pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

आर्थिक खबर

थाहाका सहकारीहरुले उत्कृष्ट कारोबार गर्दै,सहयोगी बचतले गर्यो १० करोड ९२ लाखको कारोबार ,

IMG_20220108_124425_212-1641630255.jpg
Caption

सहयोगी बचत तथा ऋण सहकारी सस्था को १४ औ साधारणसभा सम्पन्न भयको छ।सस्थाका अध्यक्ष अञ्जल प्रधान को सभापतित्व तथा थाहा नगरपालिका का प्रमुख लबशेर बिष्ट को प्रमुख आतिथ्यता मा सम्पन्न भयको हो।कार्यक्रम लाई सस्थाका कोषाध्यक्ष राजमान श्रेष्ठले स्वागत गर्नुभयको थियो।कार्यक्रमको अबसरमा सस्थाका सदस्य द्वय सुन्दर श्रेष्ठ र कृष्णमान अमात्य लाई श्रद्धाञ्जली अर्पण गरियो।साधारणसभामा आफ्नो प्रतिबेदन पेश गर्दै अध्यक्ष अञ्जल प्रधानले सस्थाले आगामि दिनहरुमा अन्य लगानिका क्षेत्रहरुको खोजी गर्दै सदस्यहरूलाई गुणस्तरीय सेवा दिदै अग्रणी सहकारी को रुपमा स्थापित गर्दै लाने प्रतिबद्धता ब्यक्त गर्नुभयो साथै अध्यक्ष प्रधानले सस्थाको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सस्थागत पुजि वृद्धि ,भौतिक पुर्बधार र प्रबिधिको बिकास गर्ने,सदस्य तथा कर्मचारीको क्षमता अभिबृद्दी गर्ने ,लगानिको विशेष क्षेत्र को पहिचान गर्ने,लगायतका योजना प्रस्तुत गर्नुभएको थियो।तेसै गरि कोषाध्यक्ष राजमान श्रेष्ठले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै सहकारीले यश बर्ष १० करोड ९२ लाख को आर्थिक कारोबार गरेको उल्लेख गर्दै सस्थाले ८ करोड २ लाख ऋण लगानी गरेको छ भने ७ करोड ६४ लाख बचत गरेको छ।तेसैगरी सहकारीमा हाल २ करोड ७२ लाख तरलता रहेको सस्था सङ ५७ लाख को जगेडा कोष रहेकोमा एम्बुलेन्स सेवा कोषमा ८ लाख ७४ हजार,ऋण सुरक्षण कोष तथा दैबिप्रकोप कोषमा ४७ लाख ३६ हजार रहेको प्रतिबेदन पेस गरेका थिय ।सहकारीमा शेयर पुजि १ करोड ५१ लाख रहेको छ भने यो बर्ष ३४ लाख खुद नाफा गरेको सस्थाको सचिव धर्मलाल प्रधान ले जानकारी दिनुभयो।कार्यक्रममा सस्थाका सदस्य सुन्दर प्रधानको दुर्घटनामा ज्यान गुमायपछी बिमा स्वरुप २५ लाख रुपैयाको बिमा प्रधानकी श्रीमति सावित्री प्रधान लाई हस्तान्तरण गरियो।कार्यक्रम लाई शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि लबशेर बिष्ट ले सस्थाले सदस्यहरुको ऋण बिमा गरेर राम्रो कामको सुरुवात गरेको ले थाहा नगरभित्रका अन्य सहकारीहरुले पनि अबलम्बन गर्नुपर्ने बताउदै सदस्य हरु चनाखो भयर कारोबार गर्नुपर्ने बताउदै थाहा नगरभित्रका सहकारी हरुले उत्कृष्ट कारोबार गरिरहेकोले खुशी ब्यक्त गर्नुभयो।साधारणसभाको अबसरमा पालिका स्तरिय जिल्ला फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल थाहा नगर टिमका खेलाडी तथा सहकारीका सदस्य आदर्श श्रेष्ठ तथा कृषि ब्यापारी तथा सदस्य रमेश लामिछाने लाई सहकारी मार्फत कृषक लाई नगद भुक्तानी गरेको भन्दै दोसल्ला तथा सम्मान पत्रद्वारा प्रमुख अतिथी बिष्ट ले सम्मान गर्नुभयो।तेसैगरी सहकारिमा उत्कृष्ट कारोबार गर्ने सदस्य हरुमा कृतिका प्रधान बाल बचत ,नारायण बिस्वकर्मा बिकेस गोपाली ,दिलिमाया प्रधान ,गौतम प्रधान लाई सम्मान गरियो।कार्यक्रममा थाहा नगर उद्योग बाणिज्य संघ का उपाध्यक्ष पुर्सोत्तम ढकाल ,पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका सदस्य जर्म श्रेष्ठ ,नेपाल बैंक पालुङ शाखाका प्रमुख,सिन्धु बिकास बैंक पालुङ शाखाका प्रमुख,सेन्चुरी कमर्सियल बैंक पालुङ शाखाका प्रमुख,लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220108_130239_452-1641630256.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...