gumba-1715660528.jpg
Sunday, 19 May, 2024
शिक्षा

थाहाका सजन श्रेष्ठ भारतमा Aerospace Engineer विषयमा दिक्षित

Screenshot_20220820-10573-1660972866.png

बिजयबिक्रम श्रेष्ठ / काठमाडौ / थाहा नगरपालिका वडा नं. ९ चित्लाङ्गमा जन्मिएका, पुष्पदास श्रेष्ठ र ज्ञानीमाया श्रेष्ठका कान्छा छोरा, इन्जिनियर सजन श्रेष्ठलाई भारत स्थित Indian Institute of Technology Bombay बाट Master of Technology in Aerospace Engineering specialization in Aerospace Structure विधामा दीक्षित गरिएको छ । मिति २०७९ श्रावण २१ गते आयोजना गरिएको दिक्षान्त समारोहमा श्रेष्ठ सहित अन्य ३ जना नेपाली विद्यार्थी पनि सोही विषयमा दिक्षित भएका थिए ।
श्रेष्ठले आफ्नो प्राथमिक तहको शिक्षा चित्लाङ्गमै अवस्थित श्री महालक्ष्मी प्रा.वि.बाट पुरा गरि, माध्यामिक तह सम्मको अध्ययन श्री ज्ञानोदय मा.वि. कलंकी काठमाण्डौबाट पुरा गरेका थिए । तत्पश्चात क्यापिटल हिल कलेज टेकु, काठमाण्डौबाट विज्ञान विषयमा १०+२ को शिक्षा पुरा गरे पछि भारतीय सरकारद्धारा आह्वान भएको पुर्ण छात्रवृत्ति कार्यक्रममा भारतिय राजदुतावासद्धारा छनौट भई दक्षिण भारत स्थित बैंगलुरुको नित्ते मीनाक्षी इन्स्टिच्यूट अफ टेक्नोलोजी बाट Aeronautic Engineering विषयमा स्नातक तहको अध्ययन पुरा गरेका थिए । तत्पश्चात स्नाकोत्तर तहको अध्ययनको लागि श्रेष्ठले नेपाल वायुसेवा निगमको सातौं तहको अधिकृतको अवसरलाई छाडेर पुनः भारतीय सरकारद्धारा आह्वान भएको पुर्ण छात्रवृत्ति कार्यक्रममा सहभागी भई स्नाकोत्तर तहको लागि छनौट भई भारतको मुम्बईमा रहेको Indian Institute of Technology Bombay बाट सो तहको अध्ययन पुरा गरे । स्नाकोत्तर तहको अध्ययन पश्चात केही समय बुद्ध एयरलाइन्समा कार्यरत रहेको श्रेष्ठ हाल भारतमै कार्यरत रहेको छ ।
आफ्नो तर्फबाट निरन्तर मेहनत गर्ने र विचलित नभई प्रयास गरे अवश्य पनि सफलता पाइन्छ भन्ने विश्वास राखेका श्रेष्ठ, सम्भवत यस थाहा नगरका पहिलो Aerospace Engineer (Aerospace Structure) हुन् । श्रेष्ठले गत २०७९ जेष्ठ १३ गतेका दिन आफुले प्राथमित तह अध्ययन गरेको विद्यालयमा करिव ८० जनालाई शैक्षिक सामग्री वितरण पनि गरेका थिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...

पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...