Wednesday, 08 May, 2024
कृषि

थाहामा चिया र कफीको व्यवसायीक खेती सुरु 

cover-pic-1690724097.jpg


कृषी र पर्यटनलाई नगरको समृद्धि सँग जोडेको थाहा नगरपालिकाले नगरमा चिया तथा कफी खेती गरेर पर्यटक भित्र्याउने र चिया र कफिको व्यवसायिक खेती गर्न शुरु गरेको छ । देशको राजधानी काठमाडौ बाट  ६५ कि.मि.र प्रदेश राजधानि देखि ६७ कि.मि.मा रहेको थाहा नगरपालिकाको समुदि सतहदेखि ९०० मिटरमा अवस्थित ,समसितोष्ण हावापानि जाडोमा धेरै जाडो अधिकतम तापक्रम ३०.३ डिग्रि सेन्टिग्रेड र न्यनतम तापक्रम २ डिग्रि सेन्टिग्रेड भन्दा कम हुने थाहा नगरमा पर्याप्त मात्रामा जाडो हुने भएकाले चिया र कफी उत्पादन गर्न सकिने भएर परिक्षण शुरुगरिएको हो ।  


थाहा पर्यटकिय नगरि भएकाले नेपालि सिनेमा तथा गित संगित छायंकनकालागि यस नगर धरैको रोजाई छ । अझ नगरमै चिया बगान बनाएर बगान हेर्न  ईलामनै जानु पर्ने बाध्यता थाहामा बन्ने चिया बगानले टार्ने नगर प्रमुख विष्णु विष्टले बताउनु भयो । 
 थाहा नगरमा चियाको परिक्षण आज भन्दा ४ वर्ष पहिले टिस्टुङबा गरि सकएिको छ । सो क्षेत्रमा धमाधन चियाका  बिरुवा रोपी बगान बढाउने काम भईरहेको छ । सो कार्यलाई तिब्रता दिदै नगरले थाहा नगरपवालिका ३ स्थित दम्की दमारमा रहेको नर्सरीमा चिया तथा कफीको व्यवसायिक खेती शुरु गरिएको छ । 


थाहा नगरपालिकामा पनि चिया र कफिकोे व्यवसायिक खेती गर्न  बिरुवा  परिक्षणका लागि रोपीएको छ । थाहा ३ कालीबञ्जार सामुदायिक बन उपभोक्ता समितिको मातहतमा रहेको दमार स्थित नर्शरीमा ४०० बिरुवा टक्दा–७८ नामक चियाको विरुवा र १०० बोट कफि परीक्षणका लागि रोपीएको छ । नेपालमै चियाकफिको उत्पादन भए पनि  हामिले खाने चिया ४,५ नंबरको रही १,२,३,नं.को चिया बाहिरी देशमा निर्यात हुने गरेकोले मानिसहरुले उत्पादन राम्रो गुणस्तरीए चिया खुवाउन स्थित कालिब्ञ्जार  सामुदायिक बन उपभोक्ता समिति ,पदाधिकारी,स्थानिहरुका चिया र कफि खेतीमा जुटेका हुन् । 
नेपालमा ४ प्रकारको चिया उत्पादन हुदै आएको छ  । ति मध्ये टक्दा–७८ नामक चिया थाहाको हावा पानि संग मिल्दोजुल्दो भएकाले थाहालाई आर्थिक उपार्जन संग जोडी र पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने भएकाले चिया र कफि परीक्षण गरि रोपिएको वन समितिका अध्यक्ष कमल कुमार केसीले बताउनु भयो । 
मौशमका कार्ण थाहामा ६ महिना मात्रै तरकारी उत्पादन हुने गर्दछ । बेमौशमी तरकारीको लागि प्रख्यात थाहा नगरमा ६ महिना मात्र तरकारी खेती गरिन्छ ।  खास गरि हिँउदमा चिसोका कारण् नगर क्षेत्रका खेत बारी बाझोनै रहन्छ  । तर चिया भने बहुबर्षिय बाली भएकाले रोपेको ३ बर्ष देखि उत्पादन दिने र ४ बर्ष पुग्दा पुर्ण रुपमा बयष्क भई पुर्ण उत्पादन हुने भएकाले यो उपयोगी हुने मानिएको छ  । 
चियाको बिरुवा समसितोष्ण हावापानिमा रहने हुँदा थाहामा पनि यस्लाई व्यवसायिक उत्पादन सँग जोड्न सके फाईदा हुने देखेर यसको खेति प्रवद्र्धनमा नगर लागेको नगर प्रमुख विष्टले बताउनु भयो । 
परिक्षणका लागि रोपिएको चियाको मुना बर्षमा २८ देखि ३० पटक सम्म टिप्न मिल्ने समितिका कोषध्यक्ष पुण सिं पाख्रिन बताउनु हुन्छ ।


 

https://thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718


world-link-1690434568.jpg
आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...