Friday, 10 May, 2024
आर्थिक खबर

दिब्यतारा बहुउद्देश्यीय सहकारी थाहा सेवाकेन्द्रको साधारणसभा सम्पन्न ।

हेटौंडामा मूख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको पालुङ सदस्य सेवा केन्द्रको वार्षिक साधारणसभा शनिबार विकास घरमा सम्पन्न भएको छ ।
पालुङ केन्द्रका संयोजक भरत गोपालीको सभापतित्वमा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना' को प्रमुख आतिथ्यतामा भएको हो ।
केन्द्र संयोजक गोपालीले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार पालुङ केन्द्र अन्तर्गत ६७१ जना शेयर सदस्य रहेकोमा कुल १७१ जना सदस्यले कर्जा कारोबार गरेका छन् । १ करोड १२ लाख २९ हजार १४६ रुपैयाँ बचत रहेको सहकारीले केन्द्रीय कार्यालयसङ्गको समन्वयमा ५ करोड १३ लाख ८७ हजार ५७९ रुपैयाँ कर्जा लगानी गरि ५३ लाख बढी मुनाफा गर्न सफल भएको छ ।
सभामा पालुङ केन्द्रका व्यवस्थापक राममाया खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नु भयो । सभामा पत्रकार कुमार नेगी, सुखी भविष्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्योती रायमाझी, थाहा नगरपालिका उपप्रमुख खड्ग गोपाली, रेडियो मकवानपुरका संयोजक आनन्दराम पराजुलीलगायतले शुभकामना व्यक्त गर्नु भयो ।कार्यक्रममा आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका थाहा नगर संयोजक भरत गोपालिले अरु सेवाकेन्द्र भन्दा आफुहरुले आर्थिक लेनदेनको उत्कृष्ट श्रेणीमा राख्नुनै आफ्नो प्रमुख दाइत्व रहेको उल्केख गरे 
कार्यक्रममा अध्यक्ष उपाध्यायले संस्थाका सदस्यहरुको हितका लागि मागमा आधारित कार्यक्रमहरु सञ्चालन गरि सदस्यहरुको आर्थिक उपार्जनमा टेवा पुर्याउने बताउनु भयो । अध्यक्ष उपाध्यायले आफ्ना सदस्यहरुको स्वरोजगारीका लागि संस्थाले लगानी गर्दै आएको र संस्थाले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताउनु भयो । उपाध्यायले संस्थाले मुनाफामा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएको बताउनु भयो । सभाको अन्त्य तिर आइपुग्नु भएका बागमती प्रदेश भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङले थाहा नगरको विकासका निमित्त आफ्नो मन्त्रालयमा आउन ध्यानाकर्षण गराउनु भयो । मन्त्री चेपाङले तत्काल आवश्यकताका आधारमा २० करोड मुनिको योजनाहरुको डीपीआर तयार गरि आउन आग्रह गर्नु भयो l
संस्थाले साधारणसभाको अवसरमा विभिन्न विधातर्फ आफ्ना उत्कृष्ट सदस्यहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । संस्थाको केन्द्रीय कार्यालय अन्तर्गत गत आर्थिक वर्षमा ९ अरव ८३ करोड रुपैयाँ कारोवार गर्दै बिभिन्न स्थानमा गरि ११ वटा सम्पर्क कार्यालयहरु सञ्चालनमा छन् ।
यसैबीच, संस्थाले हालै सम्पन्न नेपाली काङ्ग्रेसको महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित भैइ आठौं वरियतामा रहन सफल भएकोमा संस्थाका अध्यक्ष उपाध्यायलाई पालुङ केन्द्रका संयोजक गोपालीले दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो। 

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...