jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहाको चित्लाङमा निर्माण हुने विश्व विद्यालयको इआइए प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी

FB_IMG_1690511672173-1690511687.jpg

थाहाको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ।

थाहा नगरपालिका–९ को चित्लाङमा विश्वविद्यालयको भौतिक संरचना निर्माणाधीन छ। यस आयोजनाको निर्माण लागत ३७६ मिलियन अमेरिकी डलर अर्थात् ४९ अर्ब रुपियाँभन्दा बढी रहेको छ।

प्रस्तावित आयोजना कार्यान्वयनले आयोजना क्षेत्रको भौतिक, जैविक तथा सामाजिक वातावरणमा दीर्घकालीन रूपमा पार्ने प्रतिकूल प्रभावलाई सम्बोधन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अध्ययन गरी प्रतिवेदन तयार गरिएको हो। अध्ययन प्रतिवेदनले आयोजनाका सम्भावित प्रतिकूल प्रभाव न्यूनीकरण र व्यवस्थापनका उपायहरू सुझाएको छ।

विश्वविद्यालयका कन्सल्टेन्ट सञ्जयनाथ खनालले इआइए अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको जानकारी दिनुभयो। चार हजार विद्यार्थीले अध्ययन गर्ने गरी प्रस्ताव गरिएको यो विश्वविद्यालयका लागि सुरुको १० वर्षसम्म वन फँडानी नगर्ने गरी योजना बनाइएको छ। आयोजना स्थलमा रहेको अर्गानिक फार्ममा रहेका केही नास्पातीका बोट भने काटिने भएको छ। विश्वविद्यालयले २५५ वटा रुख र तीन हजार नीलकाँडा रोपेको प्रतिवेदनमा उल्लेख छ।

कुनै पनि आयोजना निर्माण गर्दा पाँच हेक्टरभन्दा बढी वन क्षेत्रको जग्गा प्रयोग गर्नुपर्दा इआइए गर्नुपर्ने व्यवस्था अनुसार नेपाल इन्भाइरोमेन्टल एन्ड साइन्टिफिक सर्भिसेस प्रालिले इआइए गरी गत जेठ अन्तिम साता प्रतिवेदन तयार गरेको थियो।

वन क्षेत्रभित्र २५ कोठाभन्दा बढीको शैक्षिक संस्था निर्माण गर्दा र १० हजार वर्गमिटर क्षेत्रफलमा संरचना गर्दा इआइए गर्नुपर्ने व्यवस्था रहेकोमा प्रस्तावित आयोजनामा दुई सयभन्दा बढी कोठा प्रस्ताव गरिएको र आयोजनाको संरचना निर्माण क्षेत्रफल दुई लाख २३ हजार वर्गमिटर रहेको छ।

स्वच्छन्द भैरव माविको नाममा रहेको १७९–१२–२–० रोपनी जग्गा २०७४ असोज २७ को मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्रिय इन्जिनियरिङ तथा प्रविधि प्रतिष्ठान पूर्वाधार विकास समितिको नाममा भोगाधिकार दिएकोमा उक्त समिति खारेजीमा गएपछि विश्वविद्यालयलाई भोगाधिकार दिने २०७६ असार ५ मा मन्त्रीपरिषद् बैठकबाट निर्णय गरिएको हो।

सरकारले आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ७६ करोड रुपियाँ बजेट विनियोजन गरी विश्वविद्यालय आयोजना कार्यान्वयनमा ल्याउन सुरु गरेको थियो। सो विश्वविद्यालयको केन्द्रीय कार्यालय हाल ललितपुरमा रहेकोमा आगामी भदौ १ देखि चित्लाङबाट कार्यालय सञ्चालन गर्ने तयारी गरिरहेको कन्सल्टेन्ट खनालले बताउनुभयो। चित्लाङमा विश्वविद्यालयका लागि आवश्यक भौतिक संरचना निर्माण सन् २०१९ देखि सुरु गरिएको हो।

ज्ञान, प्रविधि, सिर्जना र अनुसन्धानको माध्यमबाट नयाँ ज्ञान र प्रविधिको विकास गर्न सक्षम जनशक्ति उत्पादन गरी अर्थतन्त्रको विकासमा प्रत्यक्ष सहयोग पु-याउन भन्दै सरकारले २०१९ अप्रिल २३ मा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन गरेको थियो।

पच्चिस शय्याको अस्पताल

प्रस्तावित आयोजनामा शैक्षिक भवन, कम्युनल भवन, ६०७ कर्मचारीका लागि आवास, ४० कोठाको अतिथि भवन, २५ शय्याको अस्पताल, विद्यालय र सडक निर्माण हुने छ। प्रतिवेदन अनुसार आयोजना क्षेत्रमा, खानेपानी आपूर्ति तथा ढल निकास, बिजुली आपूर्ति, विद्युत् र सञ्चार सञ्जाल रहने छन्।

आयोजना निर्माणपछि स्थानीयस्तरमा अधिक रूपमा सकारात्मक प्रभाव पर्ने देखिएको छ। प्रस्तावित आयोजना पूरा भएपछि दक्षता, सिप  र  क्षमता अनुसार रोजगारी सिर्जना, पहुँच  सडक,  विद्यमान  सडकको  स्तरोन्नति/सुधार हुने विश्वास गरिएको छ। यस्तै स्थानीय आर्थिक  गतिविधिमा वृद्धि र स्थानीय सरकारलाई राजस्व सङ्कलनको अवसर मिल्ने छ।

विश्वविद्यालयमा आवश्यक पर्ने पानीका लागि आकासे पानी सङ्कलन र जमिनमुनिको पानीमा निर्भर हुने, विश्वविद्यालयबाट निस्कने मलमूत्रबाट बायोग्यास निकाल्ने, फोहोर पानी प्रशोधन गर्ने तथा पाँच सय किलोवाटको सौर्य ऊर्जा र छ सय किलोवाटको पम्प स्टोरेज प्लान्ट स्थापना गरिने भएको छ। यो आयोजनाको कुल वातावरणीय व्यवस्थापन लागत एक करोड २४ लाख ६५ हजार रुपियाँ रहेको प्रतिवेदनमा उल्लेख छ। प्रस्तावित आयोजनालाई आवश्यक ५०.५२ हेक्टर जमिनमा हाल घाँसे मैदान, नास्पाती खेती तथा वन रहेकोमा आयोजनाको निर्माणसँगसँगै उक्त जमिन भवनमा परिणत हुने छ। इआइए प्रतिवेदनका लागि आएका सुझावहरूसहित प्रतिवेदनलाई थपघट गरी अन्तिम रूप दिने खनालले बताउनुभयो। गोर्खापत्रबाट ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...