Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

दुर्गादेवी आधारभुत विद्यालयको ५५ औं वार्षिकोत्सव सम्पन्न

FB_IMG_1709645954002-1709690933.jpg

मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले देशलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने जनशक्ति विद्यालयस्तरबाटै उत्पादन हुने भएकोले आधारभूत शिक्षामा सरकारले लगानी गर्नुपर्ने बताएका छन् । नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले आधारभूत शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र भएकोले शिक्षाको विकासका लागि लगानी आवश्य भएको औल्याए । थाहा नगरपालिका वडा नम्बर ५ मा रहेको दुर्गादेवी आधारभूत विद्यालयको ५५ औं वार्षिक उत्सव तथा अभिभावक भेलाको उद्घाटन गर्दै सांसद बर्तौलाले यस्तो बताएका हुन् ।

कार्यक्रममा आधारभूत शिक्षा नै विकासको जग भएकोले यसतर्फ सबैको ध्यान जान आवश्यक भएको उनको भनाइ थियो । वि.सं. २०२५ सालमा स्थापना भएको दुर्गादेवी आधारभूत विद्यालयमा विद्यार्थीको आकर्षणसंगै स्तरोन्नती हुँदै गएकोमा सांसद बर्तौलाले खुशी व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका पदाअधिकारी, समुदाय र शिक्षकहरुलाई धन्यवाद दिए । कार्यक्रममा थाहा नगरपालिकाका नगर उपप्रमुख तथा कार्यक्रमका विशेष अतिथी भरत गोपालीले शैक्षिक विकासका लागि स्थानीय तहको तर्फबाट सहयोग भैरहेको बताए । उपप्रमुख गोपालीले विद्यालय र समुदायको मागका आधारमा वार्षिक रुपमा बजेट विनियोजन गरिएको उल्लेख गरे ।

कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चमेली वाइवा, थाहा नगरपालिकाका सामाजिक विकाश शाखा प्रमुख अनिल लामिछाने, सूचना अधिकारी सुरजकुमार भुजेल, वडा सदस्यहरु, टोल विकास संस्था तथा विभिन्न संघसंस्थाका पदाअधिकारीहरुको आतिथ्यता रहेको थियो । विद्यालय क्षेत्रका अभिभावकहरुको समेत सहभागिता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिराचन थापाले विद्यालयको आयव्यय प्रस्तुत गरेका थिए ।

विद्यालयको वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुले नृत्यसहित साँस्कृतिक कार्यक्रम गरेका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...