pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहामा एसईई तयारी पूरा तीन परिक्षाकेन्द्र बाट ५ सय ८९ जना विद्यार्थी सहभागी हुँदै ।
नियमित र ग्रेडबृद्दी गरि ५ सय ८९ जना विद्यार्थी परिक्षामा सहभागी हुँदै

FB_IMG_1742385903762-1742389735.jpg

चैत ७ गते बिहिबार देखि संचालन हुने एसईई परिक्षा २०८१ लाई मर्यादित र व्यवस्थित तवरले संचालन गर्नको निम्ति थाहा नगरको जनकल्याण र मत्स्यनारायण परिक्षा केन्द्रले बृहत् छलफल 
जनकल्याण माबिमा सप्पन्न भएको छ।
जनकल्याण माबी परिक्षाकेन्द्रका केन्द्राध्यक्ष सानोभाइ  कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफल कार्यक्रममा मत्स्यनारायण परिक्षाकेन्द्रका केन्द्राध्यक्ष श्याम तामाङ ,थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविनबाबूअर्याल ,विद्यालय व्यवस्थापन समिती मत्स्यनारायणका अध्यक्ष युवराज बिष्ट ,जनकल्याणका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तान,परिक्षामा सहभागी हुने विद्यालयका प्रधानाध्यापकहरु लगायत परिक्षामा सहभागी हुने विद्यालयका प्रतिनिधि शिक्षकहरुको सहभागिता रहेको थियो।
छलफल कार्यक्रममा जनकल्याण माबी परिक्षाकेन्द्रका केन्द्राध्यक्ष सानोभाइ कार्कीले परिक्षालाई मर्यादित र व्यवस्थित बनाउन सवैको सहयोग अपरिहार्य भएको बताउदै परीक्षालाई सभ्य एवं भव्य बनाउन सुरक्षाकर्मी परिचालन हुने प्रबन्ध मिलाइएको र परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत बनाएको बताए।
जनकल्याण माबी परिक्षाकेन्द्र बाट २ सय १६ जना विद्यार्थी र मत्स्यनारायण माबी परिक्षाकेन्द्र बाट १ सय ४७ जना विद्यार्थीले परिक्षामा सहभागी जनाउदै छन भने बज्रवाराही माबी परिक्षाकेन्द्र बाट २ सय २६ विद्यार्थीले परिक्षामा सहभागिता जनाउदै छन।
परिक्षामा भिमफेदी गाउँपालिका,इन्द्रसरोबर गाउँपालिका र थाहा नगरका विद्यार्थी सहभागी हुने छन भने बज्रबाराही परिक्षाकेन्द्रमा इन्द्रसरोवर र थाहाका विद्यालयको सहभागीता रहने छ तेस्तै बज्रबाराही माबिको परिक्षाकेन्द्र भने इन्द्रसरोवर मार्खुमा रहेको सरस्वती बालबोधनीमा रहेको बज्रवाराही माबिका केन्द्राध्यक्ष रमेशमान डङ्गोलले जानकारी दिनुभयो।
थाहाको मत्स्यनारायण परिक्षा केन्द्रमा जनकल्याण माबी,सुन्दरीदेवी माबी र हिमालयन बोर्डिङका विद्यार्थीले परिक्षा दिने छन भने जनकल्याण परिक्षा केन्द्रमा इन्द्रायणी माबी,लेकाली बसिफाट,झम्केश्वरी,सरस्वती,पालुङ आवासिय,पालुङ भ्याली हार्ट,पालुङ मोर्डन र मत्स्यनारायण माबिका विद्यार्थीले परिक्षा दिने छन तेसै गरि बज्रबाराही माबी परिक्षा केन्द्रमा बागेश्वरी माबी,सुनौला माबी,सरस्वती बाल बोधनी,स्वच्छन्द भैरव,नाट्यश्वर,इअन इङ्लिस र सरस्वती विद्या मन्दिरका विद्यार्थी सहभागी हुने छन।
मकवानपुरबाट ७ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ प्राविधिक र साधारण गरी ७ हजार ४ सय ५६ जना जना विद्यार्थीले परीक्षा दिँदै छन् । यस वर्ष ग्रेडवृद्धिका लागि साधारणतर्फ १ हजार ४ सय ९५ र प्राविधिक धारतर्फ ९६ जनाले परीक्षा दिँदैछन् ।

शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख सुविद गिरीका अनुसार मकवानपुरमा २८ वटा परीक्षा केन्द्र तोकिएका छन् । गत वर्ष २६ वटा मात्रै परीक्षा केन्द्र तोकिएको मकवानपुरमा यस वर्ष कैलाश गाउँपालिकाको नामटारस्थित कालिका मावि र हेटौंडाको श्रमिक माविमा परीक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले जानकारी दिए ।

कैलाश गाउँपालिकामा परीक्षा केन्द्र थप गरिएसँगै मकवानपुरको सबै स्थानीय तहमा परीक्षा केन्द्र भएको उनले बताए । हेटौंडाका श्रमिक माविमा भने प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि मात्रै केन्द्र तोकिएको छ । उनका अनुसार सबै स्थानीय तहहरुमा केन्द्राध्यक्षहरुलाई प्रशिक्षण दिएर खटाइएको छ । एसईई परीक्षाका लागि २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी खटाइएको उनले जानकारी दिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...