Sunday, 28 Apr, 2024
शिक्षा

थाहा नगर शिक्षा शाखा द्वारा आयोजित ५ दिने मन्टेश्वरी तालिम सकियो।

433113584_132837689785181-1710422103.jpg

थाहा नगरपालिकाको सामुदायिक विद्यालयमा कार्यरत वालबिकास कक्षाका शिक्षक तथा प्रशिक्षकहरुको लागि थाहा  नगर थानाबजारमा अवस्थित गंगा होटलमा फागुन २७ गते बाट सुरु भएको पाँच दिने बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी तालिम सम्पन्न भएको छ। थाहा नगरपालिका शिक्षा शाखाको निशुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत आयोजित तालिमको समापन थाहा नगरका प्रमुख बिष्णु बिष्टले गर्नुभयो,समापन नगर शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्ल्को सभापतित्वमा भएको थियो। थाहा नगर भित्रका सामुदायिक विद्यालयका ४० जना बाल बिकास शिक्षक हरुको सहभागीता रहेको तालिमलाइ बाल बिकास बिषेशज्ञ हरु सुशीला भण्डारी,मुना राई र रेणुका श्रेष्ठले सहजीकरण गर्नुभएको थियो। 
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले तालिममा सिकेको कुराहरुलाई आआफ्नो विद्यालयका विद्यार्थी हरुमाझ लागू गरि बालबालिकालाई राम्रो शिक्षा र संस्कार दिन आग्रह गर्दै सामुदायिक विद्यालयमा बिश्वासको वातावरण बनाउन आग्रह गर्नुहुँदै जग बलियो भएमात्र घर बलियो हुने बताउदै मन्टेश्वरी माध्यम बाट हुने शिक्षण सिकाइले बच्चामा सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुहुदै बालबिकास शिक्षकहरुको क्षमता अभिबृद्दीमा थाहा नगरपालिकाले बिबिध कार्यक्रम हरुको आयोजना गरिरहने बताए।
कार्यक्रममा सहभागीहरुले तालिम उपलब्धिमुलक भएको बताउदै सिकेका कुराहरु लाई आआफ्नो विद्यालयमा लागुगर्ने प्रतिवद्दता व्यक्त गर्दै बालबिकास शिक्षक हरुको लागि बेलाबेलामा नगरपालिकाले यस्ता कार्यक्रम हरुको आयोजना गरिरहनुपर्नेमा जोड दिदै यस्ताखालको कार्यक्रम नगरका सबै बालबिकास सहजकर्ता हरुलाइ समाबेश गर्नुपर्ने बताउदै बालबिकास शिक्षकहरुले उठाएको मागहरुलाई पनि नगरपालिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिए।
समापन कार्यक्रममा सहभागी बालबिकास सहजकर्ता हरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रमलाई शिक्षा शाखाका अधिकृत सुर्य बहादुर थिङले संचालन गरेका थिए।

 


world-link-1690434568.jpg
थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...