pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

दामनमा ७३ जना बालबालिका लाई लगाइयो टाइफाइड विरुद्धको खोप।कसरी बच्ने टाइफाइड बाट?

चैत २५/ दावा शेर्पा ,दामन/ हिजो २४ गते काठमाडौको दरबार हाई स्कुलबाट देश ब्यापी रुपमा पहिलो पटक  टाइफाइड विरुद्धको खोप लगाउन सुरु भएसंगै २५ गतेबाट देशैभरका विभिन्न स्वास्थ्य केन्द्रहरूमा १५ महिना देखि  १७ वर्ष सम्मका बालबालिकाहरुलाई पहिलो पटक नेपालमा  टाइफाइड विरुद्धको खोप लगाउने अभियान सुरु भएको छ। विद्यार्थीहरुको सुबिधालाई विशेष ध्यानमा  राखी संबंधित शैक्षिक संस्थाहरुले भने आफ्नै बिद्यालय क्षेत्र भित्र टाइफाइड विरुद्धको खोप दिने व्यवस्था पनि गरेको छ। यसै क्रममा थाहा नगरपालिका-४ स्थित दामन शहरी स्वास्थ्य केन्द्रमा बिहान ०८:०० बजेदेखी ०५:०० बजेसम्म जम्मा ७३ जना स्थानीय बालबालिकाहरुलाई खोप लगाईएको छ ।
टाइफाइड के हो? यसको बारेमा यसो भन्छन्-दामन शहरी स्वास्थ्य केन्द्रका प्रमुख - प्रकाश घिमिरे।
टाइफाइड के हो र टाइफाइड ज्वरोबाट कसरी जोगिने ?
टाइफाइड प्राय गर्मीयाममा आउने एक प्रकारको ज्वरो हो । साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ् । साल्मोनेला समूहका धेरै खालका जिवाणु हुन्छ तर टाइफाइड भएका विरामीमा बढीमात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन् ।
दुसित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु प्राय गर्मी र बर्खायामको समयमा बढी क्रियाशिल हुने गर्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरु प्रभावित हुने गरेको देखिएको छ ।
टाइफाइड ज्वरो आएको भनेर कसरी चिन्ने ?
मानिसको शरीरमा हनहनी ज्वरो आँउछ । त्यसबाहेक रिगाटा लाग्ने, वाकवाकी लागि कसै कसैलाई बान्त पनि हुने, शरीर गल्ने, खान मन नलाग्ने हुन्छ ।
टाइफाइडको औषधी सेवन गरेपनि तीन दिनसम्म ज्वरो घटदैन् । त्यसैले ज्वरोआई रहयो र कम भएन भने विरामीले तुरुन्त नजिकको अस्पतालमा गई रगत परीक्षण गर्नुपर्छ । किनकी रगतको परीक्षण विना टाइफाइड नै हो भनेर एकिन गर्न सकिदैन् ।
टाइफाइड लागेमा के गर्ने ?
टाइफाइड लागेको पत्ता लागेपछि मात्रै होइन नलाग्दै पनि केही गर्न सकिन्छ । जस्तै : हनहनी ज्वरो आउन थाल्यो भने पानीपट्टी गरेर शरीरमा लगाउन सकिन्छ ।
कतिपयले ज्वरो आएको भन्ना साथ बाक्लो कपडा ओडेर बस्ने गर्छन तर त्यसरी भन्दा विरामीलाई सकभर खुल्ला ठाँउमा पानी पट्टी र सिटामोल मात्रै खुवाएर राख्नु उत्तम हुन्छ ।
त्यसबीचमा परीक्षणको रिपोर्ट आइ औषधी चलाउन थालियो भने पनि ज्वरो तत्काल नघटने हुनाले सोही विधि अपनाउनु राम्रो हुन्छ ।
यसका जिवाणुहरु फोहर पदार्थमा रहने भएकोले दिसा पिसाप गरीसकेपछि राम्ररी सावुनपानीले हात धुने, घरवरपर सफा राख्ने, पानीलाई उमालेर अथवा सकेसम्म फिल्टर गरेर खाने गर्नुपर्छ ।
टाइफाइड लागेका विरामीले खानेकुरा के खाने ?
टाइफाइटले मानिसको आन्द्रामा संक्रमण गर्ने भएकोले भरिसक नरम खाना खानुपर्छ । त्यसपछि प्रसस्त मात्रामा झोल कुरा । गाँउघर शहरबजारमा टाइफाइड लाग्ना साथ जाउलो खानुपर्छ भन्ने चलन छ ।
तर त्यो खान सकिएन भने दालको रसमा भात नै राम्ररी मोलेर खाँदा पनि असर गर्दैन् । किनकी ताजा भात दालमा डुवाएपछि त्यो पनि नरम हुन्छ । प्रसस्त मात्रामा उमालेको वा शुद्द पानी र दालको रस वा झोलिलो चिज सकेसम्म बढी खानुपर्छ ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg