Sunday, 28 Apr, 2024
साहित्य

थाहाका कवि बिर्खे अञ्जान भारतकाे अासाममा सम्मानित

छिमेकी राष्ट्र भारतको असाम राज्य स्थित दुनियाजान कला - साहित्य मञ्चद्वारा आयोजित अन्तर्राष्ट्रिय साहित्य सम्मेलन यही मार्च ३१ र अप्रिल १ मा दुई दिने  बृहत् कवि सम्मेलन सम्पन्न भयो । नेपाल , म्यानमार र भारतको विभिन्न प्रान्तबाट सहभागीता भएको उक्त कार्यक्रममा नेपाली भाषा, कला, साहित्य र सँस्कृतीमा लामो समयदेखि लाग्नु भएका साहित्यकारहरूको उल्लेख्निय सहभागीता रहेको थियोे । उक्त कार्यक्रममा नेपालका तर्फबाट दाङ, चितवन , नवलपरासी , पर्वत र मकवानपुरका साहित्यकारहरूको प्रतिनिधित्व थियो । नेपाली भाषा, साहित्यका क्षेत्रमा योगदान पुर्याउनु भएका दाङका छवि किरण वली, नवलपरासीका सदानन्द अभागी, लोकराज खराल, चितवनका गोर्खे साइलो, केशवराज आमोदी, मिरा तिमल्सिना , पर्वतका शान्तिनारायण श्रेष्ठ , डि आर शर्मा र मकवानपुरका बिर्खे अञ्जानलाइ सँस्थाले सम्मानित गरेको थियो उत्तरी मकवानपुरमा बसेर सँस्थागत साहित्यको बिकासमा सक्रिय कवि अञ्जानका शल्यक्रिया समालोचना ग्रन्थ र अवसान सपना कविता सङ्ग्रह प्रकाशित छन । नेपाली मुलका, भारतमा बसोबास गर्ने साहित्यकारहरूद्वारा स्थापना भएको सो सँस्थाले भारतमा नयाँ तरङ्ग पैदा गरेको सहभागीलाईहरूले जनाए ।सोही कार्यक्रममा दुलियाजान कला साहित्य मञ्चबाट प्रकाशनहुदै आएको साहित्य पत्रिका अभिब्यक्तिको रजत अङ्क, टिकाराम ढुङ्गेल रटनद्वारा लिखित आधा दर्जन कृतिको एक साथ बिमोचन समेत भएको थियो । दुई सत्रमा बिभाजित कार्यक्रमको पहिलो चरणमा असामको पर्यटकीय क्षेत्र ,धार्मिक स्थल र अौधोगिक नगरीको अबलोकन भ्रमण गराइएको थियोे भने दोस्रो चरणमा कविता वाचन, स्रष्टा सम्मान र साँस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।


world-link-1690434568.jpg
पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...