bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

आर्थिक खबर

थाहा नगर आएका उद्योगी व्यावसायि हरुलाई नगर प्रमुख बिष्टको आग्रह:-पर्यटन उद्योगमा लगानी गर्नुस।

udhyog8-1692282852.jpg

थाहा नगरपालिकामा कृषि र पर्यटनमा लगानी गर्न सक्ने उद्योगी व्यवसायीहरु लाई सम्भाव्यता अध्ययन गरि व्यावसायिको लगानी सुरक्षित हुनेगरी नगरपालिकामा लगानी गर्न उद्योगी व्याबसायीहरुलाई थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले आग्रह गरेका छन।

श्रावण ३२ गते थाहा नगरपालिकामा थाहा नगर उद्योग वाणिज्य संघको आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिले आयोजना गरेको बिषयगत समितिहरु बिच परिचयात्मक तथा " उद्योगी व्यावसायिहरुले भोग्नुपरेको समस्या" सम्बन्धि छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बिष्टले उक्त आग्रह गरेका हुन।

नगर प्रमुख बिष्टले प्रकृतिले अथाहा दिएको थाहा नगरपालिकामा लगानीको मात्र खाचो रहेको औल्याउदै उद्योगी व्यावसायिहरुले थाहा नगरपालिका भित्र कृषि र पर्यटन उद्योगमा लगानी गर्न इच्छुक भए नगरपालिका सहयोग गर्न तत्पर रहेको बताए। उनले भैंसे- सिमभन्ज्याङ केवलकार र दामन- सिमभन्ज्याङ क्षेत्रमा मोनोरेलको सम्भावना रहेको र यसले भारत तथा देशको तराई भेगका आन्तरिक पर्यटन लाई नगरमा आकर्षण गर्न सकिने हुदा थाहा नगरपालिकाले उद्योग वाणिज्य संघ संग सहकार्य गरि छिट्टै लगानी सम्मेलनको आयोजना गर्ने बताए। नगर प्रमुख बिष्टले सम्पुर्ण उद्योगी व्यावसायि हरुलाई थाहा नगरपालिकामा स्वागत गर्न पाउँदा उत्साहित महसुस गरेको बताउदै थाहा नगरपालिका संघ संस्था हरु संग समन्वय गरेर अगाडि बढेको स्मरण गर्दै उद्योगी व्यावसायि हरुको लगानी सुरक्षित हुने गरि सहयोग गर्न नगरपालिका तत्पर रहेको बताउनुभयो।

तेसै गरि प्रमुख अतिथी समेत रहेका नेपाल उद्योग वाणिज्य संघका जिल्ला तथा नगर उपाध्यक्ष सुरकृष्ण बैद्धले थाहा नगरपालिकाले धेरै क्षेत्रमा नहेरी दुई क्षेत्र कृषि र पर्यटनमा मात्र केन्द्रित रहि आफ्नो पहिचान सहित अगाडि बढाउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको बताउनुभयो।

उपाध्यक्ष बैधले दामन क्षेत्र हिजो जस्तो आज पनि उस्तै रहेको आफुले महसुस गरेको बताउदै थाहा नगरपालिकामा नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश महासंघ मिलेर पर्यटन उद्योगको लागि लगानी सम्मेलन गर्ने प्रतिवद्द्ता जनाए।

उनले व्यावसायिहरुले लगानीको संरक्षण र व्यावसायिलाई सम्मान खोजेको बताउदै उद्योगी व्यवसायीहरुलाई एक अंकको व्याजदरमा बैंक कर्जा प्रवाह, एल.सी. कार्यान्वयनमा सहजता, आयातको लागि सहजता, औद्योगिक क्षेत्रको जमिन भाडा सरल र सहज हुनुपर्ने बताउदै जिर्ण उद्योग संचालनमा ल्याउन सहुलियत पुनर्कर्जा , ई.आई.ए,आई.ई.ई को व्यवस्थामा सरलिकरण, एकद्धार प्रणालीबाट उद्योग दर्ता, नयाँ उद्योग स्थापना गर्न औद्योगिक क्षेत्रमा सहज जमिनको उपलब्धता आवश्यक रहेको भनाई राख्दै उद्योग वाणिज्य महासंघ व्यावसायिकै हितमा रहेको बताए।

छलफल कार्यक्रममा विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधित्व गरेर आएका उद्योगी व्यावसायिहरुले आफ्नो व्यवसायमा परेको समस्या नेतृत्व समक्ष राखेका थिय उनिहरुले सहकारीमा देखिएको समस्याले साना उद्योगी व्यावसायिहरु मारमा परेको दशै,तिहार जस्ता चाडपर्वमा चाइना बाट सामान ल्याउन समस्या रहेको,जिल्ला, नगरमा रहेका उद्योग वाणिज्य संघलाई महासंघले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने धारणा राख्दै महासंघ नेतृत्व सिंहदरबार छिर्ने पासमात्र भएको बताउदै महासंघ नेपालका ५०-६० जना ठुला व्यापारीको हितमा मात्र बनेको होकि भन्ने भान आम व्यावसायिमा परेको बताउदै नेतृत्वको खवरदारी गरेका थिए ।

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल शुन्दर श्रेष्ठको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैधको प्रमुख आतिथ्यता तथा थाहा नगरका प्रमुख बिष्णु बिष्टको विशेष आतिथ्यता रहेको थियो भने थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली,नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी,केन्द्रिय सदस्य तारा बहादुर कार्की ,पुर्व उपाध्यक्ष दिनेश श्रेष्ठ,थाहा नगर उद्योग वाणिज्य संघका सभापति कविराज खत्री लगायत बागमती प्रदेश भित्र रहेका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका २ सय बढी व्यावसायि हरुको उपस्तिथि रहेको थियो।

कार्यक्रममा सहभागी अतिथि हरुलाई मायाको चिनो स्वरुप थाहा नगरमा उत्पादित आलु,लगायत तरकारी प्रदान गरिएको थियो।

 

 

 

 

 

 

 

 

FB_IMG_1692288584552-1692288655.jpg
368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...