Sunday, 28 Apr, 2024
शिक्षा

थाहामा ५ दिने मन्टेश्वरी तालिम सुरु

mante2-1710074699.jpg

थाहा नगरपालिकाको सामुदायिक विद्यालयमा कार्यरत वालबिकास कक्षाका शिक्षक तथा प्रशिक्षकहरुको लागि नगरको थानाबजारमा अवस्थित गंगा होटलमा फागुन २७ गते बाट पाँच दिने बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी तालिम सुरु भएको छ। थाहा नगरपालिका शिक्षा शाखाको आयोजनामा निशुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम अन्तर्गत सम्पन्न तालिमको थाहा नगरका उपप्रमुख भरत गोपालीले उद्घाटन गर्नुभयो,उद्घाटन कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीको बिशेष आतिथ्यता रहेको कार्यक्रमको नगर शिक्षा शाखाका प्रमुख माधव बिक्रम मल्ल्को सभापतित्वमा भएको थियो। थाहा नगर भित्रका सामुदायिक विद्यालयका ६४ जना बाल बिकास शिक्षक तथा प्रशिक्षक हरुको सहभागीता रहेको तालिमलाइ बाल बिकास बिषेशज्ञ हरु सुशीला भण्डारी,मुना राई र रेणुका श्रेष्ठले सहजीकरण गरिरहनु भएको छ। तालिम चैत १ गतेसम्म चल्ने थाहा नगर शिक्षा शाखाका अधिकृत सुर्य बहादुर थिङले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपप्रमुख गोपालीले मन्टेश्वरी विधीवाट विद्यालयको सानो कक्षा देखी पठनपाठन गराउदा बालबालिकालाई राम्रो र संस्कारीक बनाउन सकिने भन्दै थाहाका सबै सामुदायिक विद्यालयले यसलाई आत्मसात गरेर ब्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो । उहाले अहिलेको शिक्षा राम्रो र ब्यावहारीक हुनुपर्ने भन्दै अभिभावकले आफ्नो वाल वच्चाकोे शिक्षाका लागि ध्यान दिने वातावरण सिर्जना भएको उहाको भनाई थियो । तेसैगरि थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले सिकालाई प्रभावकारी वनाउन अनुरोध गरेका थिए । उनले विद्यार्थीलाई घोकन्ते विद्या भन्दा पनि व्यवहारीक रुपमा सिकाउन सके मात्र उपलव्धी हुने बताए।


world-link-1690434568.jpg
थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...