pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहाका ५२ वर्षिय गुरुङले दिदै कक्षा ८ को परिक्षा ।

FB_IMG_1710423050078-1710423079.jpg

चैत १ गते आज बाट थाहा नगरपालिकामा कक्षा ८ को परीक्षा सुरू भएको छ ।
आधारभूत तह कक्षा ८ को परीक्षामा थाहा नगरका ५९५ जना विद्यार्थीले परीक्षा दिँदैछन् । थाहा नगरपालिकामा सामुदायिक तथा संस्थागत गरी २४ वटा विद्यालय रहेका छन् । जसमध्ये ८ वटा विद्यालयलाई परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन भैरहेको थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख माधवबिक्रम मल्लले जानकारी दिए । शिक्षा शाखाले तोकेको परीक्षा केन्द्र बाहेक अन्य विद्यालयका प्रधानाध्यापकलाई परीक्षाको लागि केन्द्राध्यक्ष तोकेको उनले जानकारी दिए ।
आज पहिलो दिनको अङ्ग्रेजी बिषयको परिक्षामा विद्यार्थी हरु सहभागी भएका छन भने सबै केन्द्रमा परिक्षा सौहार्दरुपमा संचालन भएको शिक्षा शाखाका अधिकृत सुर्य बहादुर थिङले जानकारी दिए।
परिक्षामा पालुङ क्याम्पस परिक्षा केन्द्रमा झम्केश्वरी माध्यमिक विद्यालय बाट ५२ बर्षका सन्त बहादुर गुरुङ सहभागी भएका छन।  थाहा ५ फुर्केका गुरुङले 
झम्केश्वरी माबी बाट  सिम्बोल नम्बर ८००१८०३४ बाट परिक्षा दिइरहेका छन।

को हुन सन्त बहादुर गुरुङ?

५ नम्बर वडाको फुर्के बसन्तका गुरुङ विद्यालय छोडेको ३८ वर्षपछि पुनः विद्यालय भर्ना भएका हुन् । ५ कक्षासम्म गाउँकै बसन्त प्राविमा अध्ययन गरेका गुरुङले कक्षा ६, ७ र ८ थाहा नगरकै जनकल्याण माविमा अध्ययन गरेका थिए । ८ कक्षामा उनुतीर्ण भएपछि ३७ वर्ष अघि विद्यालय छोडेको गुरुङले सुनाए । उनी विद्यालय छोड्दा जम्मा १४ वर्षका मात्र थिए । उनले भने–‘त्यो उमेरमा जनकल्यणसम्म जाँदा र आउँदा २÷२ घण्टा हिँड्नू पथ्र्यो ।’ सामाजिक काममा असाध्यै लगाव दिने गुरुङलाई ८ कक्षा पास गर्ने ठूलो धोको छ । उनले भने–‘पहिलो दिनको परीक्षा राम्रै भएको छ, सायद अरु सबै विषयमा पनि पास हुन्छु होला ।’ उनले हाँस्दै भने–‘गणित र विज्ञान चै अलि गाह्रो लाग्छ ।’

उनी सामाजिक काम र अभियानहरुको जानकारी राख्छन् । आफूलाई ‘अपडेट’ राख्ने उनको बानी छ । थाहा नगरमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाको अभियान पनि उनले चाल पाइसकेका छन् । अब वि.सं. २०८५ साल बैशाखबाट ८ कक्षा पास नगर्ने व्यक्तिहरु सार्वजनिक पदमा बस्न अयोग्य हुने कुराको पनि उनलाई ज्ञान छ । यहि प्रसंगमा सन्त बहादुरले भने–‘अहिले यत्रो सामाजिक काम गर्दै हिँडेको म, पछि शिक्षाकै कारण सामाजिक काम गर्न पाइँन भने समाज र मेरै लागि राम्रो हुँदैन, त्यसैले पनि म पढ्छु ।’ उनले थपे–‘यसपालि नभए अर्को साल पास गर्छु, तर जस्सरी नि ८ कक्षा पास गर्छु ।’

सन्त बहादुर गुरुङ गाउँकै बसन्त प्रावि व्यवस्थापन समितिको २ कार्यकाल अध्यक्ष भैसकेका छन् । उनले यहि विद्यालयमा कखरा सिकेका हुन् । उनले गाउँको सडक निर्माण समिति, झोलुङ्गे पुल निर्माण समितिलगायत थुप्रै समितिहरुमा बसेर सामाजिक काम गरिसकेका छन् । सामाजिक काम उनका लागि नशा जस्तै भैसकेको छ । अहिले पनि उनी फुर्के बसन्त टोल विकास संस्थाका उपाध्यक्ष छन् । सिरान घर डाँडागाउँ खड्का टोल खानेपानी उपभोक्ता समितिको उनी अध्यक्ष हुन् । त्यसोतः उनी नेपाली काँग्रेस थाहा ५ का वडा सभापति पनि समेत हुन् ।

गुरुङ परीक्षामा मात्र सहभागी भएका होइनन् । उनी विद्यालयमा पनि अध्ययनका लागि उपस्थित हुने गरेको झम्केश्वरी माविका प्रधानाध्यापक गाणेशमान श्रेष्ठले बताए । प्रधानाध्यापक श्रेष्ठले भने–‘सन्त बहादुर गुरुङको अध्ययनप्रतिको लगावले पढ्नलाई उमेरले छेक्देन भन्ने उदाहरण पेश भएको छ ।’ उनलाई अध्ययनका लागि विद्यालयले पनि प्रोत्साहन गर्दै आएको श्रेष्ठको भनाइ थियो ।
गुरुङको दुई छोरा र श्रीमती छिन् । उनको जेठो छोरो स्नतकोत्तर तहमा अध्ययनरत छन् । कान्छो छोरोले स्नातक तह अन्तर्गत बीएस्सी एजी पास गरेका छन् । उनी पनि स्नातकोत्तर अध्ययनको तयारीमा छन् । श्रीमती मञ्जु कुमारी गुरुङले ५ कक्षा पास गरेकी छिन् । उनको परिवार प्रमुखतः कृषि पेशामा निर्भर छन् ।

FB_IMG_1710423037763-1710423080.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...