्यक्रिया शाखाका खेल चिकित्सक जोर्डन  मेट्जलका अनुसार अत्यधिक सेल्फी लिदाँ यस्तो समस्या हुने गरेको छ ।

 बारम्बार सन्देश टाइप गर्दा र मोबाईबाट तस्बिर खिच्दा यो समस्या उत्पन्न हुन्छ । ‘प्रविधि र मानिसको बेजोड संगमले शारीरिक पीडा बढेको छ,’ उनी भन्छन् ।

समस्याबारे उनी अगाडि भन्छन, —‘कुईनो तन्काएर सेल्फी लिदा मांशपेशीमा अत्यधिक पीडा हुन्छ । कुईनाको पीडाबाट मुक्त हुन एड्भिल वा मोटरिन जस्ता औषधी प्रयोग गर्न सकिने उनको सुझाब छ ।
 माशंपेशीमा आईस राखेर वा मांशपेशी तन्काएर पनि कुइनको उपचार गर्न सकिने उनी बताउँछन् । पछिल्लो समयमा किशोर किशोरीमा यस्ता प्राविधिक चोटमा वृद्धि भएको उनी बताउँछन् ।  

गेमिङ, स्नाप च्याटको प्रयोग, सेल्फी, एसएमएस र ट्विटङले किशोर किशोरीलाई प्राविधिक रुपमा घाइते बढाएको उनको भनाई छ ।

पछिल्लो साता पुरस्कार बिजेता पत्रकार होडा कोब कुइनोको पीडा लिएर चिकित्सककहाँ जान्छिन् । ‘कुहिनोमा अत्यधिक पीडा भएपछि  अर्थोपेडिस्टकहाँ जाँदा चिकित्सकले धेरै टेनिस खेल्छौ भनेर प्रश्न गरे,’ उनी भन्छिन् । ‘हैन, बरु धेरै सेल्फी लिने गर्छु’ कोबले जबाफ फर्काइन ।

‘पछिल्ला समयमा हामीले किशोर किशोरीमा कार्पल टनेल सिन्ड्रोम (हात वा औलामा नसाको कम्प्रेसनका कारण हुने समस्या)बाट पीडित भएको पाएका छौ ।

जबकी १० देखि १५ वर्ष अगाडि घुँडा घोटिएका वा साइकलबाट लडेर उपचार आउने जमात उल्लेखनीय हुन्थ्यो,’ न्युर्योक युनिर्भसिटीका ल्यांगोन मेडिकल सेन्टरका विज्ञ चाल्स किम बताउँछन् । किमले अत्यधिक सेल्फी खिच्नेलाई सेल्फी स्टिक प्रयोग गर्न सुझाउछन् ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg