Monday, 20 May, 2024
कृषि

कृषकलाई खुशीको खबर ! तरकारी जोन शिखरकोटले ल्यायो ९ थरीका अनुदान कार्यक्रम

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) थाहा नगरपालिका शिखरकोटले आफ्नो कार्य क्षेत्रका कृषकहरुका लागि विभिन्न ९ थरीका अनुदान कार्यक्रम ल्याएको छ । अनुदानमा कार्यक्रम संचालन गर्न तरकारी जोनले सूचना निकालेर सरोकारवालाहरुलाई निवेदन आह्वान गरेको छ । 

एक महिनाको म्याद दिएर तरकारी जोन कार्यालयले उक्त कार्यालयमा सूचीकृत भएका कृषक समूह, कृषक सहकारी, कृषि÷उद्यमी फर्म तथा जल उपभोक्ता समिति, शिक्षालय लगायतका लागि सूचना निकालेको हो ।

स्थानीय तहको लागत सहभागितामा बीउ स्रोत केन्द्र स्थापना, स्थानीय तहसंगको समन्वयमा नर्सरी स्रोत केन्द्र स्थापना, सहकारी सञ्जाल मार्फत कृषि उपजको बजारीकरणमा सहयोग, कृषि यान्त्रीकीकरणमा सहयोग, अस्थायी प्लास्टिक घर निर्माण, प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायिक उत्पादन कार्यक्रम, सिँचाइ पूर्वाधार निर्माण, उद्योग स्थापना र पोष्ट हार्भेष्ट क्षति न्यूनीकरण कार्यक्रम गरी ९ थरीका कार्यक्रममा अनुदानका लागि जोनले निवेदन माग गरेको जोन प्रमुख बरिष्ठ कृषि अधिकृत महेश्वर लामिछानेले बताउनु भयो । 

कार्यक्रम माग गर्ने म्याद आगामी असोज २४ गतेसम्मका लागि तोकिएको छ । 

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...