jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहा बहुप्राविधिक शिक्षालयको विद्यार्थी कोटा र शुल्क निर्धारण

photo-1598782318.jpg

थाहा नगरपालिकाको चित्लाङमा  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद(सिटिइभिटी)अन्तर्गत रहेको थाहा बहुप्राविधिक शिक्षालयले डिप्लोमा तहमा चालु शैक्षिक सत्र २०७७÷०७८ का लागि विद्यार्थी भर्ना कोटा र शुल्क निर्धारण गरेको छ । 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षतामा बसेको थाहा बहुप्राविधिक शिक्षालय संचालक समितिको बैठकले डिप्लोमा तहका शैक्षिक कार्यक्रममा ४० जना विद्यार्थी भर्नाको लागि कोटा र शुल्क निर्धारण गरेको हो । 

निर्णयमा उल्लेख गरिएअनुसार ४० मध्ये खुल्ला कोटा अन्तर्गत २० अर्थात् ५० प्रतिशत राखिएको छ भने बाँकी २० लाई पनि विभिन्न कोटाअन्तर्गत छुट्याइएको छ । जेहेन्दार छात्रवृत्ति कोटा १, वर्गीकृत कोटा ३, लक्षित वर्गीय कोटा ९, लक्षित कोटा ६ र प्रायोजित कोटा १ रहेको शिक्षालयका प्रमुख प्रदिपराज बसौलाले जानकारी दिनुभयो । लक्षित वर्गीय कोटामा ९ रहेकोमा महिला ३, दुर्गम १, दलित १, जनजाति÷पिछडिएको वर्ग १, मधेसी÷मुश्लिम १ लगायत रहेका छन् । त्यसैगरी लक्षित कोटाअन्तर्गत ६ रहेकोमा मकवानपुर जिल्ला कोटा २, थाहा नगरपालिका कोटा २, थाहा ९ नम्बर वडा कोटा १ र कर्मचारी परिवार कोटा १ निर्धारण गरिएको छ । 

खुल्ला, लक्षित र प्रायोजित कोटा अन्तर्गत भर्ना हुने विद्यार्थीहरुले पूर्ण शुल्क बझाउनु पर्नेछ भने जेहेन्दार र वर्गीकृत कोटामा पर्ने विद्याथीहरुले निःशुल्क रुपमा अध्ययन गर्न पाउने छन् । लक्षीत वर्गीय कोटामा पर्ने विद्यार्थीहरुले भने ५० प्रतिशतमात्र शुल्क बुझाउनु पर्ने हुन्छ । प्रायोजित कोटा अन्तर्गत भर्नाका लागि प्रतिष्पर्धा गर्दा कम्तिमा ३ वर्ष सेवा गरेको बहालवाला कर्मचारी हुनुपर्ने निर्णय गरिएको छ । 

सञ्चालक समितिको निर्णय अनुसार पूर्ण शुल्क अन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुले पहिलो वर्ष ३३ हजार ७००, दोस्रो वर्ष २३ हजार ५०० र तेस्रो वर्ष २३ हजार ५०० गरी करिब ८० हजार ७०० रुपियामा डिप्लोमा तह अध्ययन गर्न सक्नेछन् । त्यसैगरी ५० प्रतिशत छात्रवृत्तिअन्तर्गत लक्षीत वर्गीय विद्यार्थीहरुका लागि ३ वर्षमा गरी ४५ हजार ९०० रुपिया लाग्नेछ भने निःशुल्क छात्रवृत्तिमा अध्ययन गर्नेहरुले धरौटी शुल्क र अध्ययन–भ्रमण शुल्क मात्र बुझाउनु पर्नेछ । 

थाहा बहुप्राविधिक शिक्षालयमा अहिले वन विज्ञान विषयमा ३ वर्षे डिप्लोमा तहको पठनपाठन भइरहेको छ भने शिक्षालयले हाइड्रो र पशुविज्ञानमा पनि शैक्षिक कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको छ । 

हेर्नुहोस् निर्णय :


 


 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...