jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहामा एसईई तयारी पूरा तीन परिक्षाकेन्द्र बाट ५६१ विद्यार्थी सहभागी हुँदै ।

IMG_20230330_121401_813-1680180343.jpg

चैत १७ गते शुक्रबार देखि संचालन हुने एसईई परिक्षा २०७९ लाई मर्यादित र व्यवस्थित तवरले संचालन गर्नको निम्ति थाहा नगरको जनकल्याण र मत्स्यनारायण परिक्षा केन्द्रले बृहत् छलफल गरेको छ।
जनकल्याण माबिमा सप्पन्न भएको छ।
जनकल्याण माबी परिक्षाकेन्द्रका केन्द्राध्यक्ष सानोभाइ  कार्कीको अध्यक्षतामा बसेको सर्वपक्षीय छलफल कार्यक्रममा मत्स्यनारायण परिक्षाकेन्द्रका केन्द्राध्यक्ष बिष्णुहरी ढकाल ,थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधव विक्रम मल्ल,ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख दुर्गा खनाल ,विद्यालय व्यवस्थापन समिती मत्स्यनारायणका अध्यक्ष नवराज बिष्ट ,जनकल्याणका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजिव कुमार स्याङ्तान,संचारकर्मी शम्भु अधिकारी लगायत परिक्षामा सहभागी हुने विद्यालयका प्रतिनिधि शिक्षकहरुको सहभागिता रहेको थियो।
छलफल कार्यक्रममा जनकल्याण माबी परिक्षाकेन्द्रका केन्द्राध्यक्ष सानोभाइ कार्कीले परिक्षालाई मर्यादित र व्यवस्थित बनाउन सवैको सहयोग अपरिहार्य भएको बताउदै परीक्षालाई सभ्य एवं भव्य बनाउन सुरक्षाकर्मी परिचालन हुने प्रबन्ध मिलाइएको र परीक्षामा कुनै अमर्यादित गतिविधि हुन नदिन सबैलाई सचेत बनाएको बताए।
जनकल्याण माबी परिक्षाकेन्द्र बाट २ सय २६ जना विद्यार्थी र मत्स्यनारायण माबी परिक्षाकेन्द्र बाट १ सय २४ विद्यार्थीले परिक्षामा सहभागी जनाउदै छन भने बज्रवाराही माबी परिक्षाकेन्द्र बाट २ सय ११ विद्यार्थीले परिक्षामा सहभागिता जनाउदै छन।
परिक्षामा भिमफेदी गाउँपालिका,कैलाश गाउँपालिका र थाहा नगरका विद्यार्थी सहभागी हुने छन भने बज्रबाराही परिक्षाकेन्द्रमा इन्द्रसरोवर र थाहाका विद्यालयको सहभागीता रहने छ तेस्तै बज्रबाराही माबिको परिक्षाकेन्द्र भने इन्द्रसरोवर मार्खुमा रहेको सरस्वती बालबोधनीमा रहेको बज्रवाराही माबिका केन्द्राध्यक्ष रमेशमान डङ्गोलले जानकारी दिनुभयो।
जिल्लाका १ सय सामुदायिक र ३८ वटा संस्थागत गरी १ सय ३८ वटा विद्यालयमा १० कक्षामा अध्ययनरत बिद्यार्थीहरुले एसईईका परीक्षा आवेदन फराम भरेका हुन । गत वर्षको तुलनामा मकवानपुरबाट एसईईको परीक्षा आवेदन फराम भर्ने परीक्षार्थीको संख्या यसवर्ष करिब एक हजार जना घटेका छन् ।
एसईईको लागि जिल्लामा २५ केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...