Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

थाहाका विद्यार्थीले अब पढ्नेछन रुदाने र थाहा।

1641540403814_1-1641540612.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका विद्यालयमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयमा स्थानीय पाठ्क्रम ‘थाहा ज्ञानमाला’ तयार पारेर आगामी वर्षबाट लागु गर्ने तयारी गरेको हो ।


नगरपालिकाले दुई चरणमा गरी सो पाठ्यक्रम लागु गर्ने योजना अघि सारेको नगरप्रमुख लवशेर विष्टले जानकारी दिए । नगरपालिकाले पहिलो चरणमा पालिकाभित्रका सबै विद्यालयको १ देखि ५ कक्षासम्म आगामी वर्षदेखि ‘थाहा ज्ञानमाला’को पठनपाठन सुरु गर्ने तयारी गरेको छ भने दोस्रो चरणमा ६ देखि ८ कक्षासम्म पाठ्यक्रम लागु गर्ने जनाइएको छ ।

त्यसका लागि नगरपालिकाले १ देखि ५ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार पारिसकेको छ । १ देखि ५ कक्षासम्मको पाठ्यक्रम तयार भएर पाठ्यपुस्तक छपाइको अन्तिम तयारी भइरहेको नगर प्रमुख विष्टले बताए । यता ६ देखि ८ कक्षाको हकमा भने पाठ्यक्रम मात्र निर्माण गरिएको उनले बताए

‘हामी पहिलो चरणमा १ देखि ५ कक्षा सम्म स्थानीय पाठेक्रम लागु गर्छौं । त्यसै अनुसार हामीले पाठ्यपुस्तक छपाइको कामलाई अन्तिम रुप दिइरहेका छौं,’ उनले भने, ‘हाम्रो भाषा सरल र मिठो तथा बालबालिकालाई उपयोगी हुने खालको हुनुपर्ने भएकाले अहिले त्यसैको काम चलिरहेको छ ।’

अब केही दिनभित्रै १ देखि ५ कक्षासम्मको पुस्तक छपाइको काम सुरु हुने उनको भनाइ छ । ६ देखि ८ कक्षाको हकमा भने दोस्रो चरणमा लागु गर्ने योजना रहेको उनले सुनाए ।

थाहा आन्दोलन र उद्देश्य

मेयर विष्टका अनुसार वि.सं. १९९० पौष २६ गते पालुङ्गको घर्तीखोलामा जन्मिएका दार्शनिक रुपचन्द्र विष्ट र उनको दर्शनलाई जीवन्त बनाउन तथा संरक्षणका लागि पाठ्यक्रम तयार पारिएको हो । रुपचन्द्र विष्ट र थाहा अभियानका बारेमा अध्ययन अनुसन्धानका लागि आगामी दिनमा सो पाठ्यक्रम महत्वपूर्ण दस्तावेज हुने उनले बताए ।

‘रुपचन्द्र विष्ट मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर चेतना फैलाउने शिक्षावादी, जनवादी नेता हुन्,’ नगरप्रमुख विष्ट भन्छन्, ‘उनलाई रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट पनि चिनिने गरेको छ ।’

मेयर विष्टका अनुसार कम्युनिस्ट विद्यार्थी राजनीतिमा तथा किसान र मजदुरहरूको पार्टीमा क्रियाशील रहेका रुपचन्द्र विष्ट पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च हुँदै २०२८ सालमा राष्ट्रिय पञ्चायत सदस्य भएका थिए भने ०२९÷३० सालबाट रूपचन्द्र विष्टले आफ्ना सहकर्मीको सहयोगमा चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखेर थाहा आन्दोलनको सुरुवात गरेका थिए ।

समाज रुपान्तरणका लागि ‘रुदाने’ले आफ्नै र जनश्रमदानद्वारा पालुङमा जनकल्याण माध्यमिक विद्यालय स्थापना गरेको पनि विष्ट सम्झन्छन् । ‘केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी, अति यथार्थमुखी, कर्तव्यमुखीबाहेक पछुवा, भगुवा सारा दोषी, जात ठूलो कि जनता, नाता ठूलो कि न्याय, स्वार्थ ठूलो कि निस्वार्थ’ जस्ता भनाइ रुपचन्द्र विष्टले चुनावको पर्चामा लेख्ने गरेको मेयर विष्ट स्मरण गर्छन् ।

‘निष्पक्ष सक्रियताको अभ्यास’ भन्ने मुल सार अनुसार करिब तीन दशकसम्म रुपचन्द्र विष्टले थाहा आन्दोलन चलाएका थिए । चेतनाहीन जनतालाई चेतनासम्पन्न नागरिकमा रूपान्तरण गरी राजनैतिक र सामाजिक जागरण ल्याउनु उनको आन्दोलनको मुल उद्देश्य रहेको मेयर विष्ट बताउँछन् ।

यसरी तयार परियो पाठ्यक्रम

मेयर विष्टका अनुसार रुपचन्द्र विष्टको ‘थाहा दर्शन’लाई पाठ्यपुस्तकमा समावेश गर्न विभिन्न समयमा गोष्ठी र छलफलपछि मात्र सम्भव भएको हो । स्थानीय पाठ्यक्रम र ‘थाहा अभियान’लाई समेटर पाठ्यक्रम निर्माण गरिएको उनको भनाइ छ ।

सुरुवाती चरणमा ‘थाहा अभियान’का बारेमा मानिसहरुले भनेको सुन्नु बाहेक अन्य कुनै पनि दस्तावेज नगरपालिकासँग नभएकाले थुप्रै असहजता व्यहोर्नु परेको उनले बताए ।

नगरपालिकाबाट पाठ्यक्रम निर्माणको लागि छुट्टै टीम नै खडा गरेर सोबारे अध्ययन, अनुसन्धान गरेर केही जानकारी संकलन गरेपछि भने अलि सहज भएको उनी बताउँछन् ।

‘बालबालिकाहरुले पढ्ने एउटा पुस्तकमा त्यो समयको रुपन्द्र विष्टको थाहा अभियान समेट्नु आफैमा सम्भवको कसरा थिएन,’ उनले भने, ‘हामीसँग त्यसबारेमा कुनै दस्तावेज, पर्चाहरु पनि नभएको अवस्था थियो । सबै कुरा खोज्नुपर्ने अवस्था थियो ।’

रुपचन्द्र विष्टसँग संगत गरेका मानिसहरुले बोलेको कुरा सुनेर, विभिन्न सन्दर्भ सामग्री जुटाएर पाठ्यक्रम तयार पारिएको उनले बताए ।

‘पालिकाको शिक्षा शाखाबाट खटिएको टीमले संकलन गरेको जनकारीहरु हामीले गोष्ठीमार्फत उहाँसँग लामो समय राजनीति र काम गरेका व्यक्तिहरु माझ राखेर थप कुराहरु बुझ्ने प्रयास भयो,’ उनले भने, ‘राष्ट्रियसभा सदस्य रामनारायण विडारी जस्ता विज्ञ नेताहरुसँग रुपचन्द्र विष्ट र उनको अभियानबारे थप जानकारी पाएपछि भने पाठ्यक्रमले पूर्णता पाउने अवस्था रह्यो ।’

पठनपाठनका लागि बालबालिकाको उमेर समूह अनुसारको सरल र मिठो भाषा पनि आवश्यक पर्ने भएकाले भाषा छनौटमा पनि केही समय खर्च गरेको उनी बताउँछन् । कक्षा अनुसारको विद्यार्थी र उनीहरुले बुझ्ने प्रकृतिको भाषा छनौट समान्य कुरा नभएको उनको भनाइ छ । भाषा छनौटको काम सम्पन्न भएपछि भने पाठ्यक्रमलाई लिपिवद्ध गर्न सफल भएको उनले बताए ।

के सिक्छन् त विद्यार्थीले ?

रुपचन्द्र विष्टको ‘थाहा अभियान’ पढाएपछि विद्यार्थीहरुमा  व्यवहारिक ज्ञान, लगनशिलता र इमानदारिता वृद्धि हुने नगरपालिकाको विश्वास छ । मेयर विष्ट भन्छन्, ‘रुपचन्द्र विष्ट आफै पनि सिकेका कुरा व्यवहारमा उतार्न र जे सिक्ने हो त्यसैमा मात्र लाग्न प्रेरित गर्ने स्वभावका रहेकाले हामीले ती साना भाइबहिनीहरुमा पनि पाठ्यक्रमबाट त्यस्तै व्यवहारिकता र लगनशिलता वृद्धि हुने विश्वास गरेका छौं ।’

आफूले पनि रुपचन्द्र विष्टबाट व्यवहारिक र लगनशिलता सिकेको उनी बताउँछन् । ‘उहाँ भन्नुहुन्थ्यो– तिमी पढ्छौ भने सबै कुरा छोडेर पढाइमा लाग, राजनीति तिम्रो काम हो भने निष्ठापूर्वक राजनीतिमात्र गर,’ उनले भने, ‘जे आफ्नो काम हो त्यसैमा मात्र केन्द्रित भएर काम गरेपछि मात्र सफलता मिल्नेछ भन्ने उहाँको विचार थियो ।’

आफूहरुले पनि विद्यार्थीहरुलाई तिनै कुरा सिकाउन खोजेको उनले सुनाए । विगतमा आफू पनि कुनै एउटा व्यवसायमा रहेको र नगरपालिकामा मेयरको रुपमा गएपछि भने व्यवसायलाई थाँती राखेर थाहाका जनताको सेवामा मात्र केन्द्रित भएको उनले बताए ।

के–के समेटिएको छ पुस्तकमा ?

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तकमा दार्शनिक रुपचन्द्र विष्ट र थाहा अभियानबारे सामान्य जानकारीमात्र समावेश गरिएको छ । ती कक्षाका बालबालिकाका लागि आवश्यक र बुझ्न सक्ने प्रकृतिको पाठ्य सामग्रीहरु समावेश गरिएको थाहा नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

शिक्षा शाखाका अनुसार रुपचन्द्र विष्टको उपनाम र विशेषताका बारेमा मात्र साना कक्षाका बालबालिकालाई पढाउने योजना अनुसार सामान्य जानकारी पुस्तकमा समावेश गरिएको हो ।

त्यस्तै ती कक्षाका विद्यार्थीले रुपचन्द्र विष्टका समाज सुधारका सूचकका बारेमा पनि पुस्तकबाट सिक्न सक्नेछन् । शिक्षामा विपन्न बालबालिकाको पहुँच पु¥याउन रुपचन्द्र विष्टले गरेका योगदान, समाज सुधारका लागि आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रका योगदानबारे पुस्तकमा समावेश गरिएको छ ।

त्यस्तै पुस्तकामा थाहानगरपालिकाको नामकरणबारेका जानकारी समावेश गरिएको छ । थाहा नगरपालिका क्षेत्रको भौगोलिक अवस्था, खोला, नाला, बोटबिरुवा र हावापानीको विषय पनि पुस्तकमा समावेश गरिएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png