Saturday, 04 May, 2024
शिक्षा

थाहा ८ का वडा अध्यक्ष थिङले आफ्नो तलव बाट दुई विद्यार्थीको सम्पुर्ण खर्च व्यहोर्ने,

CamScanner-०४-१३-1681401633.jpg

थाहा ८ का वडा अध्यक्ष हेम कुमार थिङले इन्द्रायणी माबी आग्रा मोरियामा अध्ययन गर्ने गरिव तथा जेहेन्दार २ जना विद्यार्थी लाई आफ्नो भत्ता बापत आउने रकमले अध्ययन गराउने घोषणा गरेका छन।
३० चैतमा थाहा ८ मोरियामा रहेको इन्द्रायणी माबिको अभिभावक भेला तथा वार्षिक नतिजा प्रकाशन कार्यक्रममा बोल्दै अध्यक्ष थिङले उक्त घोषणा गरेका हुन।
अध्यक्ष थिङले विद्यालयले छनौट गरेका दुई विद्यार्थी लाई आफ्नो तलव भत्ता बापत आउने रकमले उक्त विद्यार्थीहरुलाइ चाहिने पोसाक देखि शैक्षिक सामाग्री सम्म सम्पुर्ण खर्च व्यहोर्ने बताए।
शिक्षक अभिभावक संघ इन्द्रायणी माबिका अध्यक्ष रमेश सेन्चुरीको अध्यक्षतामा सम्पन्न अभिभावक भेला तथा नतिजा प्रकाशन कार्यक्रममा गत बर्ष विद्यालय बाट एसईईमा उत्कृष्ट हुने ३ जना विद्यार्थी लाई नगद सहित सम्मानपत्र द्वारा सम्मान गरियो।
१ कक्षा देखि ९ सम्म उत्कृष्ट हुने विद्यार्थी र बर्ष भर भएको अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरियको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन कार्की ,पुर्व वडा अध्यक्ष टिकाराम रुम्बा,कार्यपालिका सदस्य राम प्रसाद कालीराज ,लगायतका शिक्षक,अभिभावक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक नारायण कार्कीले आर्थिक बर्ष ०७९/०८० को ८५ लाख ४५ हजारको आयव्यय तथा आर्थिक बर्ष ०८०/०८१ को लागि ९० लाख ४५ हजारको अनुमानित आयव्यय प्रस्तुत गरेका थिय।

 


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...