Saturday, 11 May, 2024
शिक्षा

थाहा नगर कर्मचारीहरुको अधिवेशन सम्पन्न, अध्यक्षमा रायमाझी  

 थाहा नगरपालिकाका बिद्यालयहरुमा बिगत लामो समयदेखि निरन्तर रुपमा बिद्यालय सहयोगीको रुपमा कार्य गर्दै आइरहेका बिद्यालय सहयोगीहरुको समिति नेपाल बिद्यालय कर्मचारी युनियन थाहा नगर कमिटिको शनिबार भएको प्रथम अधिबेशनमा बोल्नु हुदै प्रमुख अतिथि बिष्टले नगरबाट अब बन्ने शिक्षा ऐन शिक्षक मैत्री, बिद्यालय सहयोगी मैत्री, बिद्यार्थी मैत्री र अभिभावक मैत्री बन्ने बताए । बिद्यालय सहयोगीहरुको हाल प्रदान गर्दै आएको तलब निक्कै नै न्युन रहेको प्रति दुख ब्यक्त गर्दै नगरप्रमुख बिष्टले श्रम ऐनले पनि उक्त कुरालाइ पुष्टि गर्दै तलब बढाउने पक्का रहेको तर त्यसको लागि सहयोगी कर्मचारीहरुले पनि मेहनत गर्नुपर्ने बताए । हाल नगरपालिकाले गरेको बिद्यालय अनुगमण बाट समग्र थाहा नगरको सिकाई उपलब्धि खास राम्रो नदेखिएको बताए ।  

, थाहानगर फागुन–१९, शिक्षकहरु तलव पाउँछन्, ग्रेड पाउँछन्, पेन्सन पाउँछन्, अन्य आकर्षक सुविधा पाउँछन्, तर उनीहरुभन्दा बढी समय खटिने कार्यालय सहयोगी लगायत कर्मचारीले के पाउँछन् ? यो प्रश्नमा शनिवार आयोजित कार्यक्रममा सहभागीहरुले व्यापक छलफल गरेका छन् ।      नेपाल विद्यालय कर्मचारी युनियन थाहानगरको प्रथम नगर अधिवेशनमा यो विषयमा व्यापक छलफल भएको हो । अधिवेशनमा सहभागी प्रनिनिधिहरुकोे एउटै प्रश्न थियो, कर्मचारी व्यवस्थापन खर्च वापत हाल कक्षा १–३ सञ्चालन भएकालाई कार्यालय सहयोगी मासिक तलब चार हजार रुपैया , कक्षा १–५ सञ्चालन भएकालाई चार हजार ५ सय, कक्षा १–८ सञ्चालन भएकालाई छ हजार र १–१२ भएका विद्यालयका कार्यालय सहयोगीलाई सात हजार ५ सय कति न्यायोचित छ ?      अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि बिष्टले बिद्यालय सहयोगीहरुले हाल प्राप्त गर्दै आएको तलब निकै नै न्युन रहेकोप्रति दुःख ब्यक्त गर्दै उक्त व्यवस्थापन श्रम ऐन विपरित रहेकोले सरकारले तलब बढाउने पक्कापक्की भएको बताए । उनले सहयोगी कर्मचारीहरुले पनि मेहनत गर्नुपर्ने बताउँदै हाल नगरपालिकाले गरेको बिद्यालय अनुगमनबाट समग्र थाहा नगरको सिकाई उपलब्धि खास राम्रो नदेखिएको बताए ।     नेपाल बिद्यालय कर्मचारी युनियन जिल्ला मकवानपरका उपाध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष मधुसुदन  रायमाझीले नेपाल बिद्यालय कर्मचारी युनियनको प्रमुख शत्रु नै नेपालका शिक्षक संगठन रहेको बताए । एउटै बिद्यालयमा काम गर्ने शिक्षक र बिद्यालय सहयोगीहरुको भिन्दा भिन्दै समस्या भए पनि शिक्षकरुले आफुहरुको माग सम्बोधनमा बिभेद गरेको भन्दै शिक्षकहरु नै आफुहरुको शत्रु रहेको उनको भनाइ थियो ।  

  कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै थाहा नगर मिडिया एसोसिएनिका अध्यक्ष कुमार नेगीले थाहा नगरमा रहेका बिभिन्न बिद्यालयहरुले स्वर्ण जयन्ती, रजत जयन्ती मनाए, कति शिक्षकहरुले पेन्सन खाए, बिद्यालयमै पढेका बिद्यार्थीहरु ठुल्ठुला पदमा पुगे तर त्यही बिद्यायलमा निरन्तर कार्यरत कर्मचारहीहरु भने यथास्थितिमा रहनु प्रति ध्यान सरकारको ध्यान आकृष्ट हुनुपर्ने बताए ।      शनिबार भएको प्रथम नगर अधिवेशनले श्री जनकल्याण माविका लेखापाल मधुसुदन रायमाझीको अध्यक्षतामा १६ सदस्यीय थाहानगर कमिटी गठन गरेको छ । कमिटिको महिला उपाध्यक्ष श्री सरस्वती मावि देउखेलका रोजिता सापकोटा, उपाध्यक्ष श्री नाटेश्वर मावि टौखेलका पुरुषोत्तम गोपाली, सचिव श्री झम्केश्वरी माविका जर्म श्रेष्ठ, कोषाध्यक्ष श्री सुनौला माविका लव राई, सह–सचिव श्री महांकाल प्राविका सम्झना तामाङ र सदस्यहरुमा रविन्द्र प्रसाद बिडारी (श्री बज्रवाराही मावि), शुभ मोक्तान (श्री वागेश्वरी मावि), अर्जुन थापा (श्री इन्द्रायणी मावि), गोमा थापा (श्री उदय प्रावि), अमृता खत्री (श्री प्रावि), मंगलमाया बल (श्री कालीदेवी प्रावि), विकास प्रधान (श्री सुन्दरी देवि मावि), सञ्जिव बलामी (श्री स्वछन्द भैरब मावि), बाबुकाजी आलेमगर (श्री मत्स्य नारायण मावि), मैया श्रेष्ठ (श्री सरस्वती निमावि)का रहेका छन् ।   

   प्रथम थाहानगर अधिवेशनबाट विजयी भएका अध्यक्ष रायमाझीले आफूले लामो समय विद्यालय तथा  कर्मचारीहरुको हक हितमा कार्य गदै आइरहेको र आउँदा दिनहरुमा समेत पीडित कर्मचारीहरुको पक्षमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने  ‘मैले पढाएका विद्याथीहरु कहाँ कहाँ पुगे, अहिले कोही वडा अध्यक्ष भए त कोही मेयर(उपमेयर तर आफूलाई बुढ्यौली पनले छोइसक्यो सरकारी कर्मचारी हुन सकेनन् जे जस्तो भएता पनि आफ्नो सास रहन्जेलसम्म र आम कर्मचारीहरुले न्याय नपाए सम्म लडि रहने छु ।” 

अधिवेशनकै बीचमा सहभागीहरुले थाहा नगरप्रमुख विष्टसँग अन्तरक्रिया गरेका थिए र सो क्रममा कर्मचार िअनुदान शीर्षक बाहेक रकम भन्दा बाहेक कुनै पनि सेवा सुविधा नभएको कारण कर्मचारीहरुले आफ्ना पीडाका लागि पनि अगाडि बढ्न जरुरी रहेको सुनौला माविका लेखापाल लव राईले बताए ।      झम्केश्वरी माबिका लेखापाल जर्म श्रेष्ठले सञ्चालन गरेको अधिबेशनमा नेपाल बिद्यालय कर्मचारी युनियन केन्द्रिय सदस्य अर्जुन थापा, अखिल नेपाल शिक्षक संगठन जिल्ला सदस्य कृष्ण बहादुर बिष्टको बिशिष्ट आतिथ्यता  रहेको थियो भने थाहा नगर मिडिया एसोसिएसनका अध्यक्ष कुमार नेगी तथा थाहा नगर भित्रका बिद्यालयका बिद्यालय सहयोगी, लेखापाल, तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।


world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...