himalen-2083-1778725505.jpg
Wednesday, 24 Jun, 2026
jkmv2083-1778723862.jpg

स्वास्थ्य

दूधमा बेसार मिसाएर पिउनुको चमत्कारी फाईदा, कसरी र कहिले पिउने ?

dudha-ra-besar-1610702039.jpg

आयुर्वेदले बेसारलाई औषधीय गुण भएको वनस्पतिका रूपमा व्याख्या गरेको छ । चिकित्सा विज्ञानले पनि यसलाई भिटामिन र खनिजको मुख्य स्रोतका रूपमा लिन्छ ।
बेसारमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामलगायत तत्व प्रचुर मात्रामा पाइन्छ । बेसारलाई तरकारीमा मसालाका रूपमा प्रयोग गरिन्छ । दूधमा बेसार मिलाएर खाँदा रुघाखोकी सन्चो हुन्छ । महसँग मिसाएर खाएमा टन्सिल निको हुन्छ ।
एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि बेसार प्रभावकारी हुन्छ । बेसारको चूर्ण गहतमा मिसाएर लेप बनाई लगाउँदा छालासम्बन्धी विभिन्न समस्या निको हुन्छन् । मुख र घाँटीमा घाउ आउँदा बेसारपानीले कुल्ला गर्दा आराम मिल्छ ।

पेटमा ग्यास जम्मा हुने, कफ जम्ने, खुट्टा बटारिनेजस्ता समस्यामा बेसारलाई नुनपानीमा घोलेर बिहान–बेलुका खाएमा ठीक हुन्छ । दैनिक अमलाको रसमा बेसार मिसाई सेवन गर्दा मधुमेहका रोगीलाई लाभ मिल्छ । बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ ।

बेसार छालाका लागि एकदमै उपयोगी हुन्छ । यसर्थ, हिजोआज बेसार सौन्दर्य प्रसाधनका लागि समेत प्रयोग गर्न थालिएको छ । यसमा पाइने एन्टिअक्सिडेन्टले छालामा चमक ल्याउन मद्दत गर्छ । मर्किएको, सुन्निएको वा चोट लागेको ठाउँमा घिउकुमारीको रससँग बेसार मिसाएर लगाएमा दुखाइ कम हुन्छ ।

दूधमा बेसार मिसाएर पिउनुको यी चमत्कारी फाइदाः
कसरी पिउने ?
बेसार शुद्ध र मिसावट नभएको हुनुपर्छ । साथै, दुध पनि ताजा र जैविक हुनुपर्छ । सकेसम्म प्याकेटको दुध पिउनुहुन्न । दुध उमालेपछि तर निकाल्नु पर्छ । त्यसमा एक चिया चम्चा बेसार मिसाएर पिउन सकिन्छ । दुधलाई तातो अवस्थामा पिउनु राम्रो मानिन्छ ।
कहिले पिउने ?ः
कुनैपनि खानेकुरा कुन समय खाने भन्ने कुराले पनि स्वास्थ्यमा प्रभाव पार्छ । जस्तो दही स्वास्थ्यका लागि राम्रो हो तर, राती सुत्नुअघि दहीको सेवन प्रत्युत्पादक हुन्छ । ठीक यसैगरी दुधको सेवन चाहि राती सुत्नुअघि गर्न सकिन्छ । बेसार मिश्रण गरिएको दुध राती पिउनु लाभदायक मानिन्छ ।

बेसार मिश्रण गरिएको दुध राती पिउनुको फाइदा

कलेजको बिषाक्त पदार्थ हटाउँछः
दुधमा बेसार मिसाएर पिउँदा त्यसले प्राकृतिक तरिकाले कलेजोको बिषाक्त पदार्थ निकाल्छ । यसैले गर्दा रगत शुद्धिकरण पनि हुन्छ ।
पाचन यन्त्र चुस्त राख्छ,
दुधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहन्छ । तर, धेरै फ्याट भएको दुध सजिलै पच्दैन ।
हड्डी बलियो बनाउँछः
बेसार र दुधको मिश्रणमा क्याल्सियम बढी हुन्छ । दैनिक यस्तो दुध पिउनाले हड्डी बलियो बनाउँछ ।
क्यान्सरसँग लड्ने क्षमताः
बेसारमा करक्यूमिन रहेको हुन्छ । यसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ । त्यसैले दुध र बेसार पिउदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ ।
राम्रो निन्द्रा लाग्छः
यदि तपाईलाई अनिन्द्राको समस्या छ भने बेसार र दुध पिउनु लाभदायक हुन्छ । बेसार मिसाइएको दुधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ ।
अल्सरमा उपयोगीः
दुध र बेसार यस्तो शक्तिशाली एन्टी सेप्टिक हुन्छ, जसले पेटको अल्सरलाई समेत ठीक गर्छ । यसले पाचनलाई राम्रो बनाउँछ । अल्सर, डाइरिया र अपच हुन दिदैन ।
महिनावरीमा हुने दुखाईबाट छुटकाराः
बेसार भएको दुध पिउदा महिनावरीको क्रममा हुने दुखाई पनि कम गर्छ ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सहकारी सुदृढीकरणका लागि थाहामा क्षमता अभिवृद्धि तालिम सम्पन्न
FB_IMG_1782125014755-1782125026.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको सहकारी शाखाको आयोजनामा “सहकारीको संस्थागत विकास, सुशासन र कार्यक्षमता...

थाहा नगरपालिकाको बजेट ९० करोड ९७ लाख ४४ हजार
FB_IMG_1782060061890-1782060182.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगमाि आर्थिक वर्षका लागि पेश गरेको ९० करोड ९७ लाख ४४ हजार बजेट पारित भएको छ । थाहानगर...

पालुङका उद्यमी माधव कार्कीले इन्द्रायणी मन्दिरमा चाँदीको गहना चढाए।
Notes_260620_220324_ee5-1781972478.jpg

थाहा नगरपालिका वडा नम्बर २ पालुङका उद्यमी तथा समाजसेवी माधव कार्कीले प्रसिद्ध इन्द्रायणी माईलाई चाँदीको गहना...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश
InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं...

थाहाका रोहित कार्की ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२६’ बाट सम्मानित
InShot_20260619_094034070-1781841381.jpg

नेपालको पर्यटन तथा सामाजिक क्षेत्रमा सक्रिय युवा व्यवसायी रोहित कार्की प्रतिष्ठित ‘१८औँ कर्पोरेट एक्सिलेन्स...

नारायणकाजी श्रेष्ठको आग्रह: चिया उद्योग संकट समाधानका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारलाई अनुरोध
FB_IMG_1781783579633-1781783599.jpg

काठमाडौं — नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भारतले...

थाहाबाटै सुरु भयो करसम्बन्धी आधारभूत सेवा, सेवाग्राहीलाई सहज हुने अपेक्षा
FB_IMG_1781779138694-1781779159.jpg

थाहा, मकवानपुर । आन्तरिक राजस्व कार्यालय हेटौंडाबाट प्रवाह हुँदै आएका करसम्बन्धी आधारभूत सेवाहरू अब थाहा...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा
FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg