Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

थाहा नगर निशुल्क शिक्षा घोषणाको लागि प्रधानाध्यापकहरु संग अन्तरक्रिया

FB_IMG_1709393482062-1709393504.jpg

थाहा नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुने समय तथा नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रममार्फत विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म रुपमा लगत सङ्कलन गर्ने भएको छ ।
शैक्षिक सत्र २०८१ जेष्ठ महिनाको दोस्रो हप्तामा थाहा नगरपालिकाले " अनिवार्य तथा निशुल्क शिक्षा घोषणा" गर्ने तयारी स्वरुप अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर घोषणाको निम्ति नगर शिक्षा शाखाले थाहा नगरपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापकहरु बिच अभिमुखिकरण कार्यक्रम गरेको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै थाहा नगर शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सञ्चालित अनिवार्य तथा निःशुल्क शिक्षा नगरपालिकामा लागू गरिएको बताए । उनले पालिका भित्रका सबै वडाहरुमा पनि अभियान संचालन नगरपालिका नै अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन घोषणा गरिने बताए । 

थाहा नगर शिक्षा शाखा अधिकृत सुर्य बहादुर थिङले सहजीकरण गर्नुभएको कार्यक्रममा थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, रोजगार संयोजक कुमार नेगी, सूचना प्रविधि शाखा प्रमुख भगिरथ कार्की, सूचना अधिकारी सुरजकुमार भुजेल, नगर प्रमुखका प्रेस संयोजक शम्भू अधिकारी, एमआइएइस फिल्ड सहायक अच्युत विडारी  लगायतका थाहा नगरपालिका भित्र रहेका विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
चालु आर्थिक वर्षका लागि मकवानपुरगढी गाउँपालिका र थाहा नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम सञ्चालनका लागि बागमती प्रदेश सरकारले छनौट गरेको थियो ।

 

FB_IMG_1709393487591-1709393504.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png