pasu-suchana-1747652195.jpg
Sunday, 22 Jun, 2025
krishi2-1744123294.jpg

राजनीति

दलहरुले क्रान्तिको नाममा जनता लुटिरहेका छन:- ज्ञानेन्द्र शाही

FB_IMG_1741873625835-1741873699.jpg

दलहरुले क्रान्तिको नाममा जनता लुटिरहेको राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले आरोप लगाएका छन।
आज थाहा नगरपालिकामा आयोजित राप्रपाको दोस्रो नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा शाहीले उक्त आरोप लगाएका हुन।

अधिकांश समय काङ्ग्रेस,एमाले,माओवादी सहित गणतन्त्रलाई गाली गरि समय खर्चेका उनले अब अत्ति भएर नै जनता प्रमुख प्रत्यक्ष  कार्यकारी प्रधानमन्त्री र राष्ट्रपतिको ठाउँमा राजा चाहिन्छ भन्दै काठमाडौंमा उत्रीसकेको बताए।
उनले राजाहरुले सामराज्य बादिहरु लाई परास्त गरेर दक्षिणमा मुगल सम्राट र उत्तरमा तिब्बतीलाई हराएर राजाका पुर्खाहरुको रगत बाट सिर्जित देश नेपाल रहेको बताए।
अर्का विशिष्ट अतिथी मकवानपुर क्षेत्र न १ का सांसद तथा भौतिक पुर्वाधार बिकास समिती सभापति समेत रहेका राप्रपा नेता दिपक सिंहले अहिलेको सरकारले बिकासको नाममा भ्यु टावर मात्र खडा गर्ने काम गरेको बताउदै युवा हरुलाइ बिदेश पलाएन बाट रोक्न नसकेको बताए उनले अहिलेका पार्टिका साढेहरुले उपभोक्ता समितिको काम पचाउने बाहेक अभिभाकत्व लिन नसकेको बताए।उनले आफुले सदनमा थाहामा ईलाका प्रशासन कार्यालय खोल्नु पर्छ भनेर आवाज उठाएको स्मरण गर्दै रुपचन्द्र बिष्टबाट आफुले राजनितिको धेरै कुरा सिकेको बताए।
अधिवेशनको शुभकामना दिदै माओवादी थाहाका अध्यक्ष बिनोद कुमार लामाले गणतन्त्राकिक मुलुकमा राजतन्त्रको वकालत गर्न पाउनुनै सुन्दर पक्ष भएको बताउदै एउटा व्यक्ती जन्मिएको आधारमा भन्दा जनताले चुनेको राष्ट्र प्रमुखको बिकल्प हुन नसक्ने बताए।
राप्रपा थाहा नगर अध्यक्ष नवीन रायमाझीको अध्यक्षतामा शिखरकोटको फल्चामा आयोजित नगर अधिवेशनलाई  राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका जिल्ला अध्यक्ष किशोर खत्री,जिल्ला कार्यबाहक अध्यक्ष राप्रपा सागर थापा,महिला संगठनका केन्द्रिय सचिब सरस्वती लामा,केन्द्रिय सदस्य रामहरी न्यौपाने लगायतकाले शुभकामना दिएका थिए ।
अधिवेशनलाई आयोजक समिती संयोजक कुलमान तामाङले स्वागत गरेका थिए।
अधिवेशनले कुलमान तामाङको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी गठन गरेको जिल्ला सदस्य दिपक थापाले जानकारी दिए।

FB_IMG_1741873629195-1741873699.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश
FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स...

भैंसे सिमभञ्ज्याङ केबलकार सञ्चालनको लागि थाहाले नीजि क्षेत्रसंग सहकार्य गर्ने
FB_IMG_1750518371049-1750518376.jpg

थाहा नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२÷८३ को वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको १८ औं...

रुदानेको स्मृतिमा हेटौंडामा दीप प्रज्वलन
1750518014275-1750518066.jpg

मकवानपुर । थाहा दर्शनका प्रवर्तक, दार्शनिक तथा जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट (रुदाने) को २६औँ स्मृति दिवसको...

रुदाने’को सालिकमा माल्यार्पण, श्रमलाई प्राथमिकता दिनुपर्नेमा वक्ताहरूको जोड
FB_IMG_1750517607483-1750517645.jpg

थाहा नगरपालिका, थाहा नगरपालिकाको आयोजनामा श्रमिक नेता एवं थाहा दर्शनका प्रणेता रुपचन्द्र बिष्ट ‘रुदाने’ को...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान
1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको...

थाहा नगरपालिकाको नीति तथा कार्यक्रम पारित
510471445_127640699449114-1750513865.jpg

७ असार मकवानपुर / ‘गुणस्तरीय पूर्वाधार निर्माण, शासकीय व्यवस्था र सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रणमा...

उपमेयर कप डबल ब्याडमिन्टन प्रतियोगिताको तयारी पुरा, १४ टिमको सहभागिता
FB_IMG_1749269619365-1750403677.jpg

थाहा नगरपालिका वडा नं. ४ स्थित क्याम्पाडाँडा ब्याडमिन्टन कभर्डहलमा यही असार ७ गतेदेखि छैठौं संस्करणको थाहा...

थाहाको कुन्छालमा एक महिलाको बर्बरतापूर्वक हत्या, आरोपी प्रहरीको नियन्त्रणमा
FB_IMG_1750333125633-1750334043.jpg

मकवानपुर, असार ५ — मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ स्थित कुन्छाल बस्तीमा एक महिलाको बिभत्स तरिकाले हत्या...

थाहा नगरमा व्यावसायिक सीपमूलक आलु परिकार तयारी तालिम सुरु
20250619_121205-1750316770.jpg

मकवानपुरको थाहा नगरपालिकामा व्यावसायिक सीप विकासको उद्देश्यले आलु परिकार तयारी तालिम सुरु भएको छ। असार ५...