Tuesday, 14 May, 2024
खेल

थाहामा जारी जिल्ला स्तरीय भलिबलको उपाधी आमभन्ज्याङ लाई

312548688_504203148247561-1666704419.jpg

थाहा नगरपालिकामा जारी पाचौं विनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्डको उपाधी साविक बिजेता आमभन्ज्याङ युवा क्लवले हात पारेको छ। आज भएको फाइनल खेलमा आयोजक विनयबाबु स्मृति प्रतिस्ठान लाई हराउदै आमभन्ज्याङले रनिङ शिल्डको उपाधी दोश्रो पटक आफ्नो कव्जामा पारेको हो। प्रथम भएसंगै विजेता आमभन्ज्याङले नगद ५१ हजार ५१ रुपैया नगदका साथै शिल्ड,मेडल तथा प्रमाणपत्र हात पारे भने दोश्रो स्थानमा चित्त बुझाएर आयोजक विनयबाबुले २६ हजार २६ रुपैयाँ नगद सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ।प्रतियोगितामा डि वाइ सि रुप्से तथा आग्रा स्पोर्ट्सले सान्त्वना पुरस्कार हात पारे।प्रतियोगितामा आग्रा स्पोर्ट्सका पुजन गुरुङ उदयिमान खेलाडी हुन सफल भए ,तेसैगरी बेस्ट ब्लकर विनयबाबु स्मृतिका राजाराम स्याङ्तान,बेस्ट डिफेन्डर आमभन्ज्याङ्का बुद्धिकृष्ण दंगाल,बेस्ट सेटर आमभन्ज्याङका अजय माझी भएभने बेस्ट स्पाइकर विनयबाबुको सबिन कार्की हुदा प्रतियोगिताको उत्कृष्ट खेलाडी आमभन्ज्याङका आशिष घलान हुन सफल भए प्रतियोगितामा बेस्ट कोचको उपाधिपनी आमभन्ज्याङका वीर बहादुर लामा हुन सफल रहे । बिजयी तथा उत्कृष्ट खेलाडीहरुलाइ प्रमुख अतिथी थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले पुरस्कार प्रदान गर्नुभएको थियो। प्रतियोगिता संचालन गर्न आर्थिक सहयोग गर्ने दाताहरु लाई समेत कदरपत्र द्वारा सम्मान तथा निर्णायक तथा स्वयंसेवक हरुलाइ प्रसंसापत्र प्रदान गरियको प्रतियोगिताको समापन समारोहमा नगरका राजनैतिक दलहरुका प्रतिनिधिहरु नेकपा एमाले का नगर अध्यक्ष अच्युत्तम प्रसाद ढकाल,वडा अध्यक्ष हरु १ का हेरमान गोपाली,२ का बम बहादुर सिङ्तान,३ का हिरेन्द्र रायमाझी ,४ का नारायण लामा,५ का बिष्णु बहादुर गुरुङ,प्रतिस्ठानका संस्थापक बिजयबाबु बस्नेत,विनयबाबुका पिता बिष्णु बहादुर बस्नेत,पालुङ जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम खत्री लगायतका उपस्थिति रहेको थियो। समारोह प्रतिस्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको थियो। 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...