pani-1786865868.jpg
Thursday, 27 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

दामनमा ७३ जना बालबालिका लाई लगाइयो टाइफाइड विरुद्धको खोप।कसरी बच्ने टाइफाइड बाट?

चैत २५/ दावा शेर्पा ,दामन/ हिजो २४ गते काठमाडौको दरबार हाई स्कुलबाट देश ब्यापी रुपमा पहिलो पटक  टाइफाइड विरुद्धको खोप लगाउन सुरु भएसंगै २५ गतेबाट देशैभरका विभिन्न स्वास्थ्य केन्द्रहरूमा १५ महिना देखि  १७ वर्ष सम्मका बालबालिकाहरुलाई पहिलो पटक नेपालमा  टाइफाइड विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ। विद्यार्थीहरुको सुबिधालाई विशेष ध्यानमा  राखी संबंधित शैक्षिक संस्थाहरुले भने आफ्नै बिद्यालय क्षेत्र भित्र टाइफाइड विरुद्धको खोप दिने व्यवस्था पनि गरेको छ। यसै क्रममा थाहा नगरपालिका-४ स्थित दामन शहरी स्वास्थ्य केन्द्रमा बिहान ०८:०० बजेदेखी ०५:०० बजेसम्म जम्मा ७३ जना स्थानीय बालबालिकाहरुलाई खोप लगाईएको छ ।
टाइफाइड के हो? यसको बारेमा यसो भन्छन्-दामन शहरी स्वास्थ्य केन्द्रका प्रमुख - प्रकाश घिमिरे।
टाइफाइड के हो र टाइफाइड ज्वरोबाट कसरी जोगिने ?
टाइफाइड प्राय गर्मीयाममा आउने एक प्रकारको ज्वरो हो । साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ् । साल्मोनेला समूहका धेरै खालका जिवाणु हुन्छ तर टाइफाइड भएका विरामीमा बढीमात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन् ।
दुसित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु प्राय गर्मी र बर्खायामको समयमा बढी क्रियाशिल हुने गर्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरु प्रभावित हुने गरेको देखिएको छ ।
टाइफाइड ज्वरो आएको भनेर कसरी चिन्ने ?
मानिसको शरीरमा हनहनी ज्वरो आँउछ । त्यसबाहेक रिगाटा लाग्ने, वाकवाकी लागि कसै कसैलाई बान्त पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ ।
टाइफाइडको औषधी सेवन गरेपनि तीन दिनसम्म ज्वरो घटदैन् । त्यसैले ज्वरोआई रहयो र कम भएन भने विरामीले तुरुन्त नजिकको अस्पतालमा गई रगत परीक्षण गर्नुपर्छ । किनकी रगतको परीक्षण विना टाइफाइड नै हो भनेर एकिन गर्न सकिदैन् ।
टाइफाइड लागेमा के गर्ने ?
टाइफाइड लागेको पत्ता लागेपछि मात्रै होइन नलाग्दै पनि केही गर्न सकिन्छ । जस्तै : हनहनी ज्वरो आउन थाल्यो भने पानीपट्टी गरेर शरीरमा लगाउन सकिन्छ ।
कतिपयले ज्वरो आएको भन्ना साथ बाक्लो कपडा ओडेर बस्ने गर्छन तर त्यसरी भन्दा विरामीलाई सकभर खुल्ला ठाँउमा पानी पट्टी र सिटामोल मात्रै खुवाएर राख्नु उत्तम हुन्छ ।
त्यसबीचमा परीक्षणको रिपोर्ट आइ औषधी चलाउन थालियो भने पनि ज्वरो तत्काल नघटने हुनाले सोही विधि अपनाउनु राम्रो हुन्छ ।
यसका जिवाणुहरु फोहर पदार्थमा रहने भएकोले दिसा पिसाप गरीसकेपछि राम्ररी सावुनपानीले हात धुने, घरवरपर सफा राख्ने, पानीलाई उमालेर अथवा सकेसम्म फिल्टर गरेर खाने गर्नुपर्छ ।
टाइफाइड लागेका विरामीले खानेकुरा के खाने ?
टाइफाइटले मानिसको आन्द्रामा संक्रमण गर्ने भएकोले भरिसक नरम खाना खानुपर्छ । त्यसपछि प्रसस्त मात्रामा झोल कुरा । गाँउघर शहरबजारमा टाइफाइड लाग्ना साथ जाउलो खानुपर्छ भन्ने चलन छ ।
तर त्यो खान सकिएन भने दालको रसमा भात नै राम्ररी मोलेर खाँदा पनि असर गर्दैन् । किनकी ताजा भात दालमा डुवाएपछि त्यो पनि नरम हुन्छ । प्रसस्त मात्रामा उमालेको वा शुद्द पानी र दालको रस वा झोलिलो चिज सकेसम्म बढी खानुपर्छ ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...