pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

दिब्यतारा बहुउद्देश्यीय सहकारी थाहा सेवाकेन्द्रको साधारणसभा सम्पन्न ।

हेटौंडामा मूख्य कार्यालय रहेको दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाको पालुङ सदस्य सेवा केन्द्रको वार्षिक साधारणसभा शनिबार विकास घरमा सम्पन्न भएको छ ।
पालुङ केन्द्रका संयोजक भरत गोपालीको सभापतित्वमा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना' को प्रमुख आतिथ्यतामा भएको हो ।
केन्द्र संयोजक गोपालीले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार पालुङ केन्द्र अन्तर्गत ६७१ जना शेयर सदस्य रहेकोमा कुल १७१ जना सदस्यले कर्जा कारोबार गरेका छन् । १ करोड १२ लाख २९ हजार १४६ रुपैयाँ बचत रहेको सहकारीले केन्द्रीय कार्यालयसङ्गको समन्वयमा ५ करोड १३ लाख ८७ हजार ५७९ रुपैयाँ कर्जा लगानी गरि ५३ लाख बढी मुनाफा गर्न सफल भएको छ ।
सभामा पालुङ केन्द्रका व्यवस्थापक राममाया खत्रीले स्वागत मन्तव्य व्यक्त गर्नु भयो । सभामा पत्रकार कुमार नेगी, सुखी भविष्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रमान प्रधान, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कबिराज खत्री, नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य ज्योती रायमाझी, थाहा नगरपालिका उपप्रमुख खड्ग गोपाली, रेडियो मकवानपुरका संयोजक आनन्दराम पराजुलीलगायतले शुभकामना व्यक्त गर्नु भयो ।कार्यक्रममा आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै सस्थाका थाहा नगर संयोजक भरत गोपालिले अरु सेवाकेन्द्र भन्दा आफुहरुले आर्थिक लेनदेनको उत्कृष्ट श्रेणीमा राख्नुनै आफ्नो प्रमुख दाइत्व रहेको उल्केख गरे 
कार्यक्रममा अध्यक्ष उपाध्यायले संस्थाका सदस्यहरुको हितका लागि मागमा आधारित कार्यक्रमहरु सञ्चालन गरि सदस्यहरुको आर्थिक उपार्जनमा टेवा पुर्याउने बताउनु भयो । अध्यक्ष उपाध्यायले आफ्ना सदस्यहरुको स्वरोजगारीका लागि संस्थाले लगानी गर्दै आएको र संस्थाले अनुत्पादक क्षेत्रमा लगानी नगर्ने बताउनु भयो । उपाध्यायले संस्थाले मुनाफामा मात्र सीमित नभई सामाजिक उत्तरदायित्व समेत पूरा गर्दै आएको बताउनु भयो । सभाको अन्त्य तिर आइपुग्नु भएका बागमती प्रदेश भौतिक पूर्वाधार राज्यमन्त्री सन्तबहादुर चेपाङले थाहा नगरको विकासका निमित्त आफ्नो मन्त्रालयमा आउन ध्यानाकर्षण गराउनु भयो । मन्त्री चेपाङले तत्काल आवश्यकताका आधारमा २० करोड मुनिको योजनाहरुको डीपीआर तयार गरि आउन आग्रह गर्नु भयो l
संस्थाले साधारणसभाको अवसरमा विभिन्न विधातर्फ आफ्ना उत्कृष्ट सदस्यहरुलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । संस्थाको केन्द्रीय कार्यालय अन्तर्गत गत आर्थिक वर्षमा ९ अरव ८३ करोड रुपैयाँ कारोवार गर्दै बिभिन्न स्थानमा गरि ११ वटा सम्पर्क कार्यालयहरु सञ्चालनमा छन् ।
यसैबीच, संस्थाले हालै सम्पन्न नेपाली काङ्ग्रेसको महाधिवेशनबाट सहमहामन्त्री पदमा निर्वाचित भैइ आठौं वरियतामा रहन सफल भएकोमा संस्थाका अध्यक्ष उपाध्यायलाई पालुङ केन्द्रका संयोजक गोपालीले दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो। 

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...