jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राेजगार

थाहा नगरपालिकाको सहयोगमा ५० युवाहरुले बारिस्ता तालिम लिदै

1741001815145-1741001838.jpg

थाहा नगरपालिकाले स्थानीय युवलाई सिपमूलक तालिम दिएर व्यावसायिक बनाउने उद्देश्यले विभिन्न तालिम सञ्चालन गर्ने गरेमा युवालाई सिपमूलक तालिम प्रदान गरी गाउँ मै रोजगारी सृजना गर्ने उद्देश्यले नगरपालिकाको आयोजनामा नगरमा रहेका युवालाई १५ दिने कफी (वारेस्ता) बनाउने तालिम शुरु भएको छ ।

कफी सबैको प्रिय पेयपदार्थका रुपमा विकास हँुदै गएको र यो व्यवसायतर्फ युवाहरुको आकर्षण समेत बढेकाले तालिम आयोजना गरेको नगरपालिकाले जनाएको छ । पछिल्लो समय कफी सबैको प्रिय पेयपदार्थका रुपमा विकास भइरहेकोले यो व्यावसायबाट युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने उद्देश्ययले तालिम आयोजना गरिएको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताए।

बिना सिप वैदेशिक रोजगारीमा जाँदा धेरै युवायुवतीले दुःख पाउने गरेका छन् । त्यसैले सिप सिकेर आफ्नै गाउँघरमा पनि व्यवसाय सञ्चालन गर्न सकिने र वैदेशिक रोजगारीमा जाँदा पनि राम्रो काम गाउन सकिने भएकोले नगरपालिकाको तर्फबाट सिपमूलक तालिम प्रदान गरिएको थाहा नगर पालिकाका सामाजिक बिकास शाखा प्रमुख अनिल लामिछानेले बताए।
पछिल्लो समय युवाहरूसँग सामान्य सीप समेत नहुदा बेरोजगार बढ्दै गइरहेको समस्यालाई  हेर्दा आधारभूत बारिस्ता तालिम प्रभावकारी हुने नगर उपप्रमुख भरत गोपालीको भनाइ छ । 

थाहाको वडा न १ ओखरबजारमा अवस्थित सयपत्री होटलमा संचालित तालिममा नगरपालिका भित्रका ५० जना युवा हरुको सहभागिता रहेको छ।

तालिमको सहभागीहरुलाई रबिन तामाङले सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइरहेका छन् ।

1741001818591-1741001839.jpg
1741001822062-1741001860.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...