Saturday, 04 May, 2024
स्वास्थ्य

टाइफाइड विरुद्धको खोप अभियानमा सहभागी हुन अपिल।

मकवानपुरको थाहा नगरपालिका मा  चैत्र २५ गते देखि ३० गते सम्म  टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिका लक्षित गरी टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन हुने नगरका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामी ले बुधवार आयोजित एक कार्यक्रममा जानकारी दिए ।
नगरपालिका को स्वास्थ्य शाखाले यहि चैत्र २५  गतेदेखी ३० सम्म १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई टाइफाइड विरुद्ध खोप अभियान प्रत्येक वडामा रहेका विद्यालय लाई केन्द्रका रुपमा तोकी सञ्चालन गरिने भएको हो ।
गाउँपालिकाले १५ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्ध खोप अभियान तथा नियमित खोप टाइफाइड खोप सुरुवात  सम्बन्धि पालिका स्तरमा पत्रकार तथा विद्यालय शिक्षकहरु तथा बिद्यालय ब्यबस्थापन समितिका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरि सो सम्बन्धमा जानकारी गराइएको हो ।
नेपालमा २०३४ सालबाट ३ जिल्ला बाट एक बर्ष मुनीका बालबालिका हरुलाई बिसिजी र डिपिडी खोपबाट सुरु भएको खोप कार्यक्रम २०५४ मा ६ वटा समाबेश गरि नेपाल भर बिस्तारभै २०७१ मा आइपुग्दा १२ वटा खोप लगाइरहेको अबस्थामा अब २०७९ जेठ बाट टाइफाइड विरुद्धको खोप सहित नियमित खोप १३ वटा पुग्दै छ।चैत २५ देखि ३० गतेसम्म संचालन हुने खोप अभियान बाट नगरका ९२ सय लक्षित बर्ग विद्यार्थी लाई लगाइने स्वास्थ्य साखा प्रमुख बलामीले जानकारी दिनुभयो।
खोप अभियानको क्रममा केही जटिल समस्या देखिय डाक्टर सहितको स्वास्थ्यकर्मी हरुको टोलि तयारी अबस्थामा राखिने बताउदै अभियानको अन्तिम दिन नगरको सबै स्वास्थ्य संस्था मा खोपकेन्द्र संचालन गर्ने गरि तयारी पूरा भएको र अभियान सफल बनाउन विद्यालय नर्स ,फोकल शिक्षक हरुसङ सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो।
लक्षित मुख्य संख्या ८० प्रतिशत विद्यालय मा भएको हुदा खोप अभियान विद्यालय लक्षित भएको जानकारी दिदै नेपालमा टाइफाइड रोगको संक्रमण र जोखिम दर उच्च रहेकोले १५ महिना देखि १५ बर्ष सम्मका सबै बालबालिका लाई खोप लगाउन आग्रह गर्दै विद्यालय र अभिभावक लाई सहयोग गर्न आग्रह गर्नुभयो।९१ प्रतिशत खोप प्रगति भएको थाहा नगरमा सबै विद्यालयमा खोप अभियान संचालन हुने छ।

 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...