gumba-1715660528.jpg
Thursday, 16 May, 2024
खेल

थाहा गोल्डकपको उद्घाटन भोलि दिउसो १ बजे हुने,१८ टिमको सहभागी(खेल तालिका सहित)

324549305_166050914775263-1673270106.jpg

चौथो संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता पुस २६ देखि इन्द्रायणी चौरको खेल मैदानमा दिउँसो १ बजे थाहा नगरका नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नुहुने भएको छ। "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद"भन्ने मूल नाराका साथ थाहा नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्मोत्सव पारेर रुदाने कै स्मृतिमा हरेक बर्ष पुस २६ मा प्रतियोगिताको आयोजना हुदै आइरहेको छ | थाहा नगरपालिकाको खेल मैदान इन्द्रायणी चौरमा संचालन हुदै आइरहेको प्रतियोगितामा पहिलो सस्करणमा १२ टोलीको सहभागिता रहेकोमा दोश्रो र तेश्रो सस्करणमा ३२\३२ टोलीको सहभागिता रहेको थियो| भने यो पटक १८ टिमले सहभागी जनाउन टिम दर्ता गरेको नगर खेलकुद बिकास समितिका सदस्य यादव रायमाझीले बताए । आज शंकर होटलमा गोला तानी चौथो थाहा गोल्डकपको खेल तालिका सार्वजनिक गरियो (हेर्नुस तालिका)

अगाडिको सस्करणमा २५ हजार दर्शकले भौतिक उपस्थितिमा तथा ५ लाख दर्शकले अनलाइनमा प्रतियोगिताको लाइभ प्रसारण हेरेका थिय

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा काठमाडौं ,धादिंग ,हेटौडा ,चितवन ,सिमरा लगायतका टोलीले भाग लिदै आइरहेको प्रतियोगिताका संयोजक टिकाराम स्याङ्तानले बताए । बिगतमा सफलतापुर्वक सम्पन्न थाहा गोल्डकप बाट उत्पादित स्थानीय खेलाडीहरुले जिल्ला प्रदेश र राष्ट्रिय स्तरमा आफ्नो पहिचान गराउनको निम्ति प्रतियोगिताको औचित्य भएको खेलकुद बिकास समितिका सदस्य सचिव अनिल लामिछानेले बताउनुभयो वहाले थाहा गोल्डकप बाट मकवानपुर जिल्लालाई खेलको माध्यम बाट परिचित गराउन समेत सहयोग पुर्यायको उल्लेख गर्दै आगामी दिनमा राष्ट्रिय स्तरको टिममा जिल्लाको उत्तरी भेगको थाहा नगरपालिकाको समेत प्रतिनिधित्व हुने बातावरण बनाउन सफल हुने हुदा प्रतियोगिताको आवश्यकता बढेर गएको बताए | चौथों संस्करणको प्रतियोगितामा १८ टिमको सहभागिता रहने आयोजकले जनायो।१० दिन सम्म चल्ने प्रतियोगिताको लागि दर्ता शुल्क प्रति टिम १२ हजार र कार्ड डिपोजिट ३ हजार शुल्क तोकेको छ। यस बर्ष देखि पुरस्कार राशिमा बृद्दि गर्दै १ लाख बाट बढाएर नगद २ लाख पुर्याउदै उपबिजेताले नगद १ लाख पुरस्कार पाउने छन् नगद बाहेक शिल्ड ,प्रमाणपत्र तथा मेडल सहित प्रत्यक म्याचमा म्यान अफ दि म्याच घोषणा तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ | प्रतियोगिता गोल नेपाल डट कम अनलाइन बाट प्रत्यक्ष प्रसारण हुने आयोजकले जानकारी दियको छ । 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...