pani-1786865868.jpg
Tuesday, 25 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहामा उच्च शिक्षाको स्थिति, सम्भावना र आधार बिषयक अन्तरक्रियात्मक कार्यक्रम

clz-1536388084.jpg

    आज थाहा नगरपालिकामा उच्च शिक्षाको स्थिति, सम्भावना र आधार बिषयक अन्तरक्रियात्मक कार्यक्रम पालुङ्ग बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भयो । 

क्याम्पस ब्यावस्थापन समिती सदस्य श्याम श्रेष्टको स्वागत मन्तब्यबाट सुरु भएको उक्त कार्यक्रममा वडा नम्वर ३ का  वडा अध्यक्ष राजेस के.सी.ले मकवानपुर जिल्लाको उतरी क्षेत्रमा अवस्थित यस थाहा नगरकै एउटा मात्र उच्च शिक्षा प्रदान गर्ने क्याम्पस पालुङ्ग बहुमुखी क्याम्पसको आर्थिक तथा शैक्षिक गुणस्तर बृद्धी गर्न नगरवासी र नगर प्रतिनिधिको हैसियतबाट सधै अघि बढनेमा जोड दिनुभयो । वडा नम्वर १० का वडा अध्यक्ष किरणमान बलले अब क्याम्पसको दिगो आन्दामीको श्रोतका निम्ती ब्यावसायीक भवन बनाउन आफुले बिभिन्न क्षेत्रमा पहल गर्ने साथै गुणस्तरीय शिक्षा थाहा नगरको आधार हो त्यसमा तपाईहामी सबै नगरवासी लाग्नु पर्नेमा जोड दिनु भयो ।

बज्रबराही उच्च मा.बि.का प्र.अ. बिष्णु गिरीले टाढा टाढा बाट उच्च शिक्षा हासिल गर्न आवज जावजको  समस्या पर्नेहुदा  कति भाई बहिनीहरु ‌पल्सटु पास भएर पनी उच्च शिक्षाबाट बन्चीत छन उनीहरुको समस्यालाई मध्यनजर गर्दै छात्राबासको ब्यावस्था गर्नुको साथै रोजगारीको अवसर खोजी गर्नुपर्नेमा जोड दिनु भयो ।

क्याम्पस प्रमुख रामहरी अधिकारीले नगरको उच्च शिक्षाको लागी क्याम्पसले बिगत देखी बर्तमान सम्म खेलेको भुमिका तथा भावी कार्यदिशा बिषयक प्रदिवेदन पेस गर्नुभयो  ।

क्याम्पस ब्यावस्थापन समिती अध्यक्ष इश्वर पौडेलले उच्च शिक्षाको निम्ती कुनै एक ब्याक्ती मात्र लागेर वा ब्यावस्थापन समितिको पहलले मात्र  सम्भब नहुने नगरका बिभिन्न सरोकार बर्गहरु एक जुट भएर दक्ष जनसक्ति उत्पादन क्षेत्रमा पहल गर्नुपर्नेमा जोड दिनु भयो ।

उक्तकार्यक्रममा नगर प्रमुख लवशेर बिष्टले थाहा नगरको शैक्षिक गुणस्तर बृद्धी गर्न सबै क्षेत्रबाट एकजुट भएर अगाडी बढनु पर्ने जोड दिनु भयो । थाहाको भौगोलिक अवस्थालाई हेरेर यहाँका शैक्षिक क्षेत्रमा परेको यातायतको असुविधालाई मध्यनजर गर्दै थाहा यातायतसग आवज जावजको सहजीकरण भुमिका निर्वाह गर्न छलफल अघि बढाउनुको साथै क्याम्स व्यावस्थापन समिति तथा सरोकार वर्गले पनि तथ्याङ्कमा आधारित भएर सम्भावना र आधार बिषयमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा  नाट्येश्वरी उच्च मा. बि.का प्र.अ. तथा ब्यावस्थापन समिति अध्यक्ष, स्वच्छन्द भैरब उच्च मा.बि.का प्र.अ. तथा ब्यावस्थापन समिति अध्यक्ष, क्याम्पस ब्यावस्थापन समिती, क्याम्पसका प्राध्यापक, स्वतन्त्र बिध्यार्थी युनियनका सभापती मुकेस गोले तथा सचिब सन्जिता गोपाली लगायतको उपस्थिति रहेको थियो ।

clz1-1536388136.jpg
clz2-1536388136.jpg
clz3-1536388137.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...