Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहामा पहिलो क्षयरोग शिविर सम्पन्न

शम्भु अधिकारी - 

    २०३० सम्म क्षयरोग मुक्त नेपाल बनाउने अभियानमा लागेका राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक राजेन्द्र प्रसाद पन्तले जिन एक्सपोर्ट मेसिन र डिजिटल एक्सरे मेसिन ल्याई थाहामा उपचार गरेको बताउनु भयो । आज थाहा नगरको प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाल क्षयरोग केन्द्रले गरेको शिविरमा निर्देशकले उक्त कुरा बताउनु भयो । थाहामा फोक्सोको विरामी बढेको चिन्ता व्यक्त गर्दै डा. पन्तले अव यहाको विरामीलाई राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरमा लगेर उपचार गराउने आश्वासन दिनु भयो । राजेन्द्र प्रसाद पन्तको प्रमुख आतिथ्य, थाहा नगरपालिकाका लवशेर विष्टको विशिष्ट आतिथ्य, त्यसै गरी आतिथ्यहरु डा. रिमेश अधिकारी, अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष राजिव स्याङ्तान, सिनियर अहेव चिनिया लामा, वडा नं. ३ का राजेश के.सी. नगर स्वास्थ्य समितिका अध्यक्ष मेघराज वलामी लगाएत उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै थाहा नगरमा नेपालकै पहिलो पाइलट प्रोजेक्ट शुरु गरेको र यसका लागि अरु देशमा रु. १६,००० सम्म खर्च लाग्ने हामीले अहिले थाहा नगरपालिकाबाट निःशुल्क शुरु गरेको र यस्ता शिविरहरु जिन एक्सपोर्ट मेसिनबाट स्वास्थ्य जाँच गरेको अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष राजिव स्याङ्तान बताउनु हुन्छ । अत्याधुनिक मेसिनबाट छातिको जाँच गरेकोमा रोग अलि जटिल भएको राेगीकाे उपचारको लागि काठमाण्डौंको अस्पतालमा लैजाने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिपक सिं लामाले बताउनु भयो । आज मात्रै ९० जनाको परिक्षण गरिएकोमा ४५ जनामा क्षयरोगको लक्ष्ण देखिएको रेडियो लोजिष्ट निकेश कुमार मिकलमले थाहा पाटिलाई जानकारी दिनु भयो तर त्यसको पूर्ण विवरण सोमवार प्रा.स. केन्द्रमा आउनेछ भनेर बताउनु भयो ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...