udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

शिक्षा

थाहाका ५२ वर्षिय गुरुङले दिदै कक्षा ८ को परिक्षा ।

FB_IMG_1710423050078-1710423079.jpg

चैत १ गते आज बाट थाहा नगरपालिकामा कक्षा ८ को परीक्षा सुरू भएको छ ।
आधारभूत तह कक्षा ८ को परीक्षामा थाहा नगरका ५९५ जना विद्यार्थीले परीक्षा दिँदैछन् । थाहा नगरपालिकामा सामुदायिक तथा संस्थागत गरी २४ वटा विद्यालय रहेका छन् । जसमध्ये ८ वटा विद्यालयलाई परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन भैरहेको थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख माधवबिक्रम मल्लले जानकारी दिए । शिक्षा शाखाले तोकेको परीक्षा केन्द्र बाहेक अन्य विद्यालयका प्रधानाध्यापकलाई परीक्षाको लागि केन्द्राध्यक्ष तोकेको उनले जानकारी दिए ।
आज पहिलो दिनको अङ्ग्रेजी बिषयको परिक्षामा विद्यार्थी हरु सहभागी भएका छन भने सबै केन्द्रमा परिक्षा सौहार्दरुपमा संचालन भएको शिक्षा शाखाका अधिकृत सुर्य बहादुर थिङले जानकारी दिए।
परिक्षामा पालुङ क्याम्पस परिक्षा केन्द्रमा झम्केश्वरी माध्यमिक विद्यालय बाट ५२ बर्षका सन्त बहादुर गुरुङ सहभागी भएका छन।  थाहा ५ फुर्केका गुरुङले 
झम्केश्वरी माबी बाट  सिम्बोल नम्बर ८००१८०३४ बाट परिक्षा दिइरहेका छन।

को हुन सन्त बहादुर गुरुङ?

५ नम्बर वडाको फुर्के बसन्तका गुरुङ विद्यालय छोडेको ३८ वर्षपछि पुनः विद्यालय भर्ना भएका हुन् । ५ कक्षासम्म गाउँकै बसन्त प्राविमा अध्ययन गरेका गुरुङले कक्षा ६, ७ र ८ थाहा नगरकै जनकल्याण माविमा अध्ययन गरेका थिए । ८ कक्षामा उनुतीर्ण भएपछि ३७ वर्ष अघि विद्यालय छोडेको गुरुङले सुनाए । उनी विद्यालय छोड्दा जम्मा १४ वर्षका मात्र थिए । उनले भने–‘त्यो उमेरमा जनकल्यणसम्म जाँदा र आउँदा २÷२ घण्टा हिँड्नू पथ्र्यो ।’ सामाजिक काममा असाध्यै लगाव दिने गुरुङलाई ८ कक्षा पास गर्ने ठूलो धोको छ । उनले भने–‘पहिलो दिनको परीक्षा राम्रै भएको छ, सायद अरु सबै विषयमा पनि पास हुन्छु होला ।’ उनले हाँस्दै भने–‘गणित र विज्ञान चै अलि गाह्रो लाग्छ ।’

उनी सामाजिक काम र अभियानहरुको जानकारी राख्छन् । आफूलाई ‘अपडेट’ राख्ने उनको बानी छ । थाहा नगरमा अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाको अभियान पनि उनले चाल पाइसकेका छन् । अब वि.सं. २०८५ साल बैशाखबाट ८ कक्षा पास नगर्ने व्यक्तिहरु सार्वजनिक पदमा बस्न अयोग्य हुने कुराको पनि उनलाई ज्ञान छ । यहि प्रसंगमा सन्त बहादुरले भने–‘अहिले यत्रो सामाजिक काम गर्दै हिँडेको म, पछि शिक्षाकै कारण सामाजिक काम गर्न पाइँन भने समाज र मेरै लागि राम्रो हुँदैन, त्यसैले पनि म पढ्छु ।’ उनले थपे–‘यसपालि नभए अर्को साल पास गर्छु, तर जस्सरी नि ८ कक्षा पास गर्छु ।’

सन्त बहादुर गुरुङ गाउँकै बसन्त प्रावि व्यवस्थापन समितिको २ कार्यकाल अध्यक्ष भैसकेका छन् । उनले यहि विद्यालयमा कखरा सिकेका हुन् । उनले गाउँको सडक निर्माण समिति, झोलुङ्गे पुल निर्माण समितिलगायत थुप्रै समितिहरुमा बसेर सामाजिक काम गरिसकेका छन् । सामाजिक काम उनका लागि नशा जस्तै भैसकेको छ । अहिले पनि उनी फुर्के बसन्त टोल विकास संस्थाका उपाध्यक्ष छन् । सिरान घर डाँडागाउँ खड्का टोल खानेपानी उपभोक्ता समितिको उनी अध्यक्ष हुन् । त्यसोतः उनी नेपाली काँग्रेस थाहा ५ का वडा सभापति पनि समेत हुन् ।

गुरुङ परीक्षामा मात्र सहभागी भएका होइनन् । उनी विद्यालयमा पनि अध्ययनका लागि उपस्थित हुने गरेको झम्केश्वरी माविका प्रधानाध्यापक गाणेशमान श्रेष्ठले बताए । प्रधानाध्यापक श्रेष्ठले भने–‘सन्त बहादुर गुरुङको अध्ययनप्रतिको लगावले पढ्नलाई उमेरले छेक्देन भन्ने उदाहरण पेश भएको छ ।’ उनलाई अध्ययनका लागि विद्यालयले पनि प्रोत्साहन गर्दै आएको श्रेष्ठको भनाइ थियो ।
गुरुङको दुई छोरा र श्रीमती छिन् । उनको जेठो छोरो स्नतकोत्तर तहमा अध्ययनरत छन् । कान्छो छोरोले स्नातक तह अन्तर्गत बीएस्सी एजी पास गरेका छन् । उनी पनि स्नातकोत्तर अध्ययनको तयारीमा छन् । श्रीमती मञ्जु कुमारी गुरुङले ५ कक्षा पास गरेकी छिन् । उनको परिवार प्रमुखतः कृषि पेशामा निर्भर छन् ।

FB_IMG_1710423037763-1710423080.jpg

world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...