Friday, 10 May, 2024
आर्थिक खबर

थाहाका सहकारीहरुले उत्कृष्ट कारोबार गर्दै,सहयोगी बचतले गर्यो १० करोड ९२ लाखको कारोबार ,

IMG_20220108_124425_212-1641630255.jpg
Caption

सहयोगी बचत तथा ऋण सहकारी सस्था को १४ औ साधारणसभा सम्पन्न भयको छ।सस्थाका अध्यक्ष अञ्जल प्रधान को सभापतित्व तथा थाहा नगरपालिका का प्रमुख लबशेर बिष्ट को प्रमुख आतिथ्यता मा सम्पन्न भयको हो।कार्यक्रम लाई सस्थाका कोषाध्यक्ष राजमान श्रेष्ठले स्वागत गर्नुभयको थियो।कार्यक्रमको अबसरमा सस्थाका सदस्य द्वय सुन्दर श्रेष्ठ र कृष्णमान अमात्य लाई श्रद्धाञ्जली अर्पण गरियो।साधारणसभामा आफ्नो प्रतिबेदन पेश गर्दै अध्यक्ष अञ्जल प्रधानले सस्थाले आगामि दिनहरुमा अन्य लगानिका क्षेत्रहरुको खोजी गर्दै सदस्यहरूलाई गुणस्तरीय सेवा दिदै अग्रणी सहकारी को रुपमा स्थापित गर्दै लाने प्रतिबद्धता ब्यक्त गर्नुभयो साथै अध्यक्ष प्रधानले सस्थाको भावी नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सस्थागत पुजि वृद्धि ,भौतिक पुर्बधार र प्रबिधिको बिकास गर्ने,सदस्य तथा कर्मचारीको क्षमता अभिबृद्दी गर्ने ,लगानिको विशेष क्षेत्र को पहिचान गर्ने,लगायतका योजना प्रस्तुत गर्नुभएको थियो।तेसै गरि कोषाध्यक्ष राजमान श्रेष्ठले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै सहकारीले यश बर्ष १० करोड ९२ लाख को आर्थिक कारोबार गरेको उल्लेख गर्दै सस्थाले ८ करोड २ लाख ऋण लगानी गरेको छ भने ७ करोड ६४ लाख बचत गरेको छ।तेसैगरी सहकारीमा हाल २ करोड ७२ लाख तरलता रहेको सस्था सङ ५७ लाख को जगेडा कोष रहेकोमा एम्बुलेन्स सेवा कोषमा ८ लाख ७४ हजार,ऋण सुरक्षण कोष तथा दैबिप्रकोप कोषमा ४७ लाख ३६ हजार रहेको प्रतिबेदन पेस गरेका थिय ।सहकारीमा शेयर पुजि १ करोड ५१ लाख रहेको छ भने यो बर्ष ३४ लाख खुद नाफा गरेको सस्थाको सचिव धर्मलाल प्रधान ले जानकारी दिनुभयो।कार्यक्रममा सस्थाका सदस्य सुन्दर प्रधानको दुर्घटनामा ज्यान गुमायपछी बिमा स्वरुप २५ लाख रुपैयाको बिमा प्रधानकी श्रीमति सावित्री प्रधान लाई हस्तान्तरण गरियो।कार्यक्रम लाई शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि लबशेर बिष्ट ले सस्थाले सदस्यहरुको ऋण बिमा गरेर राम्रो कामको सुरुवात गरेको ले थाहा नगरभित्रका अन्य सहकारीहरुले पनि अबलम्बन गर्नुपर्ने बताउदै सदस्य हरु चनाखो भयर कारोबार गर्नुपर्ने बताउदै थाहा नगरभित्रका सहकारी हरुले उत्कृष्ट कारोबार गरिरहेकोले खुशी ब्यक्त गर्नुभयो।साधारणसभाको अबसरमा पालिका स्तरिय जिल्ला फुटबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल थाहा नगर टिमका खेलाडी तथा सहकारीका सदस्य आदर्श श्रेष्ठ तथा कृषि ब्यापारी तथा सदस्य रमेश लामिछाने लाई सहकारी मार्फत कृषक लाई नगद भुक्तानी गरेको भन्दै दोसल्ला तथा सम्मान पत्रद्वारा प्रमुख अतिथी बिष्ट ले सम्मान गर्नुभयो।तेसैगरी सहकारिमा उत्कृष्ट कारोबार गर्ने सदस्य हरुमा कृतिका प्रधान बाल बचत ,नारायण बिस्वकर्मा बिकेस गोपाली ,दिलिमाया प्रधान ,गौतम प्रधान लाई सम्मान गरियो।कार्यक्रममा थाहा नगर उद्योग बाणिज्य संघ का उपाध्यक्ष पुर्सोत्तम ढकाल ,पालुङ बहुउद्देश्यीय सहकारी सस्थाका सदस्य जर्म श्रेष्ठ ,नेपाल बैंक पालुङ शाखाका प्रमुख,सिन्धु बिकास बैंक पालुङ शाखाका प्रमुख,सेन्चुरी कमर्सियल बैंक पालुङ शाखाका प्रमुख,लगायत विभिन्न संघ सस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

IMG_20220108_130239_452-1641630256.jpg

world-link-1690434568.jpg
थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...