pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

दुबै मिर्गौला फेल भएकी स्वास्थ्य स्वयमसेविकाको उपचारमा अार्थिक समस्या

birami-1523173938.jpg

 मकवाननपुरको थाहा नगरपालिका-२ (पालुङ)की बबिता ढकाल सँधै अरुको स्वास्थ्यकै चिन्ता गरेर हिँडिन् । स्थानीय क्षेत्रमा स्वास्थ्य स्वयमसेविकाको रुपमा लामो समय सेवा गरेकी ढकाललाई अहिले आफ्नै स्वास्थ्यले धोका दिएको छ । दुबै मिर्गौलाले काम नगरेपछि उनी अहिले स्वास्थ्य र अार्थिक समस्यासँग जुध्दैिछन् ।

अधिकांश समय अस्पतालमै बिताउन बाध्य भएकी उनी हाल जीवन-मरणको दोसाँधमा छिन् । काठमाडौं आएर उपचारका लागि उनले झण्डै ७ लाख रुपैयाँ सकिसकिन् । अब उपचार गर्न घरघँडेरी पनि बेच्ने अवस्था आएको उनको परिवारको गुनासो छ ।मिर्गौला प्रत्यारोणका लागि पनि ठूलो खर्च लाग्ने भएपछि परिवार कसरी रकम जुटाउने भन्ने चिन्तामा छन् ।आर्थिक अभाव चर्किएपछि उनको उपचार गर्न नै समस्या भएको छ । नियमित डायलासिसका लागि औषधि किन्न पनि रकम जुटाउन परिवारलाई हम्मे-हम्मे परेको छ । कसैले ऋण पत्याउन छाडेपछि बबिताले आर्थिक सहायताका लागि सबैसमक्ष अपील गरेकी छिन् ।‘लामो समय गाउँघरमा अरुको स्वास्थ्य बिग्रेला भन्ने चिन्ता गरेर हिँड्नुभयो । अहिले आफ्नो स्वस्थ्यमा समस्या पर्दा सहयोग जुटाउन सकिएन,’ बबिताका छोरी विद्याले अनलाइनखबरसँग भनिन्,’सबैले सक्दो सहयोग गरिदिनु भए ममीलाई उपचार गर्न सकिन्थ्यो ।’२०७१ सालादेखि नै बबिताको स्वास्थ्य बिग्रिएको थियो । तर पनि उनी निरन्तर गाउँमा सेविकाका रुपमा खटिएकी थिइन् । तर, पछिल्ला महिनाहरुमा उनलाई धेरै असहज भएको छ । त्रिबि शिक्षण अस्पतालमा उपचार गराइरहेकी बबिता आफू छिटै निको भएर फेरि गानउँघरमा सेवामा फर्किन चाहेको बताउँछिन् ।‘म निको भएपछि फेरि गाउँमै फर्किएर सेवा नै गरिरहन चाहन्छु,’ उनले भनिन्,’तर, पैसा नभएर धेरै समस्या भयो । हामी गरिबमाथि नै यस्तो बज्र पर्‍यो ।’बबिताका श्रमिान देबचन्द्र पनि आर्थिक समस्याका कारण उपचारमा उल्झन आउने अवस्था आएको निकै चिन्तित छन् ।

बबितालाई सहयोग गर्न चाहानेले नेपाल बैंकको खाता नम्बर ०९३०१०००९६४२३६०००००१मा  सहयोग रकम जम्मा गर्न सकिने छ । उनलाई सहयोग गर्न ९८४५०७२३१८ मा सम्पर्क पनि गर्न सकिनेछ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg