udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

साहित्य

जून तारा साहित्य समाजद्धारा संकलित  Episode - 21 मा वाचन गरिने रचनाहरु

20-1692952548.png

स्नोले पोल्दा लगाउने सधैं पाती कस्ले बनायो
धन जनको ठूलो मायामा अन्तरघाती कस्ले बनायो
अचम्म लाग्छ यो दुनियाँ देखेर आज भोलि यहाँ
सोध्न मन छ ब्रह्माण्डलाई दिन र राती कस्ले बनायो।
– डिल्ली राज घिमिरे
अर्घाखाँची

मंहगीले गर्दा पाइला चाल्न गाह्रो भो
गरीबले, घरमा चुल्हो बाल्न गाह्रो भो
खाद्यान्नको भाउ तोकिदिनुस् सरकार,
कालाबजारीको जरो फाल्न गाह्रो भो
– सम्झना थापा मगर

मनलाई कठोर बनाई निर्णय लिनुपर्छ
अब देखि अर्कैको अधीनमा उभिनुपर्छ
एक धर्को सिन्दुरको भरमा नाता गाँसेर
पूरा जिन्दगी पराईको हातमा सुम्पिनुपर्छ
– उमेश विश्वकर्मा सागर
नरहरिनाथ गाउँपालिका, कालिकोट

मृत्यु जन्मदै तय हुन्छ रे, तर पनि डराउँछन् मान्छेहरू
अँध्यारो रातमा आफ्नै छायाँ मन पराउँछन् मान्छेहरू
धर्म, कर्म मर्म सबै बिर्सन्छन् स्वार्थको पर्दा ओढेपछि,
अरूको पिठ्युँ टेकेर सगर छुन्छ, हराउँछन् मान्छेहरू।
– शरद प्रधानाङ्ग
विराटनगर-७

आज खोई के सहयोग गर्यो मलाई दु:ख पर्दा
लेकबाट तल बेँसि झर्यो मलाई दु:ख पर्दा
तेरो लागि यो ज्यान् हाजिर छ भन्ने त्यो छिमेकि
बरु अन्तै बसाईँ सर्यो मलाई दु: ख पर्दा
– राजन उप्रेती
तेह्रथुम हाल:कोरिया

नयॉ नेपाल गणतन्त्रको नाम भयो यहॉ
सो नामलेनै लुटतन्त्रको काम भयो यहाँ
तॅ रोए जस्तो गर् म कराए जस्तो गर्छु
सबै मिलिभगत खानेको लाम भयो यहॉ
– चन्द्र प्रेमी
कैलाली हाल नेपालगॅज बांके

गिर्दै गिर्दै मान्छेले आफ्नो मानवता बिर्सियो
कुसंस्कारको खाडलमा आफ्नो सभ्यता बिर्सियो
मान्छेदेखि दानवता बनीसकेको कलियुगमा
आफ्नोपन मरेपछि त वास्तविकता बिर्सियो।।
– धन ‘नीरव’‌ प्रधान
नाम्ची, सिक्किम

यति बुझ्नुस चित्र र चरित्रमा धेरै फरक हुन्छ
जस्तै बाहिर अनि भित्रमा धेरै फरक हुन्छ
आफन्तको मात्र तुलना नगर्नुस न महोदय
रगतको नाता भन्दा मित्रमा धेरै फरक हुन्छ
– निरोज बस्नेत

मन्दिर अगाडि शिर झुकाएर आस के राखुँ
बा-आमा बिर्सेर पत्थरको विश्वास के राखुँ
धोकेबाज भनौ भने समय पनि धोका दिन्छ
धोका दिएर जानेको नाम खास के राखुँ
– राजेश क्षेत्री निर्दोष
दार्चुला

जिन्दगी जिन्दगी जस्तो नरहेपछि यहाँ जिउनुको के अर्थ?
जुनचिज पाइँदैन त्यसकै लागि रूँदै आँसु पिउनुको के अर्थ?
यो मतलबी दुनियाँ रहेछ भनि कहिल्यै चिन्न सकिनँ मैले,,
फाटेको मन सिएर नि फाट्छ पुनःसिउनु को के अर्थ ?
– श्याम कुमार श्रेष्ठ
क‌मल-४, झापा दमक
काठमाडौं किर्तिपुर

आँखै अगाडि भए पनि रङ्गिन चिजहरु मनमा आहा हुदैन
अरुको कुभलो चिताएर आफ्नो भलो होस् भन्ने चाहा हुदैन
एक्लै हिड्नुस् सत्यको बाटो कहिलै नछोड्नुस् महोदय
भिडले त कुन बेला माथी कुन बेला तल पुर्‍याउछ थाहा हुदैन।
– कविता घर्ती मगर
माल्नेटा, सल्यान

पहाडमा घर छ मेरो उकालो उक्लिनु पड्डो छ
पानी पँधेरो ओखल पालैपालो उक्लिनु पड्डो छ
तेरा सहर जसो बाटोघाटो बिजुलि छैन अछाममा
खुट्किली पन बिना उज्यालो उक्लिनु पड्डो छ
– विकास ठकुल्ला (बिबस)
सुदुरपश्चिम अछाम

रुँदै रुँदै भए पनि बिदा दिनु पर्यो
यस्तै रहेछ भाग्य भनी सम्झिनु पर्यो
तिमी धन भन्दा मन ठूलो भन्छोै मित्र
पैसाको लागि परिवारसगँ छुटिनु पर्यो
– सपना कुँवर
धादिङ

सोचेको एउटै कुरा पनि सदर भएन ।
र त घरै घर बिच बस्ने रहर भएन ।
शंका गर्नुको पनि त हद हुन्छ प्रीय
शंकाको चुचुरो कहिलै समथर भएन ।
– मगर मस्त
मुसिकोट नगरपालिका ०८ रुकुम पश्चिम

तिमी सँग छुटेपछि पिउने लत बस्यो।
पिएपछि एकान्तमा जिउने लत बस्यो।
सिंगो मुटु आधा पारी गयौ र त तिमी
टुक्रिएको मुटुलाई सिउने लत बस्यो।
– राम बहादुर शाही
भे.न.पा ७ जाजरकोट
हाल शा.से नवौं डफ्फा दक्षिण सुडान

यमराजले नि नजिक आइ हेरिदिए हुन्थ्यो !
सेतो कात्रोले मेरो लास बेरिदिए हुन्थ्यो !
वरपर मित्र,शत्रु मलामिका हुलले ,
छातीमाथी दाउरा तेर्साइ घेरिदिए हुन्थ्यो ।।
– सुदिक्षा थापा
पथरी शनिश्चरे -०९,मोरङ
बालाजु, काठमाडौं

अशुद्ध शब्दका प्वाल छेडेर शुद्धतामा छिर्नु छ
सुन्दर वाक्यले बनेको आकर्षक भोटो भिर्नु छ
स्वार्थीहरूको आडम्बरले अति सीमा नाघे पनि
अनुच्छेदको पखेटा राखी कथा बोकेर फिर्नु छ ।
– प्रेम थापा “मन”
बागलुङ

हो तत्काल मैले तिम्रो सिउँदो भर्न, नसकेर पो हो कि
अनावस्यक मागहरू परिपूर्ति गर्न, नसकेर पो हो कि
आफ्नै स्वाभिमान माथि नै आँच आउने गरि प्रश्न किन ?
म तिम्रो हृदयको प्राथमिकतामै पर्न, नसकेर पो हो कि !
– रबि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही, नेपाल

बिर्सेर पनि शत्रुहरुको पाउ छुन पर्दैन
अब कसैबाट नि अपहेलित हुन पर्दैन
कसरी पाल्छ हेरमन तेस्का छोराछोरी
भन्ने सङ्ग बाबा हजुरलाइ रुन पर्दैन
– सीता कंडेल
कैलाली

बाहिर राम्रो देख्दैमा नजिक नसर्नु
मृगतृष्णा जस्तै हुनसक्छ भर नपर्नु
सरापमै मायाँ खस्छ आफ्ना मान्छेको,
दुई,चार बचन लाउँदैमा आँखा नतर्नु ‌।
– लक्ष्मी स्मृति
बिराटनगर-५

जाँगर चल्दैन अल्छी गरी बहाना बनाउँछन्
समस्यादेखि जिन्दगी भरी बहाना बनाउँछन् ।
अन्जानले अप्ठ्यारोमा सहयोग गर्छन् बरु
तर परिचितले अनेक थरी बहाना बनाउँछन् ।।
– सूर्य वि.क. शुभचिन्तक
रुकुम पश्चिम

कहिले नदुख्ने यो मन जोडी बनौला्
अरुले सोचे भन्दा झन जोडी बनौला्
इतिहासमै लेखियोस् हामी दुईको माया
तिमी~ मुना~ म ~ मदन जोडी बनौला्
– प्रकाश महरा मुक्तक प्रेमी
सुर्नया ४ बैतडी

नजानेर दिमाग घाेचेकाे सम्झी राख्नाेस् है
बिर्सिएला मनले साेचेकाे सम्झी राख्नाेस् है
छाेराछाेरी छिटाे भाेकाउलान् साेचेर अामाले
खान्नभन्दा मुखमा काेचेकाे सम्झी राख्नाेस् है ।
– सूर्य गिरी
माछापुच्छ्रे-५, रिभान,कास्की

औधीँ भावुक बनी छिट्टै मर्छस् भन्यो
आँसु खसाल्यो अनी छिट्टै मर्छस् भन्यो
थिएनँ यसै बाँच्ने चाहा पीडामा मलाई
आज डाक्टरले पनि छिट्टै मर्छस् भन्यो
– प्रजित कुँवर
वालिङ्ग-१४,स्याङ्जा

अनेक दु ख पीडाको जिवन जेल्नु पर्ने हुन्छ
घामपानी सँग सयौं दिनहरु धकेल्नु पर्ने हुन्छ
परिस्थितिले कता कता डोर्‍याउछ थाहा हुन
जिवन सु ख दुखसङ्ग कुस्ती खेल्नु पर्ने हुन्छ।
– क्षितिज बिरु राना
वनगाड कुपिन्डे नगरपालिका ३ बडापोखरा सल्यान ।

मलम पट्टी गरे निको हुन्छ,कतै काट्यो भने
धोई पखाल्दा साफ हुन्छ,केहिले चाट्यो भने
मनमा बस्ने,मर्म पार्ने यहि बोली हो आखिर
सिउन साह्रै गाह्रो रहेछ यो दिल फाट्यो भने।
– लक्ष्मी स्मृति

घाम देखियो भन्दैमा जुन बिर्सनु पटक्कै हुँदैन
दुखमा लगाई दिएको गुन बिर्सनु पटक्कै हुँदैन
सुखदुःख सबैको जीवनमा आलोपालो आउँछ,
जीवनदान स्वरुपको खुन बिर्सनु पटक्कै हुँदैन ।
– भोज विवश मगर
गैंडाकोट ३ ढोडेनी नवलपरासी पुर्व

राम्रो काम गर्दा पनि कदर भएन
सत्य वचन बोल्दा पनि सदर भएन
शत्रु बनेर के भयो र महाशय?
अभिमतले काम गरेकै छ बदर भएन
– हरि प्रसाद घिमिरे
सिराञ्चोक गाउँपालिका ३ हर्मी नवल पुर सिमलटारी

तिम्रो र मेरो सम्बन्धको छुट्टै खास छ
लिनु र दिनुमा मायाँ र प्रेमको बिश्वास छ
रोकिने छैन धड्कन सास जुनी यहीं हो,
अथाह बनेर दिलको सफरमा एकनास छ
– गजल सहयात्री अल्का

एउटा नदीकाे दुई किनारा जस्तै छाल भएको छ
अचेल तिमी नहुँदा याे जिन्दगी बेहाल भएको छ
बनाउँनु त घर न घाटकाे बनाई हाल्याैं र तिमीले
फेरि पनि तिमी सँग गर्नैपर्ने सवाल भएको छ ।।
– केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।।

आफ्नो दिमाग सोचको पाटो फेर्न सिकौँ
दु:खको पान्नामा खुशीको शब्द केर्न सिकौँ
कति अरुले आफुलाई गर्दे हुन्थ्यो भन्नुहुन्छ
कहिले काहीँ त आफुले अरुलाई हेर्न सिकौँ
– प्रकृति देवकोटा (स्नेही)
चितवन , टाँडी

जीउदाे लास सरि जीवन जीउन गाह्राे भइरहेको बेला
गरिबहरुको फाटेकाे मन सिउन गाह्रो भइरहेकाे बेला
देशै भरि अनेकौ भ्रष्टाचारीहरु सलबलाएका छन्
अनिकालले खोले भात पिउन गाह्राे भइरहेको बेला।
– अम्विका अधिकारी
झापा बिर्तामोड

एक दुई होईन गल्ती हजार,गर्दा पनि सजाय हुन्न
दिनहुँ दुष्टहरूले अत्याचार,गर्दा पनि सजाय हुन्न
दोषीलाई फाँसीको सजाय कहिले तोक्छस् सरकार?
बाबुले छोरीलाई बलात्कार ,गर्दा पनि सजाय हुन्न!
– हिउँ खतिवडा
कमलबजार ७.अछाम

आफ्ना पराई दुबैको उस्तै छ आकार कसलाई मागौं
सबैले नुन चुक बोकेका छन् उपचार कसलाई मागौं
यहाँ मन भित्रको घाउले पल पल मुटु जलेको बेला
मैले यो स्वार्थी दुनियामा हार गुहार कसलाई मागौं
– खगिन रिदम लामा
खोटाङ ईन्द्रेणी पोखरी

नसक्दा कमाउन धन टाढिन्छन् आफन्तजन पनि
हेर्ने दृष्टि, व्यवहारमा देखाउँछन् फरक पन पनि
मरेर लानु के नै छ र आखिर माटोमा मिल्नु नै छ
महत्त्व हीन हुने छ कुनै दिन त्यो प्यारो धन पनि
– विशाल शुवेदी
मकवानपुर मनहरी

विश्वासको महल ढले जस्तो लाग्छ
कुन्नी किन यो मन जले जस्तो लाग्छ
कसरी मर्न सक्छु र प्रिय तिमी विना,
अझै यो ढुकढुकी चले जस्तो लाग्छ
– सम्झना थापा मगर
स्याङ्जा

कसैले कसैको कुरा काट्नु अपराध हो
त्यस्तै लाटा सोझालाई ढाट्नु अपराध हो
जसले सबथोक मै जानेको छु भनेर यहाँ,
बहिरोलाई पनि दर्शन छाँट्नु अपराध हो।
– भोज विवश मगर
गैंडाकोट -३ ढोडेनी नवलपरासी पुर्व

कसैले अञ्जान कसैले जानाजान गर्यो
साहित्यिक यात्रामा उसैले धुनधान गर्यो
मृगौला नै बेच्यो छपायो किताब बाबाले
छोराले त्यसैमा पनि किन अभिमान गर्यो
– सुरेशकुमार पाण्डे
घोराही उप महानगर पालिका दाङ१८

दामन एफएम ९०.८ मेगाहर्ज, नयाँगाउँबाट, रेडियो रामेछाप ९५.८ मेगाहर्ज देवकोटा चोक मन्थली रामेछापबाट, रेडियो भरोसा, हेटौडाबाट, बिट्स एफएम ९७.७ मेगाहर्ज,, सिन्धुलीबाट, रेडियो पालुङ्ग १०७.२ मेगाहर्ज, पालुङ्गबाट, रेडियो तिफदी ९९.१ मेगाहर्ज देवकोटा चोक मन्थली रामेछापबाट र दुधौली एफएम ९७.२ मेगाहज, सिन्धुलीबाट एकै साथ प्रसारण हुनेछ । तपाईले यस कार्यक्रम हरेक हप्ताको शनिबार रातको ९ः१५ देखि १० बजेसम्म विभिन्न रेडियो स्टेशनबाट रेडियो कार्यक्रम मन भित्र गुम्सिएका भावनाहरु सुन्न सक्नु हुनेछ छ।

default.png
दिलिप कुमार श्रेष्ठ
dilipshrestha592@gmail.com

दिलिप कुमार श्रेष्ठ थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9843277126


world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...