Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

धर्म र आत्मसम्मान :- ऋतु लामा,

FB_IMG_1689781654917-1689782470.jpg

 

 

 

ऋतु लामा,थाहा ४ दामन,हाल युएई आबुदावी 

 

नत्र हाम्रो धर्म, संस्कार, सँस्कृती मासिनुको साथै धार्मिक हिँसा र युद्ध नहोला भन्न सकिन्न

हिन्दी वेव सिरिजका फ्यानहरुले अत्यन्तै मन पराएको अपराधिक रहस्यपुर्ण र हिन्दु पौराणिक कथामा आधारित सिरिज “असुर” भारत र नेपालमा पनि उत्तिकै मन पराइएको थियो । सिरिज मलाई पनि मलाई एकदम मन परेको थियो । सन् २०२० मा कोरोना महामारीको समयमा लकडाउनमा हेरेकी थिएँ । त्यस पश्चात सिजन २ को पर्खाइ रह्यो । गत २ जुनमा ओ.टि.टि. प्ल्याटफर्ममा रिलिज भयो । सिजन १ बाट मुख्य अपराधी सिरियल किलरले आफूलाई दानव (असुर) मान्छ र राम्रा प्रतिष्ठित मान्छेहरुलाई मार्छ । यसो गर्दै गर्दा उसले विष्णु भगवानलाई कल्कीको रुपमा जन्म लिन चुनौती दिएको मान्छ। सिरिज भित्र थुप्रै रहस्यहरु देख्न सकिन्छ । हाम्रो धर्मको केकस्तो महत्व छ, त्यसको सकरात्मकतालाई कसरी जीवनमा लागू गर्ने भन्ने कुराहरुलाई झल्काउँछ पनि । यहाँ शान्ति र आफ्नो कर्मकोबारे बौद्ध धर्मको मर्मलाई राम्रोसँग देखाइएको छ ।

सिरिज हेर्दै गर्दा हामीले हाम्रो धर्म संस्कार,सँस्कृतीलाई बुझ्न अझै बाँकी छ जस्तो अनुभुती गराउछ । अलिकति पनि गहिरिएर नसोचेको धर्म, मुल्य, मान्यता र संस्कार, सँस्कृतीलाई आजभोली वास्तविक जीवनमा भन्दा रिलमा राम्रोसँग हेर्न र अनुभव गर्न सकिन्छ । नेपाल र नेपालीहरु संस्कार, सँस्कृतीमा विश्वमै फरक र धनी छौ ।

अन्य देशहरुले हाम्रो फरक पहिचान र संस्कार, सँस्कृतीलाई बुझ्न खोजिरहेका छन र कतिपय मानिसहरुले हाम्रो धर्म संस्कार अवलम्बन गरिरहेको छन् । उदाहरणको रुपमा विभिन्न पाश्चात्य मुलुकहरुमा संस्कृत विश्वबिद्यालयहरु खुलेका छन्, बौद्ध विहारहरु बनाइएका छन् । उनीहरुले हाम्रो मौलिक धर्म संस्कार अनुसरण गरिरहेका छन् तर विगत केही दशक देखि हाम्रा केही नेपाली परिवारहरु नै कुनै महत्व र पूर्ण ज्ञान बिना नै इसाई धर्ममा रुपान्तरण भइरहेका छन् ।
यति लेख्दै गर्दा कुनै पनि धर्मप्रति नकरात्मक रुपमा एकोहोरो लाञ्छना लगाउन भने खोजेको होइन । तर धेरै नेपालीहरु बिना योजना र सहि बुझाइ बिना नै धर्म परिवर्तन गर्नु विड्म्बनाको कुरा हो ।

कोरोना संक्रमणको बेला एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो, जसमा एक इसाई पादरी केशवराज आचार्यले केही शब्द भन्दै यशुको नाममा बिरामी हटिजा दुखाइ हटिजा भन्दै बिरामीलाई रुमालले हान्दै रोग मुक्त गर्ने कोरोनालाई निस्क्रिय पार्ने प्रार्थना गर्दै थिए । उनलाई प्रहरीले ३० दिन अनुसन्धानको लागी हिरासतमा राख्यो र पछि धरौटीमा रिहा गर्यो । साथै केहीसमय अगाडी पूर्वी नेपालमा केही पादरी र उनीहरुको समूहले थुप्रै सोझाहरुलाई ललाईफकाई, डरत्रास देखाएर सम्पत्ति आफ्नो नाम गराएको र थुप्रै महिलाहरुलाई पटक पटक गर्भपतन गर्न लगाएको समाचार बाहिरिएको थियो । नेपाल लगायत भारत, बंगलादेश आदि मुलुकहरुमा विभिन्न भ्रम फैलाएर ईसाई बन्न प्रोत्साहन गरिरहेको पाइएको छ । विभिन्न उपचार गर्दा पनि निको नभएकाहरु अन्य धर्मबाट इसाई भएपछि पूर्णरुपमा सन्चो भएको, निसन्तानले सन्तान पाएको, टाउको दुखाइ ,रक्तचाप झारफुक गरेको भरमा निको पारिदिएको भन्दै इसाई धर्मको प्रचार गरिदैछ । यि सम्पूर्ण घटनाहरु र हाल हाम्रो समाजमा भैरहेको गतिविधि हेर्दा धर्म, संस्कार, सँस्कृतीले बनाउनुपर्ने सौहार्दपूर्ण समाजभन्दा पनि अझै पछाडी र सत्यता भन्दा मिथकलाई अँगाल्न लगाएर भ्रम फैलाउने कार्य गरिँदै आएको छ । यदि यसरी बिरामी सन्चो हुने भए डाक्टर र औषधी, भ्याक्सिनहरुको कुनै आवश्यकता नरहने र लाखौ पैसा खर्च गरेर उपचार गर्न पर्दैनथ्यो । यसले गर्दा कुनै व्यक्ति र परिवार भन्दा धेरै हाम्रो समाज र देशको पहिचानमा नै असर परेको छ ।

बिबिसी न्युजको एउटा वृत्तचित्र अनुसार नेपालले विश्वमै तिव्र गतिमा इसाई जनसंख्या बढ्ने देशको रेकर्ड बनाएको छ । यसै वृत्तचित्रमा अँग्रेजीमा बोल्दै राप्रपाका वरिष्ठ नेता कमल थापा भन्छन् ‘इसाई धर्ममा रुपान्तर यसरी भैरहेको छ जसरी सुख्खा वनमा डढेलो लाग्छ । उनका अनुसार हाम्रो साँस्कृतिक परिचय नै हराइरहेको छ । सामाजिक भातृत्व र राष्ट्रिय एकतामै असर परेको छ । नेपाललगायत धेरै अल्पविकसित देशहरुमा अमेरिका र दक्षिण कोरियाबाट नन, पादरीहरु धर्म परिवर्तन गराउने उद्देश्य नै लिएर आउँछन् । उनीहरुले गरिबी, रोगबिरामीको नाममा विभिन्न भ्रम फैलाएर इसाई बन्न बाध्य पारिरहेका छन् ।’ धेरै मानिसहरुको पनि हाम्रो जस्तो धार्मिक सहिष्णुता भएको देशमा यसरी ललाईफकाई गरेर र प्रलोभनमा पारेर धर्म परिवर्तन गराइनु भनेको हाम्रो सँस्कृतीमाथिको नराम्रो हस्तक्षेप गरेको भन्ने धारणा राखेको पाइन्छ । जसको असरले गर्दा हाम्रो भावी पुस्ताबिच हाम्रो मौलिक धार्मिक अस्तित्व नै नरहला भन्न सकिन्न ।

ईसाइ धर्मको नेपाली इतिहासलाई हेर्ने हो भने सन् १६२८ तिर राजा लक्ष्मीनारायणसिंह मल्लको पालामा पोर्चुगलबाट आएका पादरी डेस्ट्रुयट जवान नामका पादरीले नेपाली जनतासामू आफ्नो कुराहरु राख्न समय लिएका थिए तर राजाले कसैलाई इसाई धर्ममा परिवर्तित हुन भने दिएनन् । पछि सन् १७१७ तिर रोमबाट केही मिसिनरी, पादरीहरु आएर भक्तपुर र ललितपुरका केही मानिसहरुलाई इसाई बन्न लगाएको थिए । पछि तत्कालिन राजा पृथ्वीनारायण शाहले थाहा पाएर ती मिसिनरी पादरी सहित इसाई बनेका ५४ जना नेपालीहरुलाई देश निकाला गराएका थिए ।

लामो समय धर्म परिवर्तन गराउने मिसिनरी पादरीहरुलाई नेपालमा बन्देज लगाएपनि नेपालमा विभिन्न देशहरुसँग सम्बन्ध विस्तार गर्दै जाँदा ती मिसिनरीहरु फेरी सक्रिय भए । राजा विरेन्द्रले थाहा पाएर चर्च सञ्चालक र मिसिनरीहरुलाई जेल पनि पठाए । सो समय नेपाल विश्वकै एकमात्र हिन्दुराज्य थियो । नेपालको संविधान २०४७ ले पनि नेपाललाई हिन्दुराज्य घोषणा गरेको थियो । तर माओवादी सहित सात दल र सरकार पक्षबीचको शान्तिसम्झौतापछि नेपालको अन्तरिम संविधान २०६३ ले नेपाललाई धर्म निरपेक्ष घोषणा गरेको थियो । तर त्यसपश्चात त धर्मनिरपेक्षताकै आडमा खुल्लारुपमा धर्मको प्रचारप्रसार र व्यापार भइरहेको छ ।

राष्ट्रिय तथ्याङ्क अनुसार नेपालमा सन् १९६१ मा ४५८ जना इसाई धर्मालम्बी रहेको संख्या बढेर सन् २०११ सम्म ३ लाख ७५ हजार ६९९ जना रहेको थियो । यहि बढ्दो संख्या सामान्य हिसाबले पनि आँकलन गर्न सकिन्छ कि हाल नेपालमा १० लाखभन्दा बढि जनसंख्या इसाई धर्ममा परिवर्तन भइसकेका छन् । यसरी इसाई धर्ममा परिवर्तन हुनुको कारणहरु केके हुन सक्लान ? छुवाछुत, भ्रम आदी । Federation of National christian Nepal का अनुसार नेपालमा इसाई धर्ममा परिवर्तित हुनेहरुमध्ये ६५% दलित समुदायका छन् । भेदभाव छुवाछुतबाट उम्कने बहानामा इसाइ बन्नेहरु धेरै छन् तर एउटा अन्धविश्वासबाट बाहिर निस्कनका लागी फेरी अन्धविश्वासमा फस्नु भने दयनीय अवस्था हो । विभिन्न राष्ट्रिय समाचारहरुमा प्रकाशित र अनलाइन समाचारका अनुसार पनि धेरै गरिब र अशिक्षित वर्ग इसाई धर्ममा परिवर्तन भएको देखिन्छ । भुकम्पको बेला होस् या कोरोना संक्रमणको बेला धेरैले राहत सामाग्रीहरु पाए । तर हरेक सामाग्रीभित्र बाइबल राखेर दिइएको पाइयो । जुन धर्म प्रचार गर्ने र आममानिसलाई इसाइ धर्ममा आकर्षित गर्न नै गरेको हो ।

नेपालमा ग्लोबल मिसन नेपाल नामक नाफारहित संस्थाले विभिन्न विशेष कार्यहरु संचालन गरिरहेको छ । सन् २०१३ मा स्थापना भएको यस संस्थाबारे बुझ्न गुगलमा हेर्न खोज्दा यो वेवसाइट खुल्दैन । वेवसाइट नै पासवर्ड प्रोटेक्टेड छ । यसभित्रको जानकारी जो कोहीले हेर्न मिल्दैन । यस संस्थाले सुरुवातमा ९० चर्च बनाइसकेको छ र सन २०३० सम्म चार हजार चर्च बनाउने उद्देश्य लिएको भन्ने केही समाचारहरु बाहिरिएको थियो । यसमध्ये सबैभन्दा धेरै चर्चहरु धादिङ जिल्लामा छ । अनौठो त के छ भने नेपालको एउटा पुरै तामाङ्ग समुदाय भएको झार्लाङ्ग भन्ने गाउँको सबै परिवार इसाईमा परिवर्तित छन् । सामान्यरुपमा मन्दिर, गुम्बा बनाउने जग्गा नभएर समस्या भएको समाचार सुन्न देख्न पाइन्छ तर चर्च बनाउन भने मानिसहरुले जग्गा दान गरिरहेका छन् । चर्चहरु जतासुकै सामान्य तरिकाले बनिरहेको देखिन्छ । यसले एउटा प्रश्न चै खडा गर्छ । यो सबै कसरी सम्भव भयो ??

यसको अर्थ यो होइन कि मानिसहरुले इसाई धर्मलाई अनुसरण गर्नुहुँदैन, धर्म परिवर्तन गर्न पाउदैनन् । मानिसहरुले अन्तर्आत्मादेखि इसाई धर्म पछ्याउनु हुन्छ भने त्यो मानिसहरुको अधिकार हो । इसाईधर्मलाई नराम्रो भन्न खोजिएको हैन तर हाम्रो देशमा अमेरिका, दक्षिण कोरियाबाट आएका मिसिनरीहरुले धर्म परिवर्तन गर्न शाम, दाम, दण्डभेद प्रयोग गरी इसाई धर्म फैलाउन लागी परिरहेको छ । जुन हाम्रो संविधान अनुसार पनि गैरकानुनी मानिन्छ । धर्म परिवर्तन गराउनेलाई जेलसजायसँगै पाँच लाखसम्म जरिवाना गर्ने व्यवस्था छ तर केही विदेशी मिसिनरी, पादरीहरु यसलाई उल्लङ्घन गरेर इसाई धर्ममा परिवर्तन गराउन विभिन्न कार्यक्रमहरु गरिरहेका छन् । जस्तै सामाजिक सञ्जालकोे प्रयोग गरेर, ललाइफकाइ प्रलोभनमा पारेर, जबरजस्ती बाइबल पढ्न लगाएर, बिरामीलाई प्रार्थना गरेर निको हुन्छ भन्ने भ्रम फैलाएर र गरिब पिछडिएकालाई सहयोग गरेर ।

यसमा स्थानीय, सरोकारवाला निकाय र सरकारको नै ध्यान जान जरुरी छ । नत्र हाम्रो धर्म, संस्कार, सँस्कृती मासिनुको साथै धार्मिक हिँसा र युद्ध नहोला भन्न सकिन्न । यसरी धर्म परिवर्तित गर्ने गराउनेभन्दा पनि आस्था र सामाजिक अध्ययनले समाजमा भएका अन्धो भक्तिपन र अन्धविश्वासलाई हटाउनु आजको अपरिहार्यता नै हो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...