Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

शिक्षा

तामाङ मातृभाषामा शिक्षा सम्बन्धी ५ दिने कार्यक्रम बागमती गाउँपालिकामा सम्पन्न ।

1748447208786-1748447323.jpg

थाहा (मकवानपुर), जेठ १३ – तामाङ मातृभाषामा शिक्षा प्रवर्द्धन तथा स्थानीय तहको भाषा नीति निर्माण सम्बन्धी पाँच दिने विशेष कार्यक्रम बागमती गाउँपालिकामा सम्पन्न भएको छ। 

कार्यक्रम नेपाल तामाङ घेदुङ बागमती प्रदेश समितिको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमको सभाध्यक्ष घेदुङ प्रदेश अध्यक्ष लिलाकुमार घलान रहेका थिए भने प्रमुख अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिना उपस्थित थिए।

विशेष अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी रहनुभएको कार्यक्रममा अन्य अतिथिहरूमध्ये बरिष्ठ लेखा अधिकृत झम्कनारायण घलान, शिक्षा शाखाका प्रतिनिधिहरू प्रकाश चन्द र प्रमोद राई, लिपि प्रशिक्षक लिला बहादुर स्याङतान, दर्पण ब्लोन लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी ५५ जनालाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि तिमल्सिनाले विद्यालयमा कार्यरत शिक्षकहरूलाई तामाङ समुदायका बालबालिकालाई मातृभाषामा पठनपाठनमा समर्पित भएर लाग्न आग्रह गर्नुभयो। साथै, उहाँले सहभागी सबैलाई सफलतापूर्वक तालिम सम्पन्न गरेकामा बधाई ज्ञापन गर्नुभयो।

यस कार्यक्रमले मातृभाषामा शिक्षाको महत्वलाई स्थानीय तहमा स्थापित गर्न थप मद्दत पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

1748447206143-1748447323.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

khane-1774766593.png