Wednesday, 22 Mar, 2023
335140840_224188210104926-1678630254.jpg

स्वास्थ्य

डाँडाबासमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २८६ जना महिलाले गराए उपचार

FB_IMG_1678380237714-1678380265.jpg

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वीङ  युथको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा सञ्चालित दुई दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

थाहा नगरपालिका वडा नं. ७, ८ र कैलाश गाउँपालिकाका महिलाहरुलाई लक्षित गरी थाहा–७ स्थित डाँडाबासको श्री सुन्दरीदेवी मा.वि. मा संचालन गरिएको शिविरबाट २८६ जना महिलाहरुको उपचार गरिएको संस्थाका कोषाध्यक्ष डा. गगन कार्कीले बताउनु भयो । 

शिविरको पहिलो दिन फागुन २४ गते ७८ जना महिलाहरुको भिडियो एक्सरे, २५ जनाको पाठेघरको मुखको क्यान्सर जाँच (एल.बी.सी.) र २ जना पाठेघर खसेको महिलामा रिङ पेसरी राखी उपचार गरिएको डा. कार्कीले बताउनु भयो । सो शिविरमा आएका विरामीहरुमध्ये दुई जनाको पाठेघरको शल्यक्रियाका लागि काठमाडौं मोडल अस्पताल पठाइएको र उनीहरुको निःशुल्क उपचार गरिने समेत उहाँले बताउनु भयो । 

यसै गरी शिविरको दोस्रो दिन फागुन २५ गते २०० जना महिलाहरुको भिडियो एक्सरे सहितको उपचार, ३० देखि ५० वर्ष उमेरका ३७ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच (एल.बी.सी.) गरिएको थियो । शिविरमा ५० वर्ष उमेरभन्दा माथिका ४० प्रतिशत महिलाहरुको उपचार गरिएको थियो । शिविरमा विरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । 

आर्थिक रुपमा विपन्न वर्गका महिलाहरुका लागि शिविरले प्रत्यक्ष लाभ दिएकोप्रति थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले खुसी व्यक्त गर्नुभएको छ । यस्तो शिविरहरु थाहा नगरपालिकाको प्रत्येक वडागत रुपमा हुनुपर्ने र  त्यसका लागि थाहा नगरपालिकाको कार्यालय सकारात्मक रहेको गोपालीले बताउनुभयो । 

शिविरको दोस्रो दिन थाहा नगरपालिका सामाजिक विकास शाखाका प्रमुख अनिल लामिछाने, सूचना अधिकारी सुरजकुमार भुजेल र थाहा नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष शिवराज थिङको उपस्थिति रहेको थियो ।

nepalaya-copy-1675152884.jpg
nea-palung-final-1672828542.jpg

viber_image_2022-09-27_22-1664340402.jpg
pp-1678891142.jpg
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने
FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय...

दोश्रो संस्करणको सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिवल चैत १५ देखि।
FB_IMG_1679379064831-1679411596.jpg

सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ चैत १५ देखि...

पाँच करोडको ठेक्कामा बदमासी, त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी
FB_IMG_1679405812066-1679405823.jpg

हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोरसिमभन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच...

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!
FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३,...

मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको उदय,विद्यार्थीको असल साथी बन्ने लामाको प्रतिबद्धता
FB_IMG_1679325580098-1679325592.jpg

मकवानपुरकै सबै भन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारीका नेता ,...

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।
IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त...

थाहा ६, मा एकजना  महिला मृत अबस्थामा फेला,
death-5a55b7b17b1be3.3913-1679316212.jpg

थाहा नगरपालिका ।  मकवानवपुरको थाहा नगरपालिका ६ सरस्वती बजारमा एकजना  महिला मृत अबस्थामा फेला परेको प्रहरीले...

दामनमा व्यवसायिक सिप बिकास तालिमको सुरुवात
FB_IMG_1679308100643-1679308122.jpg

च्वाईस ह्युम्यानिटेरिएन नेपाल (CHOICE Humanitarian Nepal) को आयोजनामा चैत६ गते थाहा नगरपालिकाको पर्यटकीय स्थान दामनमा...

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन
FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल...