pani-1786865868.jpg
Wednesday, 26 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

स्वास्थ्य

डाँडाबासमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २८६ जना महिलाले गराए उपचार

FB_IMG_1678380237714-1678380265.jpg

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वीङ  युथको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा सञ्चालित दुई दिने निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

थाहा नगरपालिका वडा नं. ७, ८ र कैलाश गाउँपालिकाका महिलाहरुलाई लक्षित गरी थाहा–७ स्थित डाँडाबासको श्री सुन्दरीदेवी मा.वि. मा संचालन गरिएको शिविरबाट २८६ जना महिलाहरुको उपचार गरिएको संस्थाका कोषाध्यक्ष डा. गगन कार्कीले बताउनु भयो । 

शिविरको पहिलो दिन फागुन २४ गते ७८ जना महिलाहरुको भिडियो एक्सरे, २५ जनाको पाठेघरको मुखको क्यान्सर जाँच (एल.बी.सी.) र २ जना पाठेघर खसेको महिलामा रिङ पेसरी राखी उपचार गरिएको डा. कार्कीले बताउनु भयो । सो शिविरमा आएका विरामीहरुमध्ये दुई जनाको पाठेघरको शल्यक्रियाका लागि काठमाडौं मोडल अस्पताल पठाइएको र उनीहरुको निःशुल्क उपचार गरिने समेत उहाँले बताउनु भयो । 

यसै गरी शिविरको दोस्रो दिन फागुन २५ गते २०० जना महिलाहरुको भिडियो एक्सरे सहितको उपचार, ३० देखि ५० वर्ष उमेरका ३७ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच (एल.बी.सी.) गरिएको थियो । शिविरमा ५० वर्ष उमेरभन्दा माथिका ४० प्रतिशत महिलाहरुको उपचार गरिएको थियो । शिविरमा विरामीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । 

आर्थिक रुपमा विपन्न वर्गका महिलाहरुका लागि शिविरले प्रत्यक्ष लाभ दिएकोप्रति थाहा नगरपालिकाका उपमेयर भरत गोपालीले खुसी व्यक्त गर्नुभएको छ । यस्तो शिविरहरु थाहा नगरपालिकाको प्रत्येक वडागत रुपमा हुनुपर्ने र  त्यसका लागि थाहा नगरपालिकाको कार्यालय सकारात्मक रहेको गोपालीले बताउनुभयो । 

शिविरको दोस्रो दिन थाहा नगरपालिका सामाजिक विकास शाखाका प्रमुख अनिल लामिछाने, सूचना अधिकारी सुरजकुमार भुजेल र थाहा नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष शिवराज थिङको उपस्थिति रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...