jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

थाहाका सजन श्रेष्ठ भारतमा Aerospace Engineer विषयमा दिक्षित

Screenshot_20220820-10573-1660972866.png

बिजयबिक्रम श्रेष्ठ / काठमाडौ / थाहा नगरपालिका वडा नं. ९ चित्लाङ्गमा जन्मिएका, पुष्पदास श्रेष्ठ र ज्ञानीमाया श्रेष्ठका कान्छा छोरा, इन्जिनियर सजन श्रेष्ठलाई भारत स्थित Indian Institute of Technology Bombay बाट Master of Technology in Aerospace Engineering specialization in Aerospace Structure विधामा दीक्षित गरिएको छ । मिति २०७९ श्रावण २१ गते आयोजना गरिएको दिक्षान्त समारोहमा श्रेष्ठ सहित अन्य ३ जना नेपाली विद्यार्थी पनि सोही विषयमा दिक्षित भएका थिए ।
श्रेष्ठले आफ्नो प्राथमिक तहको शिक्षा चित्लाङ्गमै अवस्थित श्री महालक्ष्मी प्रा.वि.बाट पुरा गरि, माध्यामिक तह सम्मको अध्ययन श्री ज्ञानोदय मा.वि. कलंकी काठमाण्डौबाट पुरा गरेका थिए । तत्पश्चात क्यापिटल हिल कलेज टेकु, काठमाण्डौबाट विज्ञान विषयमा १०+२ को शिक्षा पुरा गरे पछि भारतीय सरकारद्धारा आह्वान भएको पुर्ण छात्रवृत्ति कार्यक्रममा भारतिय राजदुतावासद्धारा छनौट भई दक्षिण भारत स्थित बैंगलुरुको नित्ते मीनाक्षी इन्स्टिच्यूट अफ टेक्नोलोजी बाट Aeronautic Engineering विषयमा स्नातक तहको अध्ययन पुरा गरेका थिए । तत्पश्चात स्नाकोत्तर तहको अध्ययनको लागि श्रेष्ठले नेपाल वायुसेवा निगमको सातौं तहको अधिकृतको अवसरलाई छाडेर पुनः भारतीय सरकारद्धारा आह्वान भएको पुर्ण छात्रवृत्ति कार्यक्रममा सहभागी भई स्नाकोत्तर तहको लागि छनौट भई भारतको मुम्बईमा रहेको Indian Institute of Technology Bombay बाट सो तहको अध्ययन पुरा गरे । स्नाकोत्तर तहको अध्ययन पश्चात केही समय बुद्ध एयरलाइन्समा कार्यरत रहेको श्रेष्ठ हाल भारतमै कार्यरत रहेको छ ।
आफ्नो तर्फबाट निरन्तर मेहनत गर्ने र विचलित नभई प्रयास गरे अवश्य पनि सफलता पाइन्छ भन्ने विश्वास राखेका श्रेष्ठ, सम्भवत यस थाहा नगरका पहिलो Aerospace Engineer (Aerospace Structure) हुन् । श्रेष्ठले गत २०७९ जेष्ठ १३ गतेका दिन आफुले प्राथमित तह अध्ययन गरेको विद्यालयमा करिव ८० जनालाई शैक्षिक सामग्री वितरण पनि गरेका थिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...