Friday, 03 May, 2024
शिक्षा

झम्केश्वरी माबिमा छात्रवृत्ति वितरण सम्पन्न

FB_IMG_1686743649204-1686745164.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. १ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयद्वारा कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ । थाहा नगरपालिकाका उप प्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख माधब बिक्रम मल्लको विशेष आतिथ्यतामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको हो । 

नेपाल सरकारद्वारा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रति विद्यार्थी रु. ४ सय दर अनुदान प्राप्त रकमबाट छात्रवृत्ति वितरण गरेको विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले जानकारी दिए । 

आर्थिक रुपमा विपन्न वर्गका छात्राहरुका लागि न्यून रकम भएता पनि छात्रवृत्तिले पाठ्यसामाग्री खरिदका लागि टेवा पुग्ने नगर उपप्रमुख भरत गोपालीले बताए । थाहानगरमा जेहेन्दार विद्यार्थीहरुलाई पालुङ जेसीज मार्फत आफूले वार्षिक रुपमा विभिन्न विद्यालयहरुमा निरन्तर भरत–रत्न छात्रवृत्ति वितरण गदै आइरहेको र यसको निरन्तरता दिइ रहने उप्रप्रमुख गोपालीले जानकारी दिए । 

कार्यक्रममा थाहा नगरपालिका वडा नं. १ निवासी हाल बागबजार काठमाडौंमा श्रेष्ठ वेयरका सञ्चालक नरेन्द्र श्रेष्ठले १५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक, स्टेशनरी, स्कुल ब्याग लगायत विद्याथीहरुले विद्यालयलाई बुभाउनु पर्ने वार्षिक शुल्क भूक्तानीसहितको छात्रवृत्ति प्रदान गरेका छन् भने थाहा नगरपालिका वडा नं. १ निवासी सुरेन्द्र गोपालीले ५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गरेका थिए । 

छात्रवृत्ति कार्यक्रममा शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल, वि.व्य.स. अध्यक्ष प्रदिप प्रधान, विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठ, सहायक प्रधानाध्यापक प्रविण विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए भने झम्केश्वरी स्काउटद्वारा स्वागत नृत्य प्रस्तुत गरी कार्यक्रममा थप रोचक बनाइएको थियो । यस अघिसोही विद्यालयमा वीङ युथ सामाजिक संस्थाद्वारा २० जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको थियो । 

छात्रवृत्ति कार्यक्रम पश्चात विद्यालयले शैक्षिक गुणस्तरका लागि सरोकारवालाको भूमिका विषयक अन्तरकृया  कार्यक्रम सञ्चालन गरेको थियो

FB_IMG_1686743641301-1686745168.jpg

world-link-1690434568.jpg
गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...