Tuesday, 21 May, 2024
शिक्षा

थाहामा उच्च शिक्षाको स्थिति, सम्भावना र आधार बिषयक अन्तरक्रियात्मक कार्यक्रम

clz-1536388084.jpg

    आज थाहा नगरपालिकामा उच्च शिक्षाको स्थिति, सम्भावना र आधार बिषयक अन्तरक्रियात्मक कार्यक्रम पालुङ्ग बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भयो । 

क्याम्पस ब्यावस्थापन समिती सदस्य श्याम श्रेष्टको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रममा वडा नम्वर ३ का  वडा अध्यक्ष राजेस के.सी.ले मकवानपुर जिल्लाको उतरी क्षेत्रमा अवस्थित यस थाहा नगरकै एउटा मात्र उच्च शिक्षा प्रदान गर्ने क्याम्पस पालुङ्ग बहुमुखी क्याम्पसको आर्थिक तथा शैक्षिक गुणस्तर बृद्धी गर्न नगरवासी र नगर प्रतिनिधिको हैसियतबाट सधै अघि बढनेमा जोड दिनुभयो । वडा नम्वर १० का वडा अध्यक्ष किरणमान बलले अब क्याम्पसको दिगो आन्दामीको श्रोतका निम्ती ब्यावसायीक भवन बनाउन आफुले बिभिन्न क्षेत्रमा पहल गर्ने साथै गुणस्तरीय शिक्षा थाहा नगरको आधार हो त्यसमा तपाईहामी सबै नगरवासी लाग्नु पर्नेमा जोड दिनु भयो ।

बज्रबराही उच्च मा.बि.का प्र.अ. बिष्णु गिरीले टाढा टाढा बाट उच्च शिक्षा हासिल गर्न आवज जावजको  समस्या पर्नेहुदा  कति भाई बहिनीहरु ‌पल्सटु पास भएर पनी उच्च शिक्षाबाट बन्चीत छन उनीहरुको समस्यालाई मध्यनजर गर्दै छात्राबासको ब्यावस्था गर्नुको साथै रोजगारीको अवसर खोजी गर्नुपर्नेमा जोड दिनु भयो ।

क्याम्पस प्रमुख रामहरी अधिकारीले नगरको उच्च शिक्षाको लागी क्याम्पसले बिगत देखी बर्तमान सम्म खेलेको भुमिका तथा भावी कार्यदिशा बिषयक प्रदिवेदन पेस गर्नुभयो  ।

क्याम्पस ब्यावस्थापन समिती अध्यक्ष इश्वर पौडेलले उच्च शिक्षाको निम्ती कुनै एक ब्याक्ती मात्र लागेर वा ब्यावस्थापन समितिको पहलले मात्र  सम्भब नहुने नगरका बिभिन्न सरोकार बर्गहरु एक जुट भएर दक्ष जनसक्ति उत्पादन क्षेत्रमा पहल गर्नुपर्नेमा जोड दिनु भयो ।

उक्तकार्यक्रममा नगर प्रमुख लवशेर बिष्टले थाहा नगरको शैक्षिक गुणस्तर बृद्धी गर्न सबै क्षेत्रबाट एकजुट भएर अगाडी बढनु पर्ने जोड दिनु भयो । थाहाको भौगोलिक अवस्थालाई हेरेर यहाँका शैक्षिक क्षेत्रमा परेको यातायतको असुविधालाई मध्यनजर गर्दै थाहा यातायतसग आवज जावजको सहजीकरण भुमिका निर्वाह गर्न छलफल अघि बढाउनुको साथै क्याम्स व्यावस्थापन समिति तथा सरोकार वर्गले पनि तथ्याङ्कमा आधारित भएर सम्भावना र आधार बिषयमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा  नाट्येश्वरी उच्च मा. बि.का प्र.अ. तथा ब्यावस्थापन समिति अध्यक्ष, स्वच्छन्द भैरब उच्च मा.बि.का प्र.अ. तथा ब्यावस्थापन समिति अध्यक्ष, क्याम्पस ब्यावस्थापन समिती, क्याम्पसका प्राध्यापक, स्वतन्त्र बिध्यार्थी युनियनका सभापती मुकेस गोले तथा सचिब सन्जिता गोपाली लगायतको उपस्थिति रहेको थियो ।

clz1-1536388136.jpg
clz2-1536388136.jpg
clz3-1536388137.jpg

world-link-1690434568.jpg
अखिल (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस अध्यक्षमा प्रमिला सिन्तान
1716222025423-1716222137.jpg

मकवानपुर, ०७ जेष्ठ/अखिल नेपाल रास्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्त्रिकारी) हेटौंडा क्याम्पस ईकाई...

रास्वपामा शुद्धिकरणको आवश्यकता भैसकेको छ:- महामन्त्री ढकाल
1716221634224-1716221668.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीमा शुद्धिकरणको आवश्यकता महसुस भैसकेको बताएका...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण
ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका...

महालक्ष्मी बैंक पालुङ शाखा द्वारा ३० औं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान
FB_IMG_1716207695161-1716207739.jpg

महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । सोमबार ७ गतेदेखि बैंक ३१औँ वर्षमा प्रवेश गरेको हो ।...

बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...