Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

दुबै मिर्गौला फेल भएकी स्वास्थ्य स्वयमसेविकाको उपचारमा अार्थिक समस्या

birami-1523173938.jpg

 मकवाननपुरको थाहा नगरपालिका-२ (पालुङ)की बबिता ढकाल सँधै अरुको स्वास्थ्यकै चिन्ता गरेर हिँडिन् । स्थानीय क्षेत्रमा स्वास्थ्य स्वयमसेविकाको रुपमा लामो समय सेवा गरेकी ढकाललाई अहिले आफ्नै स्वास्थ्यले धोका दिएको छ । दुबै मिर्गौलाले काम नगरेपछि उनी अहिले स्वास्थ्य र अार्थिक समस्यासँग जुध्दैिछन् ।

अधिकांश समय अस्पतालमै बिताउन बाध्य भएकी उनी हाल जीवन-मरणको दोसाँधमा छिन् । काठमाडौं आएर उपचारका लागि उनले झण्डै ७ लाख रुपैयाँ सकिसकिन् । अब उपचार गर्न घरघँडेरी पनि बेच्ने अवस्था आएको उनको परिवारको गुनासो छ ।मिर्गौला प्रत्यारोणका लागि पनि ठूलो खर्च लाग्ने भएपछि परिवार कसरी रकम जुटाउने भन्ने चिन्तामा छन् ।आर्थिक अभाव चर्किएपछि उनको उपचार गर्न नै समस्या भएको छ । नियमित डायलासिसका लागि औषधि किन्न पनि रकम जुटाउन परिवारलाई हम्मे-हम्मे परेको छ । कसैले ऋण पत्याउन छाडेपछि बबिताले आर्थिक सहायताका लागि सबैसमक्ष अपील गरेकी छिन् ।‘लामो समय गाउँघरमा अरुको स्वास्थ्य बिग्रेला भन्ने चिन्ता गरेर हिँड्नुभयो । अहिले आफ्नो स्वस्थ्यमा समस्या पर्दा सहयोग जुटाउन सकिएन,’ बबिताका छोरी विद्याले अनलाइनखबरसँग भनिन्,’सबैले सक्दो सहयोग गरिदिनु भए ममीलाई उपचार गर्न सकिन्थ्यो ।’२०७१ सालादेखि नै बबिताको स्वास्थ्य बिग्रिएको थियो । तर पनि उनी निरन्तर गाउँमा सेविकाका रुपमा खटिएकी थिइन् । तर, पछिल्ला महिनाहरुमा उनलाई धेरै असहज भएको छ । त्रिबि शिक्षण अस्पतालमा उपचार गराइरहेकी बबिता आफू छिटै निको भएर फेरि गानउँघरमा सेवामा फर्किन चाहेको बताउँछिन् ।‘म निको भएपछि फेरि गाउँमै फर्किएर सेवा नै गरिरहन चाहन्छु,’ उनले भनिन्,’तर, पैसा नभएर धेरै समस्या भयो । हामी गरिबमाथि नै यस्तो बज्र पर्‍यो ।’बबिताका श्रमिान देबचन्द्र पनि आर्थिक समस्याका कारण उपचारमा उल्झन आउने अवस्था आएको निकै चिन्तित छन् ।

बबितालाई सहयोग गर्न चाहानेले नेपाल बैंकको खाता नम्बर ०९३०१०००९६४२३६०००००१मा  सहयोग रकम जम्मा गर्न सकिने छ । उनलाई सहयोग गर्न ९८४५०७२३१८ मा सम्पर्क पनि गर्न सकिनेछ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...