Saturday, 27 Apr, 2024
बजार

थाहा नगरको चाडपर्व लक्षित बजार अनुगमन

309683854_861291245280587-1664458328.jpg

नगरपालिकाले  दशैलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकता दिएको छ। उपभोक्ता हित  संरक्षण समिति थाहाले चाडपर्व लक्षित गरी विशेष बजार अनुगमन शुरु गरेको हो।

समितिले खाद्यान्न, इन्धन, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गरेको छ। चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले चाडवाडमा अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो।

समितिले  भूगोल नै ताकेर अनुगमन गरेको उपभोक्ता हित संरक्षण समिति संयोजक उपप्रमुख भरत गोपालीले बताए। खासगरी थाहा नगरको शिखरकोट,गोपालीगाउँ ,घर्तिखोला,पालुङ,फाटबजार,थानाबजार,ओखरबजार,र बज्रवाराहिको सरस्वती बजारका पसलहरु अनुगमन गरियको थियो।

बजार अनुगमन व्यवसायीहरूलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले शुरु नभएको पनि संयोजक गोपालीले स्पष्ट पारे। बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु विक्री वितरण नगरी उपोभोक्ता ठग्ने,नगरमा व्यवसाय दर्ता तथा नविकरण नगर्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा चेतावनी दियको उनले बताए।

नगरले चार्डपर्वको  सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा दसैं  र त्यपछि क्रमशः सबै नगरका बजार निरिक्षण गरिने नगर अनुगमन समितिका संयोजक अजित घिमिरेले बताए।
अनुगमनका क्रममा मूल्य सुची नराखेको तथा म्याद गुज्रिएको सामान फेला परेका व्यावसायी हरुलाइ चेतावनी सहित छाडिएको थियो।
अनुगमनमा उपभोक्ता हित संरक्षण समिती संयोजक भरत गोपाली,नगर अनुगमन समिति संयोजक अजित घिमिरे,नगर अनुगमन समितिका सदस्य अनिल लामिछाने,उमेश श्रेष्ठ ,उपभोक्ता हित संरक्षण समितिका जिल्ला सदस्य  गणेशमान श्रेष्ठ ,राष्ट्रिय उपभोक्ता मंचका थाहा नगर अध्यक्ष  प्रमोद कृष्ण जोशी ,ईलाका प्रहरी कार्यालय पालुङका प्रतिनिधि चन्दन साहलेली ,संचारकर्मी शम्भु अधिकारीको सहभागिता रहेको थियो।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...