jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

दुर्गमका विद्यालयमा शिक्षक न पूर्वाधार
एउटै कोठामा तीन वटासम्म कक्षाका विद्यार्थी पढाउनुपर्ने बाध्यता पालिकाले आन्तरिक रुपमै केही शिक्षक नियुक्त गरे पनि अझै अपुग

thumb-(5)-1673156129.jpg

हेटौंडा — विद्यालय पुग्नै घण्टौं लाग्छ । सबै विद्यालयमा आवासीय सुविधा छैन । यसै त शिक्षकको दरबन्दी न्यून, त्यसमाथि नियमित आउँदैनन् । एक जनाले एकै कोठामा राखेर ३ वटासम्म कक्षाका विद्यार्थी पढाउनुपर्ने बाध्यता छ । भिन्दाभिन्दै कक्षाकोठाका लागि पर्याप्त भवन, शैक्षिक सामग्री पनि छैनन् । राक्सिराङ–९ सल्लेनीस्थित देवीथान आधारभूत विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । १ सय २० जना विद्यार्थी पढ्ने गरे पनि भवन अभावमा कक्षा १ र २ तथा कक्षा ३ र ४ का विद्यार्थी एउटै कोठामा पढ्छन् । नियमित विद्यालय आउने विद्यार्थी ८५ जनाको हाराहारीमा मात्रै रहेको प्रधानाध्यापक जीतबहादुर घलानले बताए ।

 

‘भर्ना हुने विद्यार्थी संख्या धेरै छ तर न कक्षाकोठाको प्रबन्ध गर्न सकिएको छ, न शिक्षक छन् । ५ कक्षासम्म पढाइ हुने भए पनि शिक्षकको दरबन्दी एक मात्र छ,’ उनले बाध्यता सुनाए, ‘शिक्षक दरबन्दी नभएकाले कक्षाकोठा अभाव रहेकामा पनि ठीकै मान्नुपरेको छ । धेरै कोठा भएको भए एक जनालाई पढाउन गाह्रो हुने थियो ।’ गाउँपालिकाले थप एक शिक्षकको व्यवस्था गरिदिएकाले अहिले केही सहजता थपिएको उनको भनाइ छ ।

यो विद्यालयमा पढ्ने विद्यार्थीमध्ये ९८ प्रतिशतभन्दा बढी चेपाङ समुदायका छन् । उनीहरूमध्ये पनि धेरैजसो दिवा खाजा खान पाउने आसले पढ्न आउने गरेको स्थानीय सूर्यमान चेपाङले बताए । सरकारको दिवा खाजा कार्यक्रमअन्तर्गत विद्यालय व्यवस्थापन समितिले विद्यालयमै खाजा तयार गरी खुवाउने गरेको छ । सरकारले प्रतिविद्यार्थी दैनिक १५ रुपैयाँ नियमित रूपमा उपलब्ध गराउँदै आएको छ । त्यसमा अपुग हुने रकम स्थानीय गैरसरकारी संस्था दिगो विकास एकता नेपालले सहयोग गर्दै आएको छ । यहाँ ४५ मिनेट पैदल यात्रा गरेर पनि विद्यार्थी पढ्न आउँछन् ।

राक्सिराङ–४ काम्लेस्थित टिकेढुंगा आधारभूत विद्यालयमा पनि एक जना मात्रै शिक्षक छन् । पढाइ ३ कक्षासम्म हुने गर्छ । पर्याप्त कोठा नहुँदा २ वटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता छ । राक्सिराङ–५ ताङराङस्थित जनजीवन प्राविको अवस्था पनि उस्तै छ । शिक्षक संख्या एक मात्रै छ । उनी एक्लैले ३ कक्षासम्ममा विद्यार्थी पढाउँदै आएका छन् । ६० जना विद्यार्थीलाई एकसाथ धान्न उनलाई हम्मे पर्छ ।

 

 

राक्सिराङभित्र ५२ वटा सामुदायिक विद्यालय छन् । त्यसमध्ये ५ वटा माध्यमिक, ४७ वटा आधारभूत विद्यालय छन् । शिक्षक दरबन्दी मावि तहमा १, आधारभूत तहमा ५ र प्रावि तहमा ८८ जनाको मात्र छ । ‘शिक्षककै अभावमा विद्यार्थीहरूको सिकाइ अत्यन्त कमजोर छ,’ पालिकाका शिक्षा शाखा प्रमुख पासाङ बल लामाले भने, ‘पालिकाले आफ्नै खर्चमा राखेका शिक्षकको संख्या अपुग छ । अग्रेजी, विज्ञान र गणित पढाउने नै छैनन् ।’

पालिकाले शिक्षामा जोड दिएर शिक्षकको व्यवस्थापन गरे पनि शिक्षाको गुणस्तर बढ्न नसकेको पालिका अध्यक्ष राजकुमार मल्ल बताउँछन् । ‘दुर्गमका विद्यालयमा क्षमता भएका शिक्षकहरू नै जान मान्दैनन्, जसले गर्दा विद्यार्थीको क्षमता र ज्ञानको दायरा विस्तार हुन सकेको छैन,’ उनले भने ।

जिल्लाकै अर्को विकट गाउँपालिका कैलाशमा रहेका विद्यालयको अवस्था पनि त्यस्तै छ । यो पालिकामा ६ वटा माध्यमिक विद्यालय छन् तर शिक्षकको दरबन्दी ६ जनाको मात्र छ । पालिका अध्यक्ष लोकबहादुर मोक्तानले भने, ‘यस्तो अवस्थामा पढेर पिछडिएको वर्ग कसरी माथि उठ्न सक्छ ? राज्यले यस्तो समुदायलाई माथि उठाउन थप कदम चाल्नुपर्छ ।’

समाजलाई सकारात्मक परिवर्तनको प्रत्याभूति दिलाउने मुख्य अंग शिक्षा अवस्था नै नाजुक रहेको यही क्षेत्रको विद्यालयमा लामो समय अध्यापन गराएका शिक्षक तुल्सी थापा बताउँछन् । ‘संघीयताले दुर्गम एवं विकट क्षेत्रमा बसोबास गर्ने आदिवासी र जनजाति समुदायलाई छुन सकेको छैन,’ उनले भने ।

शिक्षा समन्वय कार्यालय मकवानपुरका प्रमुख दिनानाथ गौतम माथिल्लो तहबाट विद्यार्थीअनुसार दरबन्दी उपलब्ध नगराइएकाले शिक्षक अभाव देखिएको बताउँछन् ।

‘सहर बजारका विद्यालयमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी धेरै छ, जसलाई कटौती गरेर दुर्गममा पठाउन सकिएको छैन,’ उनले स्विकारे ।आजको कान्तिपुरमा प्रताप बिष्ट 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...