Saturday, 04 May, 2024
शिक्षा

थाहामा एसईई तयारी पूरा तीन परिक्षाकेन्द्र बाट ५६१ विद्यार्थी सहभागी हुँदै ।

IMG_20230330_121401_813-1680180343.jpg

चैत १७ गते शुक्रबार देखि संचालन हुने एसईई परिक्षा २०७९ लाई मर्यादित र व्यवस्थित तवरले संचालन गर्नको निम्ति थाहा नगरको जनकल्याण र मत्स्यनारायण परिक्षा केन्द्रले बृहत् छलफल गरेको छ।
जनकल्याण माबिमा सप्पन्न भएको छ।
जनकल्याण माबी परिक्षाकेन्द्रका केन्द्राध्यक्ष सानोभाइ  कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफल कार्यक्रममा मत्स्यनारायण परिक्षाकेन्द्रका केन्द्राध्यक्ष बिष्णुहरी ढकाल ,थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल ,विद्यालय व्यवस्थापन समिती मत्स्यनारायणका अध्यक्ष नवराज बिष्ट ,जनकल्याणका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तान,संचारकर्मी शम्भु अधिकारी लगायत परिक्षामा सहभागी हुने विद्यालयका प्रतिनिधि शिक्षकहरुको सहभागिता रहेको थियो।
छलफल कार्यक्रममा जनकल्याण माबी परिक्षाकेन्द्रका केन्द्राध्यक्ष सानोभाइ कार्कीले परिक्षालाई मर्यादित र व्यवस्थित बनाउन सवैको सहयोग अपरिहार्य भएको बताउदै परीक्षालाई सभ्य एवं भव्य बनाउन सुरक्षाकर्मी परिचालन हुने प्रबन्ध मिलाइएको र परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत बनाएको बताए।
जनकल्याण माबी परिक्षाकेन्द्र बाट २ सय २६ जना विद्यार्थी र मत्स्यनारायण माबी परिक्षाकेन्द्र बाट १ सय २४ विद्यार्थीले परिक्षामा सहभागी जनाउदै छन भने बज्रवाराही माबी परिक्षाकेन्द्र बाट २ सय ११ विद्यार्थीले परिक्षामा सहभागिता जनाउदै छन।
परिक्षामा भिमफेदी गाउँपालिका,कैलाश गाउँपालिका र थाहा नगरका विद्यार्थी सहभागी हुने छन भने बज्रबाराही परिक्षाकेन्द्रमा इन्द्रसरोवर र थाहाका विद्यालयको सहभागीता रहने छ तेस्तै बज्रबाराही माबिको परिक्षाकेन्द्र भने इन्द्रसरोवर मार्खुमा रहेको सरस्वती बालबोधनीमा रहेको बज्रवाराही माबिका केन्द्राध्यक्ष रमेशमान डङ्गोलले जानकारी दिनुभयो।
जिल्लाका १ सय सामुदायिक र ३८ वटा संस्थागत गरी १ सय ३८ वटा विद्यालयमा १० कक्षामा अध्ययनरत बिद्यार्थीहरुले एसईईका परीक्षा आवेदन फराम भरेका हुन । गत वर्षको तुलनामा मकवानपुरबाट एसईईको परीक्षा आवेदन फराम भर्ने परीक्षार्थीको संख्या यसवर्ष करिब एक हजार जना घटेका छन् ।
एसईईको लागि जिल्लामा २५ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।


world-link-1690434568.jpg
आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...