jkmv-english-1784299234.jpg
Tuesday, 28 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

झम्केश्वरी माबिमा छात्रवृत्ति वितरण सम्पन्न

FB_IMG_1686743649204-1686745164.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. १ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयद्वारा कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ । थाहा नगरपालिकाका उप प्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख माधब बिक्रम मल्लको विशेष आतिथ्यतामा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न गरेको हो । 

नेपाल सरकारद्वारा सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई प्रति विद्यार्थी रु. ४ सय दर अनुदान प्राप्त रकमबाट छात्रवृत्ति वितरण गरेको विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठले जानकारी दिए । 

आर्थिक रुपमा विपन्न वर्गका छात्राहरुका लागि न्यून रकम भएता पनि छात्रवृत्तिले पाठ्यसामाग्री खरिदका लागि टेवा पुग्ने नगर उपप्रमुख भरत गोपालीले बताए । थाहानगरमा जेहेन्दार विद्यार्थीहरुलाई पालुङ जेसीज मार्फत आफूले वार्षिक रुपमा विभिन्न विद्यालयहरुमा निरन्तर भरत–रत्न छात्रवृत्ति वितरण गदै आइरहेको र यसको निरन्तरता दिइ रहने उप्रप्रमुख गोपालीले जानकारी दिए । 

कार्यक्रममा थाहा नगरपालिका वडा नं. १ निवासी हाल बागबजार काठमाडौंमा श्रेष्ठ वेयरका सञ्चालक नरेन्द्र श्रेष्ठले १५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक, स्टेशनरी, स्कुल ब्याग लगायत विद्याथीहरुले विद्यालयलाई बुभाउनु पर्ने वार्षिक शुल्क भूक्तानीसहितको छात्रवृत्ति प्रदान गरेका छन् भने थाहा नगरपालिका वडा नं. १ निवासी सुरेन्द्र गोपालीले ५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक सहयोग गरेका थिए । 

छात्रवृत्ति कार्यक्रममा शिक्षा शाखा प्रमुख माधव बिक्रम मल्ल, वि.व्य.स. अध्यक्ष प्रदिप प्रधान, विद्यालयका प्रधानाध्यापक गणेशमान श्रेष्ठ, सहायक प्रधानाध्यापक प्रविण विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए भने झम्केश्वरी स्काउटद्वारा स्वागत नृत्य प्रस्तुत गरी कार्यक्रममा थप रोचक बनाइएको थियो । यस अघिसोही विद्यालयमा वीङ युथ सामाजिक संस्थाद्वारा २० जना विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको थियो । 

छात्रवृत्ति कार्यक्रम पश्चात विद्यालयले शैक्षिक गुणस्तरका लागि सरोकारवालाको भूमिका विषयक अन्तरकृया  कार्यक्रम सञ्चालन गरेको थियो

FB_IMG_1686743641301-1686745168.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...