jkmv-english-1784299234.jpg
Saturday, 18 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहा नगर कर्मचारीहरुको अधिवेशन सम्पन्न, अध्यक्षमा रायमाझी  

 थाहा नगरपालिकाका बिद्यालयहरुमा बिगत लामो समयदेखि निरन्तर रुपमा बिद्यालय सहयोगीको रुपमा कार्य गर्दै आइरहेका बिद्यालय सहयोगीहरुको समिति नेपाल बिद्यालय कर्मचारी युनियन थाहा नगर कमिटिको शनिबार भएको प्रथम अधिबेशनमा बोल्नु हुदै प्रमुख अतिथि बिष्टले नगरबाट अब बन्ने शिक्षा ऐन शिक्षक मैत्री, बिद्यालय सहयोगी मैत्री, बिद्यार्थी मैत्री र अभिभावक मैत्री बन्ने बताए । बिद्यालय सहयोगीहरुको हाल प्रदान गर्दै आएको तलब निक्कै नै न्युन रहेको प्रति दुख ब्यक्त गर्दै नगरप्रमुख बिष्टले श्रम ऐनले पनि उक्त कुरालाइ पुष्टि गर्दै तलब बढाउने पक्का रहेको तर त्यसको लागि सहयोगी कर्मचारीहरुले पनि मेहनत गर्नुपर्ने बताए । हाल नगरपालिकाले गरेको बिद्यालय अनुगमण बाट समग्र थाहा नगरको सिकाई उपलब्धि खास राम्रो नदेखिएको बताए ।  

, थाहानगर फागुन–१९, शिक्षकहरु तलव पाउँछन्, ग्रेड पाउँछन्, पेन्सन पाउँछन्, अन्य आकर्षक सुविधा पाउँछन्, तर उनीहरुभन्दा बढी समय खटिने कार्यालय सहयोगी लगायत कर्मचारीले के पाउँछन् ? यो प्रश्नमा शनिवार आयोजित कार्यक्रममा सहभागीहरुले व्यापक छलफल गरेका छन् ।      नेपाल विद्यालय कर्मचारी युनियन थाहानगरको प्रथम नगर अधिवेशनमा यो विषयमा व्यापक छलफल भएको हो । अधिवेशनमा सहभागी प्रनिनिधिहरुकोे एउटै प्रश्न थियो, कर्मचारी व्यवस्थापन खर्च वापत हाल कक्षा १–३ सञ्चालन भएकालाई कार्यालय सहयोगी मासिक तलब चार हजार रुपैया , कक्षा १–५ सञ्चालन भएकालाई चार हजार ५ सय, कक्षा १–८ सञ्चालन भएकालाई छ हजार र १–१२ भएका विद्यालयका कार्यालय सहयोगीलाई सात हजार ५ सय कति न्यायोचित छ ?      अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि बिष्टले बिद्यालय सहयोगीहरुले हाल प्राप्त गर्दै आएको तलब निकै नै न्युन रहेकोप्रति दुःख ब्यक्त गर्दै उक्त व्यवस्थापन श्रम ऐन विपरित रहेकोले सरकारले तलब बढाउने पक्कापक्की भएको बताए । उनले सहयोगी कर्मचारीहरुले पनि मेहनत गर्नुपर्ने बताउँदै हाल नगरपालिकाले गरेको बिद्यालय अनुगमनबाट समग्र थाहा नगरको सिकाई उपलब्धि खास राम्रो नदेखिएको बताए ।     नेपाल बिद्यालय कर्मचारी युनियन जिल्ला मकवानपरका उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष मधुसुदन  रायमाझीले नेपाल बिद्यालय कर्मचारी युनियनको प्रमुख शत्रु नै नेपालका शिक्षक संगठन रहेको बताए । एउटै बिद्यालयमा काम गर्ने शिक्षक र बिद्यालय सहयोगीहरुको भिन्दा भिन्दै समस्या भए पनि शिक्षकरुले आफुहरुको माग सम्बोधनमा बिभेद गरेको भन्दै शिक्षकहरु नै आफुहरुको शत्रु रहेको उनको भनाइ थियो ।  

  कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै थाहा नगर मिडिया एसोसिएनिका अध्यक्ष कुमार नेगीले थाहा नगरमा रहेका बिभिन्न बिद्यालयहरुले स्वर्ण जयन्ती, रजत जयन्ती मनाए, कति शिक्षकहरुले पेन्सन खाए, बिद्यालयमै पढेका बिद्यार्थीहरु ठुल्ठुला पदमा पुगे तर त्यही बिद्यायलमा निरन्तर कार्यरत कर्मचारहीहरु भने यथास्थितिमा रहनु प्रति ध्यान सरकारको ध्यान आकृष्ट हुनुपर्ने बताए ।      शनिबार भएको प्रथम नगर अधिवेशनले श्री जनकल्याण माविका लेखापाल मधुसुदन रायमाझीको अध्यक्षतामा १६ सदस्यीय थाहानगर कमिटी गठन गरेको छ । कमिटिको महिला उपाध्यक्ष श्री सरस्वती मावि देउखेलका रोजिता सापकोटा, उपाध्यक्ष श्री नाटेश्वर मावि टौखेलका पुरुषोत्तम गोपाली, सचिव श्री झम्केश्वरी माविका जर्म श्रेष्ठ, कोषाध्यक्ष श्री सुनौला माविका लव राई, सह–सचिव श्री महांकाल प्राविका सम्झना तामाङ र सदस्यहरुमा रविन्द्र प्रसाद बिडारी (श्री बज्रवाराही मावि), शुभ मोक्तान (श्री वागेश्वरी मावि), अर्जुन थापा (श्री इन्द्रायणी मावि), गोमा थापा (श्री उदय प्रावि), अमृता खत्री (श्री प्रावि), मंगलमाया बल (श्री कालीदेवी प्रावि), विकास प्रधान (श्री सुन्दरी देवि मावि), सञ्जिव बलामी (श्री स्वछन्द भैरब मावि), बाबुकाजी आलेमगर (श्री मत्स्य नारायण मावि), मैया श्रेष्ठ (श्री सरस्वती निमावि)का रहेका छन् ।   

   प्रथम थाहानगर अधिवेशनबाट विजयी भएका अध्यक्ष रायमाझीले आफूले लामो समय विद्यालय तथा  कर्मचारीहरुको हक हितमा कार्य गदै आइरहेको र आउँदा दिनहरुमा समेत पीडित कर्मचारीहरुको पक्षमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने  ‘मैले पढाएका विद्याथीहरु कहाँ कहाँ पुगे, अहिले कोही वडा अध्यक्ष भए त कोही मेयर(उपमेयर तर आफूलाई बुढ्यौली पनले छोइसक्यो सरकारी कर्मचारी हुन सकेनन् जे जस्तो भएता पनि आफ्नो सास रहन्जेलसम्म र आम कर्मचारीहरुले न्याय नपाए सम्म लडि रहने छु ।” 

अधिवेशनकै बीचमा सहभागीहरुले थाहा नगरप्रमुख विष्टसँग अन्तरक्रिया गरेका थिए र सो क्रममा कर्मचार िअनुदान शीर्षक बाहेक रकम भन्दा बाहेक कुनै पनि सेवा सुविधा नभएको कारण कर्मचारीहरुले आफ्ना पीडाका लागि पनि अगाडि बढ्न जरुरी रहेको सुनौला माविका लेखापाल लव राईले बताए ।      झम्केश्वरी माबिका लेखापाल जर्म श्रेष्ठले सञ्चालन गरेको अधिबेशनमा नेपाल बिद्यालय कर्मचारी युनियन केन्द्रिय सदस्य अर्जुन थापा, अखिल नेपाल शिक्षक संगठन जिल्ला सदस्य कृष्ण बहादुर बिष्टको बिशिष्ट आतिथ्यता  रहेको थियो भने थाहा नगर मिडिया एसोसिएसनका अध्यक्ष कुमार नेगी तथा थाहा नगर भित्रका बिद्यालयका बिद्यालय सहयोगी, लेखापाल, तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...