pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहा नगर “नो होम डेलीभरी”

— शम्भु अधिकारी

थाहा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज विकास घरमा पूर्ण खोपको सुनिश्चितता तथा दिगोपनको लागि अन्तरक्रिया सम्पन्न भएकोछ ।

नगरका १,२,३ र ४ नम्बर वडाका अध्यक्ष, स्वास्थ्यकर्मी, महीला स्वास्थ्य स्वम्सेविका लगायतका उपस्थिती रहेको अन्तरक्रिया ४ वटै वडामा हालको खोप सेवाको बिषयमा जानकारी दीदैं थाहा नगर स्वास्थ्य शाखा संयोजक मेघराज वलामीले बिसिजी ५६ प्रतिसत र दादुराको ९३ प्रतिसतले खोप लगायको जानकारी दिनु भयो ।

कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. रिनेश अधिकारीले नगरमा अझैपनि घरैमा सुत्केरी गराइरहेको पाइएकोले थाहा नगरलाई “नो होम डेलीभरी” बनाउन सबै मिलेर लाग्नु पर्ने जानकारी दिनु भयो । प्रमुख अधिकारीले पालुङ प्राथमीक स्वास्थ्य केन्द्रमा दरवन्दी अनुसार कर्मचारी नभएको बिषयमा सम्वन्धित निकायमा पटक पटक ध्यानाकर्षण गराउँदा पनि दरवन्दि पुरा नभएकोले सुत्केरी शेवा लगायत अन्य स्वास्थ्य उपचार सेवा प्रभावित भैरहेको बताउनु भयो । प्रमुख डाक्टर अधिकारीले  पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा केही दिनमा भिडियो एक्सरे सेवा संचालनमा आउने जानकारी गराउनु भयो ।

थाहा नगरपालिका कार्यकारी अधिकृत हरी लाल पुरीको आतिथ्यमा भएको कार्यक्रममा ४ वटै वडामा वडा अध्यक्षहरुको संयोजकत्वमा खोप शेवा प्रभाकारी बनाउनका लागि समन्वय समिति गठन गरिएकोछ । समन्वय समितिमा वडा सचिव, विद्यालय ब्यवस्वथापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्वयम्सेविका, वालवालिकाको क्षेत्रमा काम गर्ने संस्था, स्थानिय युवा तथा वालक्लव र खोप कार्यकर्ता स्वास्थ्यकर्मी सदस्य रहने जनाइएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...