pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

थाहामा अझ बढ्दै संक्रमित, थोकर गाउँ बढी जोखिममा

थाहानगरमा प्रत्येक दिन कोरोना सन्क्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्र थाहानगरका स्वास्थ्य कार्यालयहरुमा ६५ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ३१ जनामा संक्रमण देखिएको छ । ती ३१ मध्ये थाहा १ थोकर गाउँका मात्र १६ जना छन् । बाक्लो वस्ती रहेको गाउँमा डर लाग्दो दरमा संक्रमण फैलिएको डा। रिकेश कार्कीले बताए । संक्रमित परिवारका सदस्यहरु बजारमा खुल्ला हिडिरहदा छिमेकी गाउँले आतंकित हुन थालेका छन् । 
यसैगरी, एन्टिजेन परिक्षणबाट थाहा २ का १, ३ का ५, ४ का ४ र ६ का ५ जनामा थप संक्रमण पुष्टि भएको छ । होम आइसोलेसनमा बसिरहेका संक्रमितहरु मध्ये सोमबार मात्रै श्वासप्रस्वासमा समस्या देखिएका ६ जनालाई रिफर गरिएको छ । थाहा ४ का १ र ६ का १ जनालाई काठमाडौं रिफर गरिएको छभने थाहा १ का श्रीमान श्रीमति, थाहा ३ का १ जना र थाहा ७ का १ जनालाई हेटौंडा रिफर गरिएको छ । 
यसैगरी, कोरोना संक्रमित भै हेटौंडा अस्पतालमा उपचाररत एक जनाको सोमबार दिउँसो मृत्यु भएको छ । मृतक थाहा ४ का ७५ वर्षिय पुरुष हुन् । उनका परिवारमा अन्य सदस्यहरु पनि संक्रमित भई होम आइसोलेसनमा छन् ।
यसैगरी,विभिन्न मितिमा संकलन गरि परिक्षणका लागि हेटौंडा पठाइएका स्वावहरुमध्ये सोमबार १७ जनाको पोजेटिभ रिपोर्ट आएको छ । पिसिआर पोजेटिभ आउनेमा थाहा १ का २ जना, थाहा ६ का १ जना र १४ जना ८ नम्बर वडाका छन् । तीमध्ये कतिपय होम आइसोलेसनमा बसेर १४ दिन पूरा भैसकेका बिरामीहरुको रिपोर्ट समेत पोजेटिभ  आएको छ । 
सोमबारसम्म संक्रमितको संख्या ४ सय नजिक पुगेको छ । हालसम्म ४ जनाको मृत्यु, २२ जना निको, ८ जना बज्रबाराही आइसोलेसन, २० जना नगर बाहिर उपचाररत छन् भने अन्य सबै होम आइसोलेसनमा छन् । होम आइसोलेसनम बसेकाहरुलाई सुरक्षित रुपमा बस्न आग्रह गर्दै स्वास्थ्यमा असामान्य देखिएमा तत्काल थप उपचारका लागि स्वास्थ्य केन्द्र आउन डा। कार्कीले आग्रह गरेका छन् । अन्य सामान्य अवस्थामा रहेका बिरामीहरुसङ्ग नियमित सम्पर्कमा रहेको डा। कार्कीले बताए । 
संक्रमणको जोखिममा रहेका स्थानीय स्वास्थ्य केन्द्रमा आउने दर कम भएपछि नगरले सम्बन्धित वडाहरुमै गएर स्वाव संकलन गर्ने कामलाई निरन्तरता दिइरहेको छ । कोरोनाको लक्षण देखिएकाहरुको एन्टिजेन परिक्षण र अन्यको स्वाव संकलन गरि पिसिआर परिक्षणका लागि हेटौंडा पठाउने गरेको छ । यो क्रममा मङ्गलबार वडा नम्बर ७ मा परिक्षण हुनेछ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...