haija2-1723182882.jpg
Wednesday, 11 Sep, 2024
jkmv-1721483934.jpg

स्वास्थ्य

थाहानगरको स्वास्थ्य शाखाको नविनतम अभ्यास

FB_IMG_1725369175669-1725369205.jpg

मकवानपुर थाहा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा विविध नविनतम अभ्याससहित नागरिकलाई सेवा प्रदान गरेको जनाएको छ । स्वास्थ्य शाखाले वार्षिक समीक्षा कार्यक्रमको अवसरमा शाखाले गरेका कामहरुको विषयमा जानकारी दिएको हो । शाखाले थाहा नगरपालिका वडा नम्बर ६ मा रहेको बज्रवाराही स्वास्थ्य चौकी परिसरमा व्यायमशाला स्थापना गरेको छ । व्ययामशालामा विहानै नागरिकहरुको भिड लाग्ने गरेको शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । अन्य पालिकाहरुको भन्दा फरक अभ्यासससहित यो कार्यक्रम संचालनमा ल्याउँदा प्रभावकारिता देखिएको समीक्षको अवसरमा बलामीले प्रष्ट पारे।

थाहानगरको १२ स्वास्थ्य संस्था मध्ये ५ वटा स्वास्थ्य संस्थाबाट सशुल्क प्रयोगशालाको सेवा सुरु गरिएको छ । नगरको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, आग्रा स्वास्थ्य चौकी, टिष्टुङ, बज्रवाराही र चित्लाङ स्वास्थ्यचौकीबाट प्रयोगशाला सेवा प्रवाह भैरहेको छ ।


पालिकाले गत आर्थिक वर्षबाटै अक्सिजन प्लान्ट संचालनमा ल्याइ वितरण कार्यको शुभारम्भ गरिएको छ । थाहा नगरपालिका वडा नम्बर ४ को क्याम्पाडाँडामा निर्माणाधिन १५ शैया अस्पताल परिसरमा प्लान्ट जडान गरी अक्सिजन उत्पादन तथा वितरण सेवा शुरु गरिको हो । यस सेवा अन्तर्गत विपन्न विरामीहरुलाई निःशुल्क सिलिण्डर तथा अक्सिजन समेत वितरण गर्दै आएको छ । विपन्न विरामीलाई वडा कार्यालयको सिफारिसमा निःशुल्क अक्सिजन वितरण गर्दै आएको छ ।

पालिकाले १२ वटै वडाहरुमा निःशुल्क ग्रामिण भिडियो एक्सरे सेवा पनि दिदै आएको छ । वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुमा घुम्ती शिविरकै रुपमा डाक्टरसहितको टोलीबाट यस किसिको सेवा प्रवाह गर्दै आएको नगरपालिकाले जनाएको छ । यस किसिमको सेवाबाट प्रायः गर्भवती महिलाहरु लाभान्वित भएका छन् । गर्भमा रहेको शिशुको अवस्थाको विषयमा थाहा पाएपछि उपचार तथा परामर्शमा सहज भएको गर्भवती महिलाहरुको प्रतिक्रिया रहेको छ । पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा सिआर प्रणालीको एक्सरे मेशिन समेत संचालनमा ल्याइएको छ । यसबाट नागरिकहरुलाई थप सेवा प्रदान भैरहेको छ । पालिका क्षेत्रमा रहेका ५४ वटा आमा समूहहरुमा अभिभावक शिक्षा समेत संचालन हुँदै आएको छ।


थाहा नगरपालिकाले घरमा सुत्केरी शुन्य अभियान संचालन गर्दै आएको छ । पालिकाको १२ मध्ये ११ वटा वडा घरमा शुन्य सुत्केरी वडा घोषणा भैसकेको छन् । ७ नम्बर वडा भने बाँकी रहेको नगरपालिकाले जनाएको छ । प्रसुती सेवा अन्तर्गत पालिका अन्तर्गतका सबै १२ वटै स्वास्थ्य संस्थामा २४सै घण्टा प्रसुति सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य संस्थामा प्रसुतिका लागि आउने गर्भवती र उनका कुरुवालाई प्रसुति प्रतिक्षालय तथा निःशुल्क खाने बस्ने सेवा व्यवस्थापन गरिएको छ । यस कार्यक्रमबाट संस्थागत सुत्केरी हुने संख्यालाई बढवा दिएको छ । संस्थागत सुत्केरीका कारण आमा र बच्चाको मृत्युदरमा समेत कमी आएको छ ।

नगरकै लगानीमा स्वास्थ्य संस्थाहरुमा खोप क्लिनिक तथा बर्थिङ सेन्टरको निर्माण भई सञ्चालनमा रहेको छ । बर्थिङ सेन्टरका कर्मचारीहरुलाई प्रोत्साहनको व्यवस्था गरिएको छ । संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्नका लागि गर्भवतीलाई अण्डा तथा तोरीको तेल वितरण गर्ने कार्यक्रम संचालनमा ल्याइएको छ । त्यसैगरी सबै स्वास्थ्य संस्थाहरुमा बाल उत्प्रेरणा कक्ष समेत तयार गरिएको छ । यसले गर्दा बालबालिकाहरु स्वास्थ्य संस्थाप्रति आकर्षित हुने गरेको पाइएको स्वास्थ्य संस्था प्रमुखहरुको भनाइ छ ।


थाहा नगरपालिकाका स्वास्थ्य संस्थाहरुमा न्युनतम सेवा मापदण्ड अनुसार मेडिकल उपकरण तथा सुशासन तथा क्लिनिकल व्यवस्थापन समेत हुँदै आएको छ । यहि सूचकमा थाहा नगरपालिकाका स्वास्थ्य संस्थाहरु यस वर्ष स्वास्थ्य कार्यालय मकवानपुरबाट पुरस्कृत भएका छन् । पालिका अन्तर्गतका स्वासथ्य संस्था लगातार दुई वर्ष नै जिल्लमै उत्कृष्ट भए।

स्वास्थ्य संस्थाहरुमा सञ्चालन हुने विभिन्न तालिम, गोष्ठी तथा बैठकलाई सूचना प्रविधिको प्रयोग गरी प्यानल बोर्डसहितको हल व्यवस्थापन गरिएको हो । यस किसिमको हल पालुङ प्राथमिक स्वास्थ्य केन्द्र बज्रवाराही स्वास्थ्य केन्द्रमा व्यवस्थापन गरिएको हो । मकवानपुर जिल्लामै पहिलोपटक स्वास्थ्य संथाका कर्मचारीहरुलाई खाजाको व्यवस्थापन थाहा नगरपालिकाले गर्दै आएको छ । नागरिकलाई सहजताको लागि सबै स्वास्थ्य संस्थामा वडापत्रको व्यवस्था गरिएको छ।

बज्रवारहाीमा एकुपञ्चर सेवा प्रदान गरिदै आएको छ । गत आर्थिक वर्षमा मात्र यस सेवा केन्द्रबाट ७ हजार ६ सय बढिले सेवा लिएको कार्यालयले जनाएको छ । पालुङ प्राथमिक स्वास्थ्य केन्द्र र बज्रवाराही स्वास्थ्य चौकीमा २४सै घण्टा क्षयरोगमैत्री उपचार केन्द्र स्थापना गरी संचालनमा ल्याइएको छ । ४ वटा स्वास्थ्य संस्थामा एसी जडान गरी रेडियन्ट हिट वारमरको समेत व्यवस्था गरिएको छ ।

गुणस्तरीय खोप व्यवस्थापनका लागि १२ वटै स्वास्थ्य संस्थामा आइएलआरको व्यवस्था गरिएको छ । पालिकासंग कुल १५ वटा आइएलआर रहेको स्वासथ्य शाखाका सन्तोष केसीले जानकारी दिए । पालिकाको १२ मध्ये २ वटा संस्था बाहेक सबै स्वास्थ्य संस्थाको मापदण्ड अनुसारको भवनबाट सेवा प्रवाह भैरहेको छ । सबै स्वास्थ्य संस्थाहरुमा कम्प्युटरको व्यवस्था गरिएको छ । इन्टरनेटको सहज पुँच विस्तार गरिएको छ ।

palung-campus-1723207434.jpg
haija1-1723182927.jpg

world-link-1690434568.jpg
थाहामा मनाइयो बिश्व आत्महत्या रोकथाम दिवस
FB_IMG_1725978614623-1725982242.jpg

थाहा नगरपालिकामा आत्महत्या रोकथाम दिवसका अवसरमा सचेतना कार्यक्रम गरिएको छ। दिवसका अवसरमा थाहा नगरपालिकाको...

कर्मचारीलाई नगरप्रमुख बिष्टको निर्देशन:-प्राप्त उपलब्धिको संरक्षण गर्दै काम गर्नु।
1725980376866-1725980406.jpg

थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट आदर्शले पालिकाका उपलब्धि हरुलाई संस्थागत गर्दै काम गर्न निर्देशन दिएका...

माओवादी भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न
1725891257328-1725891283.jpg

हेटौंडा । भाद्र २४ गते/ नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका २ नं. वडा कमिटीको दोस्रो...

बाबू छोरीको कथामा ‘रंगी’ बनाउँदै सलोन !
FB_IMG_1725857178095-1725857539.jpg

थाहा नगर,२४ भाद्र/ सलोन-सलिना फिल्मस् प्रालिको व्यानरमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत...

आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजा आराधना गरी मनाइँदै
1725759919053-1725759937.jpg

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र...

पत्रकार ढुंगानालाई दुर्व्यवहार
1725732175009-1725759278.jpg

काेल्हबी न्युजका सञ्चालक/अध्यक्ष तथा बारा जिल्लाका पत्रकार अशेष ढुङ्गानालाई कोल्हबीको नेवारी खाजा घर एण्ड लजका...

अर्थतन्त्रमा सेयर बजारको महत्त्वपूर्ण भूमिका छ : नगर प्रमुख बिष्ट 
FB_IMG_1725726852846-1725727098.jpg

थाहा नगर, २२ भदौ/नेपालको अर्थतन्त्रमा शेयर बजारको महत्त्वपूर्ण भूमिका रहेको थाहा नगरपालिकाका नगर प्रमुख...

थाहामा खानेपानीको ‘हाउस कनेक्शन’ सुरु, प्लम्बरहरु सूचीकृत
1725633447843-1725633555.jpg

थाहा नगरपालिका वडा नम्बर १, २, ३ र ४ मा निर्माणाधिन पालुङ वृहत खानेपानी आयोजनाको ‘हाउस कनेक्शन’ अर्थात घरमा...

प्रिमियम सिरिज ओ ! सासुजी भाद्र २१ गते शुक्रबारबाट प्रसारण हुने
1725539682805-1725539780.jpg

सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ओ सासुजी अब टेलिभिजनमा प्रसारण हुने भएको छ । हिन्दु महिलाहरुको महान...