jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहानगरमा शिक्षाका कर्मचारीको तलब वृद्धि

असोज १९/बिद्यालयमा लामो समयदेखि न्युनतम सुबिधामा कार्य गर्दै आएका प्रारम्भिक बाल विकास केन्द्रका सहजकर्ता, बिद्यालय कर्मचारी र लेखा सहयोगीको सुबिधामा नेपाल सरकारले गत बजेट भाषणमा उल्लेख गरे अनुसारको सुबिधा दिन थाहा नगरपालिका असमर्थ भएतापनि केहि सुबिधा थप गरेको छ । 


थाहा नगरपालिका शिक्षा शाखाका अनुसार बिद्यालय कर्माचारीको मासिक तलब ८ हजारका दरले निकाशा गरेकोमा शिक्षा समितिको निर्णय अनुसार १० हजार पुर्याएको छ । तेस्तै बालबिकास सहजकर्ताको तलब १० हजारको दरले निकाशा गरिएकोमा १२ हजार पुर्याएको छ भने बिद्यालय लेखा सहयोगीको तलब १३ हजार ५ सयका दरले निकाशा गरिएकोमा १५ हजार पुर्याईएको छ ।


बढ तलब येहि साउन महिनादेखि नै लागु हुने र आगामी कार्तिक महिनाको निकाशामा बढेको तलब एकमुष्ठ निकाशा गरिने थाहा नगरपालिका शिक्षा समितिका सदस्य सुमन कार्कीले बताउनुभयो । 

संघीय सरकारले बालविकास सहजकर्ता, लेखा सहयोगी र बिद्यालय कर्मचारीको तलब स्थानीय सरकारले समेत वृद्धि गरि १५ हजार पुर्याउने वजेट भाषणमै सम्बोधन गरेतापनि पर्याप्त बजेट नहुँदा उक्त तलब ब्यवस्था गर्न नसकिएको शिक्षा समितिका संयोजक शशिधर सुबेदीले बताउनुभयो  ।

बजेट भाषणमै उल्लेख भए अनुसारकै तलब थाहा नगरपालिकाले ब्यवस्था गर्नु पर्ने नेपाल शिक्षक महासंघ थाहा नगर कमिटिका सहअध्यक्ष महेन्द्र प्रधानले बताउनुभयो ।
प्रधानले लामो समयदेखि श्रम ऐनमा निर्धारण भएको भन्दा कम तलब सुबिधामा काम गरिरहेका बालबिकास सहजकर्ता, बिद्यालय कर्मचारी र लेखा सहयोगीलाई कम्तिमा १५ हजार नै तलब सुबिधा उपलब्ध गराउन नगरपालिका समक्ष माग गर्नुभयो ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन थाहा नगर कमिटि अध्यक्ष मनोज रायमाझीले शिक्षकका पेशागत संगठनको आन्दोलन र दवाबका कारण थोरै भएपनि तलबमा वृद्धि भएको र सरकारले तोके बमोजिमको सुबिधा दिन नगरपालिकालाई अनुरोध गर्नुभयो ।

नगरपालिकाले संघीय सरकारले निर्धारण गरे बमोजिमकै तलब सुबिधा उपलब्ध गराउन पर्नेमा बालबिकास सहजकर्ताको माग भएतापनि आगामी बर्षमा उक्त निर्णय समयमै गरि सरकारले तोके बमोजिम नै तलब निकाशा गर्नको लागि सेती गणेश आधारभुत बिद्यालयकी बालबिकास सहजकर्ता शोभा बस्नेतले नगरपालिकालाई आग्रह गर्नुभयो ।

थाहानगरका बिद्यालयहरुमा बाल बिकास सहजकर्ता ६२ जना, बिद्यालय कर्मचारी ५३ जना र लेखा सहयोगी ११ जना कार्यरत छन् । 

https://thahapati.com/public/images/users/11150368_899780873425783_-1622687723.jpg
राजकुमार के‍.सी.
rajkumar.stoneheart@gmail.com

राज कुमार के‍.सी. थाहापाटीका सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८५५०६८२०७

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...