Friday, 10 May, 2024
आर्थिक खबर

थाहाको कुल बजेट १ अर्ब १० करोड ८७ लाख।

IMG_20220112_130534_915-1641979289.jpg

थाहा नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को संसोधित बजेट योजना तथा कार्यक्रम सहितको हिउँदे अधिबेशन तथा दशौ नगरसभा आज जेसिस हल मा सम्पन्न भएको छ।नगर सभा बाट उपप्रमुख खड्गबहादुर गोपाली ले चालु आर्थिक बर्ष २०७८/०७९ को लागि कुल बजेट १ अर्ब १० करोड ८७ लाख ३० हजार को अनुमानित बजेट पेस गर्नुभयो जसानुसार थाहा नगरको आर्थिक बर्ष ०७८/०७९ को कुल बजेट सशर्त तर्फ ३२ करोड २९ लाख ६ हजार तथा आन्तरिक श्रोत बाट २७ करोड ११ लाख ४७ हजार तेसैगरी राजश्व बाडफाड बाट १६ करोड ५३ लाख ४९ हजार बिनियोजन गरेको छ भने बित्तिय समानिकरण अनुदान तर्फ १४ करोड ६० लाख २८ हजार र अन्य सरकारी अनुदान २ करोड ,समपुरक अनुदान ४ करोड ६५ लाख ,विशेष अनुदान १ करोड ६८ लाख ,सामाजिक सुरक्षा तर्फ १२ करोड गरि कुल चालुतर्फ ८ करोड ५७ लाख ४५ हजार ,पुजिगत तर्फ ४९ करोड ४७ लाख ७९ हजार ,विषयगत कार्यालयतर्फ प्राप्त ३२ करोड २९ लाख ६ हजार ,समपुरक अनुदान ४ करोड ६५ लाख ,विशेष अनुदान १ करोड ६८ लाख र अन्य अनुदान २ करोड गरि कुल १ अर्ब १० करोड ८७ लाख ३० हजारको संसोधित खर्च अनुमान पेश गरियको छ।नगर सभा बाट आन्तरिक आय ११ करोड ८८ लाख ४९ हजार बाट बढेर आगामी बर्ष २७ करोड ११ लाख ४७ हजार पुग्ने अनुमान गरिएको छ भने अन्य आयहरुमा संघिय तथा प्रदेश सरकारबाट प्राप्त समानिकरण अनुदान १४ करोड ६० लाख २८ हजार ,संघिय तथा प्रदेश सरकार बाट प्राप्त सशर्त अनुदान ३२ करोड २९ लाख ६ हजार ,राजस्व बाडफाड बाट १६ करोड ५३ लाख ४९ हजार ,समपुरक अनुदान संघ तथा प्रदेश सरकारबाट ४ करोड ६५ लाख विशेष अनुदान बाट १ करोड ६८ लाख ,सामाजिक सुरक्षा बाट १२ करोड तथा अन्य सरकारी निकायबाट २ करोड प्राप्त हुने अनुमानित बजेट पेश गरियो ।
गत आर्थिक बर्षको कुल बजेट ९५ करोड ६४ लाख ३२ हजारको बजेट रहेकोमा कुल बजेट को २९.०७ प्रतिशत खर्च भयको छ भने निकासा अनुसारको खर्च प्रतिशत ५६.८ प्रतिसत रहेको छ।थाहा नगरका प्रमुख लबशेर बिष्टको अध्यक्षता मा सम्पन्न सभामा आफ्नो भनाइ राख्दै नेकपा एमाले नगर सचिवालय सदस्य प्रदिप प्रधानले बजेट कार्यान्वयन पारदर्शी रुपमा हुनपर्ने सुझाब दिदै नगरका किसानहरु मलको लागि लाइन बस्नुपर्ने र गुणस्तरहिन बीउ बिजनले मर्कामा परेकोले बजेटले थाहा नगरको कृषिको समस्यालाइ सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।तेसैगरि नेकपा माओवादी केन्द्रका नेता अरुण रायमाझीले जनप्रतिनिधि हरुको समय सक्किनै लाग्दा नगरमा राम्रो बिकासको थालनी भएको भन्दै बजेट कार्यन्वयन पारदर्शी रुपले हुनेमा बिश्वास ब्यक्त गर्नुभयो।नेपाली काङ्ग्रेस का सभापति प्रमोदकृष्ण जोशी ले बजेटमा थाहाको कृषिलाई प्राथमिकता दिन आग्रह गर्नुभयो।
नगरसभा ले नगर भित्र उत्कृष्ट  कर्मचारीहरु सुचना अधिकारी सुरज कुमार भुजेल ,स्वास्थ शाखा प्रमुख मेघराज बलामी,वडा सचीव पाल्साङ लामा,लाई जनही नगद १० हजार सहित सम्मानित गरियको छ।सभामा नगर कार्यपालिका सदस्यहरु,१२ वटा वडाका वडा अध्यक्ष ,सदस्य ,पत्रकारहरु को उपस्थित रहेको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220112_135744_825-1641979290.jpg

world-link-1690434568.jpg
१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...