janmadarta-1744810195.jpg
Monday, 21 Apr, 2025
krishi2-1744123294.jpg

शिक्षा

थाहामा एसईई तयारी पूरा तीन परिक्षाकेन्द्र बाट ५ सय ८९ जना विद्यार्थी सहभागी हुँदै ।
नियमित र ग्रेडबृद्दी गरि ५ सय ८९ जना विद्यार्थी परिक्षामा सहभागी हुँदै

FB_IMG_1742385903762-1742389735.jpg

चैत ७ गते बिहिबार देखि संचालन हुने एसईई परिक्षा २०८१ लाई मर्यादित र व्यवस्थित तवरले संचालन गर्नको निम्ति थाहा नगरको जनकल्याण र मत्स्यनारायण परिक्षा केन्द्रले बृहत् छलफल 
जनकल्याण माबिमा सप्पन्न भएको छ।
जनकल्याण माबी परिक्षाकेन्द्रका केन्द्राध्यक्ष सानोभाइ  कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफल कार्यक्रममा मत्स्यनारायण परिक्षाकेन्द्रका केन्द्राध्यक्ष श्याम तामाङ ,थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबूअर्याल ,विद्यालय व्यवस्थापन समिती मत्स्यनारायणका अध्यक्ष युवराज बिष्ट ,जनकल्याणका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तान,परिक्षामा सहभागी हुने विद्यालयका प्रधानाध्यापकहरु लगायत परिक्षामा सहभागी हुने विद्यालयका प्रतिनिधि शिक्षकहरुको सहभागिता रहेको थियो।
छलफल कार्यक्रममा जनकल्याण माबी परिक्षाकेन्द्रका केन्द्राध्यक्ष सानोभाइ कार्कीले परिक्षालाई मर्यादित र व्यवस्थित बनाउन सवैको सहयोग अपरिहार्य भएको बताउदै परीक्षालाई सभ्य एवं भव्य बनाउन सुरक्षाकर्मी परिचालन हुने प्रबन्ध मिलाइएको र परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत बनाएको बताए।
जनकल्याण माबी परिक्षाकेन्द्र बाट २ सय १६ जना विद्यार्थी र मत्स्यनारायण माबी परिक्षाकेन्द्र बाट १ सय ४७ जना विद्यार्थीले परिक्षामा सहभागी जनाउदै छन भने बज्रवाराही माबी परिक्षाकेन्द्र बाट २ सय २६ विद्यार्थीले परिक्षामा सहभागिता जनाउदै छन।
परिक्षामा भिमफेदी गाउँपालिका,इन्द्रसरोबर गाउँपालिका र थाहा नगरका विद्यार्थी सहभागी हुने छन भने बज्रबाराही परिक्षाकेन्द्रमा इन्द्रसरोवर र थाहाका विद्यालयको सहभागीता रहने छ तेस्तै बज्रबाराही माबिको परिक्षाकेन्द्र भने इन्द्रसरोवर मार्खुमा रहेको सरस्वती बालबोधनीमा रहेको बज्रवाराही माबिका केन्द्राध्यक्ष रमेशमान डङ्गोलले जानकारी दिनुभयो।
थाहाको मत्स्यनारायण परिक्षा केन्द्रमा जनकल्याण माबी,सुन्दरीदेवी माबी र हिमालयन बोर्डिङका विद्यार्थीले परिक्षा दिने छन भने जनकल्याण परिक्षा केन्द्रमा इन्द्रायणी माबी,लेकाली बसिफाट,झम्केश्वरी,सरस्वती,पालुङ आवासिय,पालुङ भ्याली हार्ट,पालुङ मोर्डन र मत्स्यनारायण माबिका विद्यार्थीले परिक्षा दिने छन तेसै गरि बज्रबाराही माबी परिक्षा केन्द्रमा बागेश्वरी माबी,सुनौला माबी,सरस्वती बाल बोधनी,स्वच्छन्द भैरव,नाट्यश्वर,इअन इङ्लिस र सरस्वती विद्या मन्दिरका विद्यार्थी सहभागी हुने छन।
मकवानपुरबाट ७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ प्राविधिक र साधारण गरी ७ हजार ४ सय ५६ जना जना विद्यार्थीले परीक्षा दिँदै छन् । यस वर्ष ग्रेडवृद्धिका लागि साधारणतर्फ १ हजार ४ सय ९५ र प्राविधिक धारतर्फ ९६ जनाले परीक्षा दिँदैछन् ।

शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख सुविद गिरीका अनुसार मकवानपुरमा २८ वटा परीक्षा केन्द्र तोकिएका छन् । गत वर्ष २६ वटा मात्रै परीक्षा केन्द्र तोकिएको मकवानपुरमा यस वर्ष कैलाश गाउँपालिकाको नामटारस्थित कालिका मावि र हेटौंडाको श्रमिक माविमा परीक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले जानकारी दिए ।

कैलाश गाउँपालिकामा परीक्षा केन्द्र थप गरिएसँगै मकवानपुरको सबै स्थानीय तहमा परीक्षा केन्द्र भएको उनले बताए । हेटौंडाका श्रमिक माविमा भने प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि मात्रै केन्द्र तोकिएको छ । उनका अनुसार सबै स्थानीय तहहरुमा केन्द्राध्यक्षहरुलाई प्रशिक्षण दिएर खटाइएको छ । एसईई परीक्षाका लागि २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी खटाइएको उनले जानकारी दिए ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
चित्लाङमा आज बाट जिल्ला स्तरीय भलिवल हुँदै
FB_IMG_1745203888091-1745203908.jpg

चित्लाङ्गमा नेपाली काङ्ग्रेसले आफ्ना दिवङ्गत नेतृत्वको स्मृतिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको छ । नयाँ...

सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो
1745069253635_1-1745069369.jpg

६ बैशाख, हेटौंडा।  नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार...

थाहाका २ हजार ६ सय ८३ बालबालिकालाई भिटामिन ए खुवाइने
FB_IMG_1745069052851-1745069063.jpg

मकवानपुरमा शनिबार र आइतबार भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । राष्ट्रिय भिटामिन ‘ए’...

गजल मञ्च मकवानपुरको अध्यक्षमा थाहाका संजित श्रेष्ठ
FB_IMG_1745067779943_1-1745067819.jpg

गजल मञ्च मकवानपुरको २२३ औं नियमित गजल यात्रा तथा चौथो अधिवेशन ६ वैशाखमा भएको छ । सर्जक सञ्जाल मकवानपुरका संयोजक...

आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
1744764753919-1744764801.jpg

हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले कोशी, मधेस,...

युवाको श्रम विदेशमा, देशमा खाली नारा!
1744720502293-1744720612.jpg

विकासको नाममा राजनीतिक दलहरूले वर्षौंदेखि जनतालाई अनेकौं सपना देखाउँदै आएका छन्। संविधान, संघीयता, योजना, बजेट,...

न्यु भिजन एकेडेमीको वार्षिक नतिजा तथा पुरस्कार वितरण सम्पन्न
FB_IMG_1744555717552-1744555737.jpg

थाहा ३ बाघेखोलामा अवस्थित न्यु भिजन एकेडेमीको वार्षिक नतिजा प्रकाशन,पुरस्कार वितरण सहित अभिभावक भेला सम्पन्न...

थाहाको चेतनशिल महिला सहकारी उत्कृष्ट महिला सहकारीमा छनौट
1744553774511-1744553806.jpg

थाहा नगरपालिकाको चेतनशील महिला बचत तथा ऋण सहकारी संस्था जिल्लाकै ‘उत्कृष्ट महिला सहकारी’ छनौट भएको छ ।...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रुपैयाँ सदस्यलाई बाँडफाँड
414942559_128855317516752-1744529388.jpg

थाहामा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले संरक्षित पूँजि फिर्ताकोषको रु ५९ लाख रकम सदस्यलाई बाँडफाँड...